१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।

यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ अर्ब ६२ करोड रुपैयाँ प्रस्तावित लगानीका उद्योग दर्ता भएका थिए ।

साउनदेखि मङ्सिरसम्म दर्ता भएका एक सय ५४ वटा उद्योगले १३ हजार सात सय ४८ जनालाई रोजगारी दिने बताएका छन् । नेपालमा अहिलेसम्म उद्योगमा २४ खर्ब ७० अर्ब रुपैयाँ लगानीका उद्योग दर्ता भएका र यी उद्योगबाट ६ लाख ४२ हजार पाँच सय ४३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
सरकारले पन्ध्र करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग, १५ देखि ५० करोड रुपैयाँसम्म पुँजी भएकालाई मझौला र ५० करोड रुपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योग भनेर परिभाषित गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]