kchhakhabar.com

गृहपृष्ठ अन्तराष्ट्रिय खबर ५ महिनादेखि कुवेतमा बेपत्ता खड्का भेटिइन्

५ महिनादेखि कुवेतमा बेपत्ता खड्का भेटिइन्

इटहरी, error गते

काठमाडौं– करिब ५ महिनादेखि कुवेतमा बेपत्ता भएकी भगवती खड्का भेटिएकी छन् । बिचौलियाको फन्दामा परी अवैध बाटोबाट कुवेत पुगेर गत बैशाखबाट सम्पर्कविहीन भएकी विगु गाउँपालिका ५ दोलखाकी २३ वर्षीय खड्का कुवेतमा सकुशल भेटिएकी हुन् ।
कुवेत जाने भन्दै ७ चैत ०७३ मा काठमाडौंस्थित आङ्खनो डेराबाट निस्किएर कुवेत पुगेपछि केही दिन फोनसमेत गरेकी उनी बैशाखदेखि सम्पर्कविहीन भएकी थिइन् । उनले घरबाट निस्केको करिब १ हप्तापछि कुवेतबाट फोन गरी एक महिना पछि घरमा पैसा पठाउने आश्वासनसमेत दिएकी थिइन् । त्यसपछि सम्पर्कविहीन भएकी उनी अहिले परिवारको सम्पर्कमा आएकी छन् भने हाल उनीसँग नियमित रूपमा फोनमा कुराकानी भइरहेको परिवारले जनाएको छ ।
हालै सिभिल ओभरसियरका अध्यनन सुरु गरेकी खड्काका भाइ टपन खड्काका अनुसार घरबाट निस्केको करिब १ हप्तापछि कुवेत पुगेको र उभिएर मेसिन चलाउनु पर्ने अप्ठ्यारो काममा लागेको उनले बताएकी थिइन् । उनले चलाउने गरेको फेसबुक, इमो, भाइबरलगायत सामाजिक सञ्जाल बन्द गरिएको थियो भने उनले प्रयोग गर्ने मोबाइल नम्बरमा सम्पर्क हुन सकेको थिएन ।
उनको घरमा भगवतीको अवस्थाबारे खोजीनीति गर्न सक्ने व्यक्ति कोही नभएपछि उनको छिमेकी पत्रकार रामचन्द्र खड्का उनको अवस्था पत्ता लगाउन भन्दै वैदेशिक रोजगार विभागलगायत विभिन्न निकाय गुहार्न पुगेको थिए ।
कतैबाट केही उपलब्धी हासिल हुन नसकेपछि उनी प्रभाव दैनिकको सम्पर्कमा आइपुगे । त्यसपछि श्रम तथा रोजगार मन्त्री फर्मल्लाह मन्सुरलाई उनको अवस्थाबारे जानकारी गराई कुवेतस्थित नेपाली राजदूत यज्ञबहादुर हमाललाई सम्पर्क गर्न लगाइएको थियो । मन्त्रीको निर्देशन पछि राजदूत हमालले उनको अवस्थाको बारेमा खोजीनीति गरेका थिए । भगवतीले पहिले प्रयोग गर्ने गरेको मोबाइल नम्बरको माध्यमबाट उनको दूताबासले उनको अवस्था पत्ता लगाएको थियो ।
उनी अवैधानिक बाटोबाट कुवेत पुगेको पाइएको छ । उनी बिचौलियाको फन्दामा परी महेन्द्रनगर नाका हुँदै दिल्ली पुगेकी र दिल्लीबाटै उनी कुवेत पुगेको पाइएको हो । हिमाल केसी भन्ने व्यक्तिले उनलाई ललाइफकाई नेपाल सरकारबाट श्रम स्वीकृति नलिइकन अवैध ढंगबाट कुवेत पु¥याएको जानकारी प्राप्त हुन आएको छ ।
हाल उनी परिवारको सम्पर्कमा आएकी छन् । ‘अहिलेसम्म किन सम्पर्कमा नआएको ?’ भन्ने प्रश्नमा उनले आफू निकै अप्ठ्यारो काममा परेको र त्यहाँ मोबाइलको सुविधा नभएकाले सम्पर्क गर्न नसकेको आफूलाई जानकारी दिएको उनका भाइ टपन खड्काले प्रभावलाई बताए । दिल्ली हुँदै कुवेत पुगेकी उनलाई कागजात नपुगेको भनी त्यहा“को प्रहरीले पक्राउ गरेको थियो । अहिले भने उनी एउटा घरमा केयरगिभरको रूपमा काम गरिरहेको र आफ्नो अवस्था निकै राम्रो भएको जानकारी गराएकी छन् ।
उनलाई कुवेतसम्म पु¥याउने हमाल केसी भन्ने व्यक्तिले विगतमा पनि त्यसरी नै अवैध रूपामा नेपाली चेलीबेटीहरूलाई ललाइफकाई कुवेत लैजाने गरेको पाइएको छ । केसीलाई यसअघि वैदेशिक रोजगारी सम्बन्धी ठगी मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
खड्काको विषयमा सञ्चार माध्यम, नेपाल प्रहरी, नेपाली दूताबास आदिले सोधखोज बढाएपछि केसीले उनलाई राम्रो काममा लगाइएको हुन सक्ने अनुमान परिवारको छ । केसीले पनि खड्कालाई सम्पर्क गरी यस विषयमा सञ्चारमाध्यमले निकै महत्व दिएको र आफूमाथि प्रहरीले अनुसन्धान गरिरहेकाले यस्तो नगर्न नगराउन आग्रह गरिरहेको बताइएको छ । भगवतीले पनि केसीको दोष नहरेको र उनलाई पर्न सक्ने समस्याबारे आफूलाई पहिले नै जानकारी गराएकाले केसीलाई अप्ठेरो नपार्न आग्रह गरेकी छन् । पीडितले नै दोषीलाई उन्मुक्ति दिन खोजेपछि प्रहरीलाई थप अनुसन्धान गर्न अप्ठ्यारो पर्ने देखिएको छ ।
एसएलसी दिएर रोजगारीका लागि राजधानी आएकी भगवति दाजु भाउजुसँग डेरामा बस्दै आएकी थिइन् । भगवती लोक गायिका पनि हुन् । उनले लोक गायक रामजी खाँडसँग ‘ए ह्यान्सम सुन’ र प्रनिल गुरुङसँग ‘आकासको जुन छुन्छु’ बोलको गीत गाएकी छन् ।

यस खबरमा तपाईंको प्रतिकृया