kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर ​‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक, (ट्रेलर भिडियो सहित)

​‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक, (ट्रेलर भिडियो सहित)

इटहरी, error गते

इटहरी  । आगामी असोज ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रभित्र समावेश गरिएका २ वटा गीतले यस अघि निकै राम्रो प्रतिक्रिया पाइरहेकोबेला बुधबार ट्रेलर सार्वजनिक भएको हो ।
विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो ‘छक्का पन्जा २’ लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा मुख्य भूमिकाका रुपमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीलाई देख्न सकिन्छ । चलचित्रमा गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारलाइ पनि देख्न सकिन्छ ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको छक्का पन्जा २’को ट्रेलरमा वैदेशिक रोजगारको कथालाइ नै उठाइएको छ । चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादहरुले दर्शकलाइ निकै मनोरञ्जन दिने छ । जसकाकारण, यसपटक पनि ‘छक्का पन्जा २’लाई पनपराउने धेरै दर्शक हुने अनुमान गरिएको छ ।
चलचित्रमा दीपकराज गिरीको पटकथा, विकास आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । दशैको अवसर पारेर असोज ११ गतेबाट यो चलचित्र देशभर एकै साथ प्रदर्शन हुदैछ ।

यस खबरमा तपाईंको प्रतिकृया