काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणबारे तयारी अघि बढिरहेको बताएका छन् । उनले सकभर चुनावअघि नै मोदी नेपाल आउनेबारे कुराकानी अघि बढिरहेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले अरुण तेस्रो परियोजनाको शिलान्यासका लागि नेपाल आउने चाहना राखेका छन् । एक जिज्ञासामा देउवाले आफ्नो भारत भ्रमण सम्पूर्ण रूपमा सफल रहेको दाबीसमेत गरे । ‘मैले मेरो भारत भ्रमण सफल भएको ठानेको छु,’ प्रधानमन्त्री देउवाले भने ।अाजको कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया