kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर नेपाल आइडल समाप्तकी फेरी आउछ ? यसरी उब्जियो शंका (हेर्नुहोस भिडियो)

नेपाल आइडल समाप्तकी फेरी आउछ ? यसरी उब्जियो शंका (हेर्नुहोस भिडियो)

इटहरी, error गते

बिष्णुप्रसाद पोखरेल
दमक/अहिले प्रदेश नं. २ मा चुनावी रौनक तातेको छ तर त्यो भन्दा बढि सामाजिक सञ्जाल भने नेपाल आइडलको बिषयले तातेको छ । अदालतमा मुद्धा परेसंगै यो बिषय अन्तराष्ट्रियकरण भएको छ ।

किनकी यसलाइ अन्तराष्ट्रिय मान्यताप्राप्त शो को रुपमा ब्याख्या गरिदै आएको छ । राम्रो चर्चा पाएको र दर्शक तथा श्रोतको मन राम्रोसंग जितेको भएपनि टप ४ मा पुगेपछि बिबाद निम्तियो ।

सायद अघिल्लो साता अघिल्लो साताको प्रतिबद्धता बमोजिम नै कुनै एक प्रतियोगि बाहिरिएको भए वा फेरी भोट नगराइ अर्को सातामात्र कोहि एक प्रतियोगि बाहिरीने बताएको भए यस्तो अवस्था नआउन सक्थ्यो होला ।

सामाजिक सञ्जालमा नेपाल आइडलको फेसबुक पेजमा लेखिएका बिषले पनि थप बिबादस्पद बनाउन शुरु गरेको छ । एकपछि अर्को गर्दै नेपाल आइडल पेजले आफ्ना बिबादस्पद भनाइहरुलाइ अघि सारिरहेको छ ।

अदालतको बिषयमा नेपाल आइडलले टिप्पणि गरेको भनेर फेरी आलोचना शुरु भएको छ । तर केहि बिषयहरु मनन् योग्य भनेछन् । तर जसले जसरी र जहिलेदेखि गर्दै आएको छ पैसामा प्रतिभा किन्ने कुरा चाहि जायज छैन ।

नेपाल आइडलले जसरी आलोचना गर्नेलाइ तथा आफूहरुलाइ तल्लो स्तरको गाली गर्नेको नाम प्रहरीलाइ बुझाएर कार्वाही गर्नेसम्मका चेतावनी दियो त्यसपछि आफै कानूनी फन्दामा पर्यो ।

दर्शक तथा श्रोताका आलोचना सुन्नुपथ्र्यो र अदालतको मुद्धा किनारा नलागेसम्म नबोलेको भए राम्रो हुनसक्यो । तर बाहिर धेरै भ्रम नहोस र जनसमर्थन पाइयोस भनेर पनि आफ्ना भनाइ ल्याएको हुनसक्छ ।

टप ४ पुगेकाहरुमाथि अन्याय हुनेछ यदि यो यसै रोकियो भने । तर टप ४ जना नै नेपाल आइडलको रुपमा भने अर्को आइडल नभएसम्म रहिरहने पनि सम्भावाना भने हुनेछ ।

यस खबरमा तपाईंको प्रतिकृया