kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर नेपाल आइडलबाट आज को बाहिरिदैछ ?

नेपाल आइडलबाट आज को बाहिरिदैछ ?

इटहरी, error गते

नेपाल आइडलबाट को बाहिरियो होला भनेर अहिले सबैको चासोको बिषय बनेको छ । अत्यन्त कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा को बाहिरिएला भनेर अहिले धेरैले नेपाल आइडलतिर ध्यान लगाएकाछन् ।

पूर्वका निशान भट्टराइले अघिल्लोहप्ता धेरै साथ पाएका थिए । यो साता त्यहि अवस्थामा भोट पाउलान की नपाउलान ? यो भन्न सकिन्न । भट्टराइलाइ सम्भावित नेपाल आइडलको रुपमा हेरिएको छ । उनले अहिलेसम्म जर्जबाट राम्रो प्रशशा पाएकाछन् ।

बुद्ध लामा पनि अर्का दाबेदार हुन् । उनलाइ पनि कम आँकलन गरिएको छैन । सानो उमेर भएपनि उनले दिएको प्रस्तुतीले गर्दा उनि धेर्रै चर्चामा रहेकाछन् । सामाजिक सञ्जालमा लामाको पक्षमा पनि माहोल देखिएको छ ।

सागर आले मगर पनि टप ४ मा पुगिसकेकाछन् । उनि पनि कम छैनन् । उनले पनि नेपाल आइडलको उपाधि चुम्ने सपना देखेकाछन् । उनको प्रस्तुती पनि राम्रो रहदै आएको छ ।

प्रताप दासलाइ पनि सम्भावित नेपाल आइडलको रुपमा नै लिइएको छ । रामकृष्ण ढकालले निशान भट्टराइ र प्रताप दास नेपाल आइडल बन्न योग्य रहेको बताएपछि बिबाद नै उत्पन्न भएको थियो ।

यस खबरमा तपाईंको प्रतिकृया