kchhakhabar.com

गृहपृष्ठ कृषी खबर रोल्पाली किसानलाइ खुशीको खबर! अष्ट्रेलियाबाट ल्याइयो बोयर बोका, मनग्य आम्दानी हुँदै

रोल्पाली किसानलाइ खुशीको खबर! अष्ट्रेलियाबाट ल्याइयो बोयर बोका, मनग्य आम्दानी हुँदै

इटहरी, error गते

देवी गुरुङ/भदौ २०, रोल्पा । रोल्पामा डेढलाखका बोयर बोकाहरु भित्रिएपछि कृषकहरुको आयआर्जनमा सुधार आएको छ । जिल्ला पशु सेवा कार्यालय रोल्पाको  सहयोगमा जिल्लामा हालसम्म ८१ वटा बोयर बोकाहरु भित्रिएका छन् । जसमध्ये  दुईवटा एक सय प्रतिशत शुद्ध, अर्थात अष्ट्रेलियाबाट खरीद गरी ल्याइएको हो जसको  मूल्य डेढ लाखदेखि एक लाख ८५ हजारसम्म पर्ने गर्दछ भने नौ वटा ७५ प्रतिशत बोयर र बाकी ६० प्रतिशतका ७० वटा बोयर बोकाहरु भित्रिएका छन् ।

यी बोकाहरु जिल्लाका माडीचौर र रेउघाका आमा समूहहरुले सामूहिकरुपमा पालन गरेका छन् । जिल्लामा कृषकहरुको आयआर्जनमा सुधार ल्याउदै  जिल्लालाई मासुमा आत्मनिर्भर बन्न सघाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशु सेवा कार्यालय रोल्पाका प्रमुख डा. गान्धीराज उपाध्यायले बताउनुभयो । उहा भन्नुहुन्छ– ‘हामीले खाद्यसुरक्षा आयो जनासगको समन्वयमा यो कार्यक्रम सञ्चालनमा ल्याएका हौ, जसबाट जिल्ला बोयर बोकामय हुने छ र यहा मासुको आपूर्ति हुनेछ ।’

बर्षौसम्म पाल्नु पनि नपर्ने ३/४ महिना पालेपछि उक्त बोयर बोकाबाट मनग्य आयआर्जन गर्न सकिने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । उहा थप्नुहुन्छ– ‘गाउघरमा बोकाहरु एक वर्षसम्म पाल्दा पनि १२ हजारमा मुस्किलले बिक्री हुन्छन् तर बोयर बोकालाई उचित स्याहारसुसार गरेर पाल्यो भने  तीनदेखि पाच महिनामै २० हजार भन्दा बढी मूल्यमा बिक्री हुन्छ ।

यसको मासु खदिलो हुने भएकाले  पनि थोरै समयमै  धेरै आर्जन दिन सक्छ ।’ कृषकहरुले  बर्षौसम्म कुर्न नपनेर्  बताउदै  बोयर बोका पालनबाट वर्ष दिनमै  लाखौको कमाइ गर्न सकिने उपाध्यायले बताउनुभयो ।

खाद्यसुरक्षा आयो जनासगको समन्वयमा जिल्लाका दुई स्थानमा एक सय प्रतिशतका बोयर बोकाहरु पालन भइरहे का छन्। सालघारी बाख्रापालन समूह माडीचौर र सृष्टि महिला बाख्रा पालन कृषक समूह रेउघामा यी बोयर ब काहरु पालन भइरहेका छन्।

यी बोका पाल्नका लागि समूहले कृषक पाठशाला, तालिम आदिसमे त सञ्चालन गरिसकेको  बताएको  छ। यी दुई स्थानमा पालिएका बोयर बोकाद्वारा नश्ल सुधार गरी ५० प्रतिशतका र २५ प्रतिशतका बोयर बोका उत्पादन गनेर् लक्ष लिइएको खाद्यसुरक्षा आयो जनाले बताएको  छ। यी दुई समूहबाट उत्पादन भएका बोयर बोकाहरुलाई अन्य कृषक समूहमा पनि वितरण गनेर् गरी प्र्रतिकिलो आठ सयका दरले उत्पादन भएका पाठापाठी बेच्ने दुईपक्षीय सहमति भएको  छ।
यसै गरी बाहिर बेच्दा प्रतिके जी २५ सयका दरले कृषक समूहले  बेच्न पाउने प्रावधान छ। बोयर बोकाको मासु अन्य बाख्रा भन्दा फरक पौष्टिकयुक्त भएकाले पनि केही महंगोमा बिक्री हुने गर्दछ।
रेउघा रोल्पामा पालन भइरहेको  बोयर बोकाबाट आफूहरुले निकै लाभ लिइरहेको सृष्टि बाख्रापालन कृषक समूहकी मीना बुढाले बताउनुभयो । उहा भन्नुहुन्छ– ‘केही रेखदेख गर्न अप्ठेरो हुन्छ तर राम्रोसग रेखदेख गरेमा बोयर बोकाबाट धेरै  बाख्राहरुमा नश्लसुधार हुने भएकाले पनि गाउका सबै बाख्रापालक कृषकहरुलाई लाभ भएको  छ। अबको ६ महिनाभित्रमा गाउका बाख्रापालक कृषकहरुमा धेरै सुधार आउने छ ।’

खाद्य सुरक्षा परियो जनाअन्तर्गत जिल्लामा साविकका लिबाङ, जै माकसला, बडाचौर, गजुल, जंकोट, कोर्चाबाङ, घर्तीगाउ“, गैरीगाउ, जुगार, बुढागाउलगायतका क्षेत्रमा जिल्ला पशुसेवा कार्यालय रोल्पाको सहयोगमा बाख्रापालन समूह गठन भएका छन्। यी क्षेत्रहरुमा परियोजनाले आर्थिक सहयोगसगै  बोयर बोकामार्फत बाख्राको नश्लसुधारका लागि एक सय प्रतिशतको  बोकाबाट उत्पादन भएका पाठापाठी प्रदान गनेर् लक्ष रहेको पशुचिकित्सक नीमबहादुर सिंहले  बताउनुभयो ।

यस क्षेत्रमा ७१ वटा बाख्रा समूह, पाचवटा भैसी पालन, दुईवटा बाख्राको  डेरी र नमूना बगैचा कार्यक्रम २४ वटा सञ्चालित छन्। यसै गरी रेउघा रोल्पामा ५० प्रतिशतको  बोयर बोकाबाट आफूले छ महिना भित्रैमा लाखौ रुपैया कमाउन सफल भएको कृषक विमला केसीले  बताउनुभयो । उहा भन्नुहुन्छ– ‘जुम्ल्याहा, अझ तिम्ल्याहा पाठा पाउछ अनि तीन महिनामै  बेच्ने लायक हुन्छ। मैले  त तीन महिनाका तीनवटा पाठा बेचिसके ।

हुन त २० हजार पनेर् हो  यसो मिलाएर १८ हजारमा बेचेकी हु। यो बाख्रा पालेदेखि मलाई असाध्यै फाइदा भएको छ।’ विमला थप्नुहुन्छ– ‘अहिले सम्म मेरो  बोयर बोका ६० बाख्रामा लागेको छ र अहिले सम्म ५५ बढी पाठापाठी उत्पादन भएका छन्।’ उहाका अनुसार बोयर बोकाका पाठापाठीहरु पनि निकै  आकर्षक र खदिलो मासु भएको हुने भएकाले पनि यसको माग कृषकहरुले अत्यधिक गनेर् गरेका छन्।

जिल्ला पशुसेवा कार्यालय रोल्पाका पशु चिकित्सक नीमबहादुर सिंह भन्नुहुन्छ– ‘जिल्लामा दुई सय बाख्रामा कृत्रिम गर्भाधान कार्य शुरु भएको  छ। हमोर् को  प्रयोगद्वारा बाख्रालाई हिटमा ल्याउने र त्यसबाट गर्भाधान गराइन्छ।’ सिंहले जिल्लामा मासुको राम्रो  बजार रहेको र अहिलेसम्म मासुको आपूर्ति हुनै  नसकिरहेको  अवस्थामा बोयर बोका पालन तथा उत्पादन राम्रो भएमा जिल्लामा मासुको माग आपूर्ति गर्न सकिने बताउनुभयो ।

ग्रामीण क्षेत्रमा पाल्दै  आएका अन्य बाख्राहरुको तुलनामा बोयर बोकाबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावना देखेपछि रोल्पाका कृषकहरु बोयर बोका पालनतर्फ आकर्षित हुन थाले का छन् । यो खबर हामीले आजको नयाँ योगबोध दैनिकबाट लिएका हौ ।

यस खबरमा तपाईंको प्रतिकृया