kchhakhabar.com

गृहपृष्ठ poem/artical आत्महत्या

आत्महत्या

इटहरी, error गते

प्रेमको नयाँ परिभाषित कथा 


” प्रेमलाई प्रेत मन भनेर परिभाषित गरौँन” 
अनायासै त्यो मध्यप्रहरको सुन्यतामा एक्कासि बोलेको थियो सुमन। खै कताबाट आयो उसको बिचार पत्तै पाउन सकिन। न सहमती जनाउन सके न त बिरोध गर्न्न नै प्रति उत्तरमा फेरि सुन्यता नै छायो ।

“प्रेम अर्थात् `प्रेत+मन´ प्रेमको प्रहिलो अक्षरले प्रेतलाई निम्त्यायो दोस्रो अक्षरले मनलाई । प्रेममा परे पछि मान्छे प्रेत लागे भन्दा कम्तिको कहाँ हुन्छर? प्रेत लागेर ज्वरो आएझैँ एकान्तमै बिताएदिन्छन रात दिनहरु, न खानाको वास्ता हुन्छ न निन्द्राको , अस्थिर भइदिन्छन मनहरु, के प्रेत लागे झैँ लक्षण होइन र यो?”

उ बोल्दै गयो म सुन्दै गए मनमनै सोचे भोग्दै नभोगी परिभाषित गर्नु घमण्ड हो, देख्दै नदेखी बयान गर्नु पागलपन हो अनि बुझ्दै नबुझी स्वीकार गर्नु मुर्खता हो। म त नभोगेको मान्छे, माया प्रेममा नपरेको मान्छे, अनि माया प्रेमलाई नबुझेको मान्छे कसरी स्वीकार गर्न सक्छु र माया यहि हो भनेर । भन्न मन थियो भनिन प्रती उत्तरमा बोली दिए।

“सायद”

मैले चासो नदिएको भएर होला उसले पनि चासो दिन छाड्यो । रातको 12 बजिसकेको थियो । सदा झैं हामी तीन जनानै थियौ कोठामा । प्रमोद 10 बझ्न नपाउदै निदाइसकेको थियो । खै आज किन हो उ चाडैं सुत्यो बुझ्न सकिएन। सदा त उ हामि भन्दा अबेर सम्म कि च्याटमा ब्यस्त हुन्थ्यो कि फोनमा झुम्मी रहेको हुन्थ्यो । खै किन तर आज चाडैं नै निन्द्रा देबिको काखमा पुग्यो पत्तो भएन । सुमन र म भने आज फेसबुक चलाउदै बसेका थियौं । फेसबुक बन्द गरेर सुत्ने तरखरमा खै कुन्नि किन मायालाई उसले प्रेत मन भनेर परिभाषित गर्यो बुझ्न सकिन । सायद म पनि उनिहरु झैँ माया पिरतिमा फस्दथे त प्रेमलाई परिभाषित गर्थे होला, प्रेमको बिषयमा वादविवाद गर्थे होला । प्रेम त मेरो लागि अनकन्टार जङ्गल माझको जडिबुटी झैं थियो । न देखेको थिए न त टिप्ने हिम्मतनै थियो म मा त्यसको न रङ्ग थाहा थियो न फाइदा बेफाइदा नै । त्यसैले माया प्रेमका कुरा गर्दा म निशब्द हुन्थे । लभ गर्ने इच्छा नजागेको पनि कहाँ हो र । 16 बर्षे उमेरमा साथीहरू का माया पिरतिका कुरा सुन्दा कताकता काउकुत्ती लागेर आउथ्यो। अझ उनीहरुको जोडिको कुरा सुन्दा आम्मै यति आनन्द कहिले पाउने हो झैं लाग्थ्यो । आफ्ना सबै साथिको जोडी थियो मनै एक बिजोडी थिए ….

यस खबरमा तपाईंको प्रतिकृया