kchhakhabar.com

गृहपृष्ठ पूर्वाञ्चल बिशेष धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते

धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते

इटहरी, error गते

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन । घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको प्रहरीले जनाएको छ ।  घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

घाईते धनकुमारलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार सुरविनको हातको नसा काटिएकाले थप उपचारका लागि धरान पठाईएको हो । अरु घाईतेको टाउँको लगायत भागमा चोट लागेको छ । गाउँमा बिधुतको पोल लैजाने बिषयमा दिउँसो बिवाद भएको थियो । सोही बिषयमा राति झगडा हुँदा खुकुरी हानाहान भएको प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।

यस खबरमा तपाईंको प्रतिकृया