kchhakhabar.com

गृहपृष्ठ भिडियो हाजिरमा राम्रोसँग ‘यस म्याम’ नभनेकोमा विद्यार्थी शिक्षकबाट निर्घात कुटिएको भिडियो भाइरल

हाजिरमा राम्रोसँग ‘यस म्याम’ नभनेकोमा विद्यार्थी शिक्षकबाट निर्घात कुटिएको भिडियो भाइरल

इटहरी, error गते

एजेन्सी । भारतको लखनउस्थित उतरेठियो इलाकामा रहेको सेन्ट जान विएनी स्कुलमा एक शिक्षकले ७ वर्षका विद्यार्थीलाई नराम्ररी कुटेका छन्।  भिडियोमा देखिएअनुसार बच्चामाथि ४० भन्दा धेरैपटक शिक्षकले थप्पड लगाएकी छन्। यो भिडियो भाइरल बन्दै आएका छन् ।

हाजिर गर्ने बेलामा राम्रोसँग ‘यस म्याम’ (हाजिर छु) नभनेकोमा उसले त्यसरी पिटाइ खाएका छन् । रितिकामाथि बच्चालाई कुटेकव तथा ब्ल्याकबोर्डमा लगेर उसको टाउको ठोक्काइदिएको आरोप छ। -रितिकाले बच्चालाई कुट्दै गरेको दृश्य स्कुलको सिसिटिभीमा रेकर्ड थियो।

बच्चाले शिक्षकले कुटेको  आमा-बाबुसँग बेलिबिस्तार लगाए। – बच्चाका अभिभावकले स्कुलमा गुनासो गरेपछि सिसिटिभीको छानविन गरियो। भिडियो हेर्दा स्पष्टै देखिन्छ, विद्यार्थीलाई कसरी कुटिएको छ। -कुटाइ खाएपछि यी विद्यार्थी कक्षाकोठामै लडेका थिए।

शिक्षक रितिक क्ला छाडेर हिडिंन्। – यस घटनापछि स्कुलले शिक्षकमाथि कारबाही गरेको छ। स्कुलका प्रिन्सिपल फादर रोनाल्ड रोड्रजफ भन्छन्,’जब अभिभावकले यस विषयमा गुनासो गरे। त्यतिबेलासम्म शिक्षक स्कुलबाट गइसकेकी थिइन्।

यस खबरमा तपाईंको प्रतिकृया