इटहरी । सम्बन्धित निकाय तथा सरोकारवालाहरूले चासो नदिदा र बनाएको नीति नियमको कार्यनवयन पक्ष फितलो हुदा पूर्वको ब्यापारीक केन्द्र इटहरी हर्ण निषेधित क्षेत्र घोणा भएको १५ दिनमै लथालिंग बनेको छ । पूृवाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले गत साउन १६ गते नगरको मुख्य सडकमार्गलाई हर्ण निषेधित क्षेत्रको रूपमा घोषणा गरेको थियो । राजनीतिककर्मी , बुद्धीजिवी एवम पत्रकारहरूको उपस्थितीमा एक औपचारीक कार्यक्रम बिच गरीएको यस्तो घोषणा एक महिना बित्न नपाउदै लथालिंग बनीन पुगेको छ ।

स्थानीय स्तरका नागरिक आफैमा सचेत नहुनु , सम्बन्धित निकायले निरन्तरता नदिनु र ट्राफिक प्रहरीमा जनशक्ती कम हुनुले पनि इटहरी हर्ण निषेधित क्षेत्र प्रभावकारी नभएको नगरवासीहरू बताउछन । इटहरीको सडक स्तरोन्नती नबुझी प्रहरीले हर्ण निषेधीत क्षेत्र घोषणा गर्दा समस्या उत्पन्न हुनु स्वभाविक नै रहेको ब्यवसायीहरू बताउछन ।

इटहरीमा ट्राफिक नियम पालना नभइरहेको अवस्थामा अचानक हर्ण निषेधीत क्षेत्र घोषणा गरीदिदा कार्यानवयनमा समस्या साथै त्यथी प्रभावकारी नभएको भएको इटहरीका ब्यवसायी नगेन्द्र शुब्बाले बताए । पहिला ट्राफिक नियम पालना गराउनु लाग्नु पर्याे अनी हर्ण निषेधित क्षेत्र घोषणामा सहज हुने ब्यवसायी शुब्बा बताउछन ।

यता इटहरीमा घोषणा भएको हर्ण निषेधित क्षेत्र कार्यानवयनमा समस्या भन्दापनि त्यतप् प्रभावकारी नभएको पुृवाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीय जनता जागरूक नहुनु र प्रहरीमा जनशक्ती कम हुनु यस्को मुख्य समस्या रहेको पूृवाञ्चलका ट्राफिक प्रहरी प्रमुख राजकुमार लम्सालले जनाए । घोषणा भइसकेको कुरालाृइ कार्वानवयन गर्न सुरूमा अफ्ठेरै भएपनि पछि यसलाृइ अझ सशक्त र कडा बनाउदै लैजाने एसपी राणाले बताए ।

तपाईको प्रतिक्रिया