kchhakhabar.com

गृहपृष्ठ पत्रपत्रिकाको खबर केपी ओलीले भने-माधव नेपाल उत्तर कोरिया गएको मलार्इ थाहा छैन

केपी ओलीले भने-माधव नेपाल उत्तर कोरिया गएको मलार्इ थाहा छैन

इटहरी, error गते

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले माधव नेपालजी उत्तर कोरिया जानुभो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही नहुने बताए । यस्तै तपाई कहीं न कहीं घोचपेचजन्य र अरूलाई कटाक्ष गर्नुहुन्छ, त्यस्तो अभिव्यक्ति नगरे हुँदैन? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए ।

घोचपोचको कुरा कहाँबाट आयो ? जस्तो- हालसालै शेरबहादुरजीले दिल्लीमा बेमतलबको गीत गाउनुभयो । उहाँले त्यो केको लागि भन्नुभयो ? नेपालको संसद्को फैसलाको, नेपालको आन्तरिक मामलाको कुरो किन त्यहाँ भन्नुभयो ? आफूलाई निर्वाचित गरेको आफ्नो संसद्बारे रोनाधोना गर्ने ठाउँ दिल्ली थिएन । त्यसमा अलिकति राम्रो भएन भन्दा घोचपेच भो । चित्त दुख्यो । नेपालको चित्त दुख्छ कि दुख्दैन, उहाँले ख्याल गर्नुपर्छ कि पर्दैन ? उहाँले कसलाई सोधेर बोल्नुभयो ? सोध्नुपर्दैन, तर ठीकचाहिँ बोल्नुपर्छ । आचारसंहिता बनाऔं रे, संहिता लेखिरहनुपर्छ, बनाइरहनुपर्छ ? पदीय जिम्मेवारीअनुसारका अनुशासन हुन्छ । मध्यकालीन जमानामा शास्त्रमा लेखेपछि प्रमाण हुन्थ्यो ।

सत्यता पुष्टिको लागि शास्त्रलाई मान्ने प्रचलन थियो । आन्तरिक कुरा विदेशमा गएर गर्नुहुन्न भनेर कहाँ लेखिएको छ ? हाम्रो संसद्को विरोध विदेशमा गएर गर्नु हुन्न भनेर कहाँ लेखिएको छ ? राष्ट्रिय गौरव र प्रतिष्ठाको विरुद्धमा बोल्नुहुन्न भनेर कहाँ लेखिएको छ ?

यस्तै तपाईं भारतमा जाँदा राम्रो आतिथ्यता भयो, तर संयुक्त विज्ञप्ति जारी भएन । के कारणले होला? भनि सोधिएको प्रश्नमा उनको जवाफ थियो-

एउटा सन्दर्भमा मात्र संयुक्त विज्ञप्ति आवश्यक हुन्छ । दुई देशबीच सम्झौता भए तर सम्झौताको तहमा पुर्‍याउन सकिएन । काम गर्ने एक खालको सैद्धान्तिक, एक खालको मौखिक सहमति भएको छ र हामी दुवै प्रतिबद्ध छौं । यस्ता कुरा ‘रिफ्लेक्ट’ हुने गरी त्यस्तो विज्ञप्ति जारी गरिन्छ । मोदीजी र मैले संयुक्त प्रेस सम्मलेन गर्‍यौं । मोदीजीले भन्ने कुरा उहाँले भन्नुभयो, मेरा कुरा मैले भनें । सम्झौता जे भए, दुनियाँ र प्रेसका अगाडि भए । त्यसभन्दा अरू बताउनुपर्ने कुरा वा संयुक्त विज्ञप्तिमा भनिने कुरा केही बाँकी थिएन ।

आसन्न तेस्रो चरणको स्थानीय तहको चुनावमा तपाईंहरूको आकलन के छ ?

पहिलो र दोस्रो चरणको निर्वाचन परिणामले नै प्रस्ट पारिसकेको छ । तीन चरणमा चुनाव गर्नु एमालेविरुद्धकै ‘डिजाइन’ हो । विभिन्न ठाउँमा हमला किन गरिए ? एमालेलाई जित्न नदिन, एमालको विजय अभियान रोक्न र सीमित गर्न त्यसो गरिएको हो । तर पछिल्ला दुई निर्वाचनले एमालेको विजययात्रा नियन्त्रण गर्न नसकिने र अलिकति घटाउन सकिए पनि त्यसलाई पूरै सीमित गर्न र पराजित गर्न नसकिने यात्रा हो भन्ने स्पष्ट भइसकेको छ । नेपाली जनता लोकतन्त्रको लागि लडेका छन् र बलिदान दिएका छन् । जनता त्यसको प्रतिफलको रक्षा गर्न चाहन्छन् र त्यसलाई प्रक्रियामार्फत समृद्ध गर्न चाहन्छन् । राष्ट्रिय एकता खल्बल्याउने, साम्प्रदायिक र क्षेत्रीयतावादी विद्वेष भड्काउने र नेपाललाई द्वन्द्वको स्थितिमा फसाउने र भड्काउने प्रयास भए, तर ती प्रयास हितकर छैनन् । त्यो नेपाली जनताले बुझेका छन् । यसकारण एमाले जनताको छनोटमा परेको छ । नेपालमा शान्ति, स्थिरता र स्थायित्व चाहिएको छ । अब समृद्धितर्फ जान लागेको एमालेको यो विजय यात्रा कसैले रोक्न सक्दैन ।

अघिल्ला दुई चुनावको ५० वटा जोडेर पहिलो शक्ति कि निरपेक्ष रूपमा प्रदेश २ का आठवटा जिल्लामा मात्र ?

मैले राष्ट्रिय स्तरमा पहिलो शक्तिको कुरा गरिनँ । त्यसमा पहिलो शक्ति रहने कुरा त निश्चितै भो । असोज २ मा हुने चुनावमा एमाले पहिलो शक्ति हुन्छ ।

संविधान जारी भएयता मधेसविरोधी शक्तिका रूपमा एमाले र एमालेभन्दा पनि ठूलो परिमाणमा अध्यक्ष केपी ओली मधेसविरोधी पात्रका रूपमा चित्रित हुने गरिएको छ ? यो छवि चिर्न चुनावमा के लिएर मधेस गइरहनुभएको छ ?

लाहानमा मनोनयनको दिन एमाले उम्मेदवारको निवासमा बम आक्रमण भयो । लाहान कहाँ पर्छ ? हिमाली भेगमा पर्छ कि मधेसमा ? मुनी शाह को हुन् ? पहाडी हुन् कि के हुन् ? मधेसमा हिंसा, अराजकता, अलोकतान्त्रिक र आपराधिक क्रियाकलाप सञ्चालन भइरहेका छन् । अहिलेसम्ममा अरू प्रदेशले बजेट निर्माणलगायतका काम अगाडि बढाइसके । प्रदेश दुईमा चुनावै हुन सकेको छैन । यो प्रयासको झल्को तपाईं त्यहाँ देख्न सक्नुहुन्छ ।

विशेषगरी एमाले नै किन लक्षित हुन्छ ? तपाईंहरूको अभिव्यक्ति र व्यवहारले त्यस्तो भएको हो कि ?

अभिव्यक्ति भनेर केलाई भन्नुभएको ? मैले अघि नै भनें नि, नेकपा एमाले राष्ट्रियता, सार्वभौमसत्तासम्पन्नता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितहरूका पक्षमा छ । उक्त अभिव्यक्तिको कारण हमला हुन्छ भने त्यसको सामना एमालेले गर्छ । एमाले क्षेत्रीय, जातीय, भाषिक कुनै नामको आस्थागत, साम्प्रदायिक र विद्वेषजन्य कुरा र परस्परमा घृणा फैलाउने कुरा र असमानताको विपक्षमा छ । यो स्पष्ट अभिव्यक्ति हो नेकपा एमालेको । यसबाट कोही उत्तेजित हुन्छ भने त्यसको हामी सामना गर्छौं । हामीले बलिदानपूर्ण संघर्ष गरेका छौं र उपलब्धि पनि ल्याएका छौं । तिनको रक्षा र व्यावहारिक प्रयोगको निम्ति अब प्रक्रियागत ढंगले तिनलाई समृद्ध बनाउने कुरा हो । यस अभिव्यक्तिले हामीविरुद्ध लाग्ने हो भने हामीलाई मञ्जुर छ ।

अर्को कुरा, हाम्रा कामका कारण पनि त्यसो भएको हुन सक्छ । हामीले तराईका बाँझा खेतमा सिँचाइ पुर्‍याउनुपर्छ भनेर सुनकोसी मरिन कमला डाइभर्सनलगायतका काम गर्‍यौं । राजमार्गलाई चौडा गर्ने भन्यौं । दुई दशकदेखि कुरामै सीमित हुलाकी राजमार्गलाई आफैं बनाउने भनेर टेन्डर र ठेक्का लगाएर त्यसलाई अघि बढायौं । गत आर्थिक वर्षमा हामीले गरिबका लागि २० हजार घरको योजना बनायौं । तर हामीलाई हटाएर त्यो असफल बनाइयो ।

तराईमा डोम जातिको २० प्रतिशत र मुसहरको २१ प्रतिशत साक्षरता छ । तिनका छोराछोरीलाई उच्च शिक्षासम्म सबै विषयमा निःशुल्क गर्ने योजना एमालेले ल्यायो । गाउँगाउँमा सडक पुर्‍याउने, बत्ती पुर्‍याउने क्षेत्र र प्रदेशप्रदेशमा उद्योग, औद्योगिक क्षेत्र, विश्वविद्यालय, मेडिकल कलेजको स्थापना गर्ने काम ल्यायौं । पूर्वपश्चिम रेल तराईबाटै हिँड्ने हो । मेची-महाकाली विद्युतीय रेलको कुरा हामीले ल्यायौं र त्यसको कार्यान्वयन अगाडि बढ्दैछ ।

तपाईं कहीं न कहीं घोचपेचजन्य र अरूलाई कटाक्ष गर्नुहुन्छ, त्यस्तो अभिव्यक्ति नगरे हुँदैन ?

घोचपोचको कुरा कहाँबाट आयो ? जस्तो- हालसालै शेरबहादुरजीले दिल्लीमा बेमतलबको गीत गाउनुभयो । उहाँले त्यो केको लागि भन्नुभयो ? नेपालको संसद्को फैसलाको, नेपालको आन्तरिक मामलाको कुरो किन त्यहाँ भन्नुभयो ? आफूलाई निर्वाचित गरेको आफ्नो संसद्बारे रोनाधोना गर्ने ठाउँ दिल्ली थिएन । त्यसमा अलिकति राम्रो भएन भन्दा घोचपेच भो । चित्त दुख्यो । नेपालको चित्त दुख्छ कि दुख्दैन, उहाँले ख्याल गर्नुपर्छ कि पर्दैन ? उहाँले कसलाई सोधेर बोल्नुभयो ? सोध्नुपर्दैन, तर ठीकचाहिँ बोल्नुपर्छ । आचारसंहिता बनाऔं रे, संहिता लेखिरहनुपर्छ, बनाइरहनुपर्छ ? पदीय जिम्मेवारीअनुसारका अनुशासन हुन्छ । मध्यकालीन जमानामा शास्त्रमा लेखेपछि प्रमाण हुन्थ्यो ।

सत्यता पुष्टिको लागि शास्त्रलाई मान्ने प्रचलन थियो । आन्तरिक कुरा विदेशमा गएर गर्नुहुन्न भनेर कहाँ लेखिएको छ ? हाम्रो संसद्को विरोध विदेशमा गएर गर्नु हुन्न भनेर कहाँ लेखिएको छ ? राष्ट्रिय गौरव र प्रतिष्ठाको विरुद्धमा बोल्नुहुन्न भनेर कहाँ लेखिएको छ ?

तपाईं भारतमा जाँदा राम्रो आतिथ्यता भयो, तर संयुक्त विज्ञप्ति जारी भएन । के कारणले होला ?

एउटा सन्दर्भमा मात्र संयुक्त विज्ञप्ति आवश्यक हुन्छ । दुई देशबीच सम्झौता भए तर सम्झौताको तहमा पुर्‍याउन सकिएन । काम गर्ने एक खालको सैद्धान्तिक, एक खालको मौखिक सहमति भएको छ र हामी दुवै प्रतिबद्ध छौं । यस्ता कुरा ‘रिफ्लेक्ट’ हुने गरी त्यस्तो विज्ञप्ति जारी गरिन्छ । मोदीजी र मैले संयुक्त प्रेस सम्मलेन गर्‍यौं । मोदीजीले भन्ने कुरा उहाँले भन्नुभयो, मेरा कुरा मैले भनें । सम्झौता जे भए, दुनियाँ र प्रेसका अगाडि भए । त्यसभन्दा अरू बताउनुपर्ने कुरा वा संयुक्त विज्ञप्तिमा भनिने कुरा केही बाँकी थिएन ।

२०७२ मा जारी भएको संविधानको अस्वीकार्यताको विषय अथवा संशोधनको गुन्जायसका कारण पनि विज्ञप्ति नआएको हुन सक्छ नि ?

एउटा देशको संविधान त्यो देशको लागि हो र अर्को देशले मान्ने र अनुमोदन गर्ने कुराको कुनै अर्थ छैन । त्यहाँ यो विषय उल्लेख पनि थिएन । तर नेपालको संविधानको सन्दर्भमा निर्माण समयदेखि घोषणाको समयदेखि भारत त्यसमा कुनै न कुनै प्रकारले रुचि, चासो र विवादजस्ता कुरामा रह्यो । यद्यपि आफ्नो मन्तव्यमा सुष्मा स्वराजले आफ्नो मन्तव्यमा भन्नुभएको थियो, ‘भारतले नेपालको संविधानालई स्वागत गरिसकेको छ ।’ त्यही कुरा औपचारिक ढंगले उल्लेख गर्नु वाञ्छनीय हुन्थ्यो।

महाकाली पञ्चेश्वर सन्धिताका सोही कारण एमाले टुक्रियो । त्यतिखेर भारतपरस्त मसिहाका रूपमा पनि केपी ओलीलाई चित्रित गरियो । तर संविधान जारी भएपछि या नाकाबन्दीको समययता राष्ट्रियताको एउटा मसिहाको रूपमा चित्रित गरियो । पछिल्ला दुई कालखण्ड कहिले असन सकिएर भोटाहिटी सुरु भयो ?

यो विल्कुल गलत चित्रण हो । राजनीतिमा विचारको हिसाबले नीति र आदर्शका हिसाबले अथवा नीतिहरूमा बहस हुँदैन, तब आरोपित गरिन्छ । तर्क हुन्जेल मान्छे तर्क गर्छ, तर्क नभएपछि मान्छे के गर्छ ? नेपाली कांग्रेससँग एमालेको विरुद्धमा कुनै वैचारिक, राजनीतिक, कार्यक्रमिक नीतिगत कुनै मुकाबिला गर्ने, केही टिप्पणी गर्ने हैसियत छ ? केही पनि छैन । काग्रेसको प्रचार हेर्नुस् न । अब जनवरीभन्दा यतै मेलम्ची खानेपानी ल्याउने र खानेपानी विभागले पाइप ओछ्याउने कामलाई तीव्रता दिएकाले पानी तुरुन्त आउने खबर माथि छ । तर तलतिर के लेख्या छ ? एमालेको मेयरले सारा बाटो बिगारेर, हिलो र धुलो बनाएर काठमाडौं सहर खाल्डाखुल्डी बनायो भन्ने आरोप छ । सरकारले पाइप बिछ्यायो, यो सरकारको सफलता भयो । बाटो भत्किएको छ, यो काठमाडौंको मेयरले गर्दा भयो । मैले प्रचारशैलीको कुरा गरेको हुँ, माओवादीले पनि त्यस्तै गरेको छ ।

एमालेकै अर्को तप्काले पनि त्यसरी प्रचार गथ्र्यो नि । त्यही कारणले उहाँहरू पार्टी छोडेर जानुभयो र पछि फर्कनुभयो पनि । आज पनि सुषुप्त रूपमा गरिरहेछन् नि ?

महाकाली सन्धि र पञ्चेश्वरका कारण पार्टी फुटेको होइन । पार्टी फुट्नाका अरू कारण थिए । त्यो कारण यथावतै रहँदारहँदै पनि पार्टी एकीकरण भयो । त्यतातिर म जान्न । तर न म कहिल्यै भारतपरस्त थिएँ, न कहिल्यै भारतविरोधी थिएँ । अहिले पनि संविधान निर्माण क्रमममा जारी भएपछि पनि म भारतविरोधी बनेको होइन । भारतविरोधी हुनुपर्ने कारण पनि छैन । नेपालले किन भारतविरोधी हुने ? यो त बलजफ्ती आफ्नो राजनीति गर्नको लागि र केही एजेन्सी र तिनका कर्मचारीलाई लाभ लिनको लागि लगाइएको आरोप हो । नाकाबन्दी भयो, अनुचित भयो । त्यो त साँचो हो नि ।

त्योभन्दा पनि खोक्रो राष्ट्रवाद, नक्कली राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवाद भनेर प्रश्न गरिन्छ । अनि कांगे्रसीय र माओवादीय राष्ट्रवाद कस्तो हुन्छ ? शेरबहादुरी र प्रचण्डीय राष्ट्रवाद कस्तो हुन्छ ? त्यसो हो भने नाकाबन्दी पनि ठीक छ । खान नपाएको नि राम्रो छ । छिमेकीले गर्ने व्यवहार यस्तै हो भन्ने हुन्छ कि के हुन्छ ? टनकपुर एकलौटी हुँदै आयो । त्यहाँ त नेपाललाई थाहै नभई त्यतिबेला राजतन्त्रले स्वतः दियो नि । त्यसलाई हामीले सच्याउनुपर्‍यो । सच्याउने क्रममा हामीले त्यहाँसम्म पुर्‍याउन सक्यौं । म नेपाली हुँ । नेपालको हितलाई प्राथमिकता दिन्छु र खास गरेर दुई ठूला छिमेकीका बीचमा भएका सानो देशले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ । त्यसमा अड्नुपर्छ । समग्रमा भन्नुपर्दा अन्तर्राष्ट्रिय परराष्ट्र सम्बन्ध सञ्चालन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ । न्यायोचित हुनुपर्छ सम्बन्ध । तीनवटा कुरालाई ध्यान दिनुपर्छ । राष्ट्रिय हित, न्यायोचितता र अन्तर्राष्ट्रिय उत्तरदायित्व । मेरो सदैव त्यसमा दृढ अडान रहेको छ ।

नेपालभित्रका कसले के भन्यो अलग कुरो तर भारत सरकारको नेपालसम्बन्धी औपचारिक धारणा राख्ने अखबार र चीनको ग्लोबल टाइम्सजस्ता अखबार पढ्दा केपी ओली भारतविरोधीका रूपमा अथवा चीनको असल मित्रका रूपमा व्याख्या भइरहेको देखिन्छ । उनीहरूले पनि त्यही रूपमा चित्रित गरिराखेका छन् नि त ?

चीनको कुनै अखबारले मलाई चीनको असल मित्र भनेको छ भने सही भन्यो । कुनै भारतको कुनै पत्रिका या अखबारले भारतको असल मित्र भनेको छ भने त्यो सही हो । पहिले भारतको असल मित्र र अहिले होइन भनेर कसैले लेख्छन् भने त्यो दृष्टिदोष हो । म भारतका बुद्धिजीवी, सञ्चारमाध्यम र ब्युरोक्र्याट्सका अभिव्यक्ति खुलेआम देखिराख्या छु । हस्तक्षेपपूर्ण छ । यथार्थमा भन्दा ती ठू्लो राष्ट्रका अहंकारका कुरा हुन् । २१ शताब्दी लागिसक्यो, उहाँहरूको मानसिकता ब्रिटिसकालीन छ । नेपाल सानो छ भनेर जे पनि गर्न पाइन्छ ? जे पनि बोल्न पाइन्छ ? जसो पनि बोल्न पाइन्छ ? उहाँहरू बिगार्दै हुनुहुन्छ सम्बन्ध । उहाँहरूले हामीलाई विरोधी भनिरहनुहुन्छ । हामी विरोधी होइनौं भनेको भन्यै छौं । म भन्दैछु- भारत हाम्रो मित्रराष्ट्र हो । भारतका कतिपय सञ्चारमाध्यम र बुद्धिजीवी भनिरहेका छन्- केपी ओली भारतविरोधी हो । मलाई कुनै अर्को देशको विरोधी हुने कुरासँग कुनै सोख छैन । अर्को देशको विरोधी मलाई किन हुनुपर्‍या छ ? म नेपालभक्त हुँ, देशभक्त हुँ ।

बिमस्टेकको बैठकमा सुष्मा स्वराज आउँदा उहाँसँगका बैठक छल्न अथवा भारतीय पक्षले गरेको बेवास्तालाई मुस्ताङ गएर हावाबाट बिजुली निकाल्ने परियोजनाको आकस्मिक रूपमा एउटा उपकरण जोड्नुभयो ?

त्यो नियोजित थिएन । मुस्ताङको कार्यक्रम महिनौंअघिको कार्यक्रम थियो । उहाँले मलाई भेट्न चाहनुभएको भए म त्यो कार्यक्रम क्यान्सिल गराउन सक्थें । उहाँहरूको कार्यक्रम राजपाका नेतासँग भेट्ने कार्यक्रम थियो । अरू नेतासँग भेट्ने कार्यक्रम थियो । मसँग हुलमा गएर परैबाट प्रणाम गरेर चिया खाने कार्यक्रम थियो । सानो देशको भए पनि म देशको प्रधानमन्त्री भइसकेको मान्छे हुँ ।

सानो देशको भए पनि विपक्षी दलको नेता हुँ । सानो देशको भए पनि उमेरले ६० होइन, ६५ काटिसकेको मान्छे हुँ । म यस्ता कुरा बुझ्छु । देवकोटाले सुलोचना महाकाव्यमा लेखेका छन्, ‘म आफ्नो झोपडीको राजा सानै देश भए पनि ।’ मेरो कार्यक्रम पूर्व निर्धारित हो । मैले त्यो रद्द नगरेको हो । मैले कूटनीतिक रूपमा त्यो निर्णय जानीजानीकन नगरेको हुँ । भेट्ने कार्यक्रम नै थिएन त, मैले कताबाट भेट्थें ? यस्तो अफवाहका पछाडि नलागौं । चिया खान आउनु भन्ने मात्र निम्ता थियो । प्रधानमन्त्री, सुष्माजी र राजदूतहरू मञ्चमा बस्नुहुन्थ्यो, सुष्माजी ‘साह्रै सुहाउने तिमी दुईको जोडी’ भनेर गीत गाउनुहुन्थ्यो । मैले तल पछाडि कतै बसेर श्रवण गर्नुपथ्र्यो । एक कप चिया खाएर म हिँड्थें । यसले के सम्बन्ध साँच्चै सुध्रिन्छ ? म के मात्रै भन्न चाहन्छु भने एक्काईसौं शताब्दीमा राष्ट्रहरू समान छन् ।

पूर्व प्रधानमन्त्रीका रूपमा एउटा प्रश्न, चीनसँग कनेक्टिभिटीको लागि चीनले अबको बढीमा पाँच वर्षमा नेपालका पाँचवटै नाकासम्म रेल ल्याउला तर नेपालले आधारभूत रूपमा त्यसलाई जोड्न पूर्वाधार निर्माण गर्‍या छ ?

म के कुरा आग्रह गर्न चाहन्छु भने भारत र चीनसँगको हाम्रो कनेक्टिभिटी बढाउनुपर्छ । अबको जमाना भनेको कनेक्टिभिटीको हो । यो जमानामा बाटाभन्दा पृथक, सम्पर्क संवादभन्दा पृथक बसेर विकास गर्छु भन्ने कुरा हुँदैन । म भारत भ्रमणमा गएँ भने अर्को छिमेकीले चित्त दुखाउने, चीन भ्रमणमा गएँ भने अर्को छिमेकीले चित्त दुखाउने, एकातिरको बाटो बन्यो भने अर्को छिमेकीले चित्त दुखाउने यो सही होइन । म प्रधानमन्त्री हुँदा तीन अर्ब ६० करोड छुट्ट्याएर कोरला नाका जाने बाटो बन्दैछ, बेनीदेखि कोरला नाकासम्म । त्यसकारण हुँदै छैन, बन्दै छैन होइन ।

यता वेत्रावतीमाथिदेखि केरुङसम्म बन्दैछ, हामीले ठेक्का लगाएका छौं । उता किमाथांकामा हामी ट्र्याक खोल्दैछौं । दुई वर्षभित्र चीनले त्यहाँ पक्की बाटो ल्याइपुर्‍याउँदैछ । सिगात्सेबाट लगभग दुई घन्टामा त्यहाँ पुगिन्छ । त्यो बाटो सबै मौसममा चल्ने खालको बाटो हुनेछ । ओलाङचुंगोलाबाट अलिकति अग्लो छ कोरला नाकाजस्तै । जमिन एकदमै राम्रो छ । कार्यालय बसाउन उचित छ त्यो । हाम्रोपट्टि पनि त्यहाँ प्रशस्त जमिन छ । हामी विभिन्न ठाउँमा खोलिराखेका पनि छौं । र, यो खोल्नुपर्छ ।

हाम्रोमा प्रधानमन्त्री फेरबदल हुँदा अन्तर्राष्ट्रिय सम्बन्धमा किन त्यस्तो फेरबदल हुन्छ ? यो त राष्ट्रिय विषय होइन र ?

सरकार परिवर्तनले आर्थिक नीतिमा, विकासका नीतिमा पनि परिवर्तन हुनुपर्ने आवश्यकता छैन । किनभने संयुक्त राष्ट्रसंघले भनेको छ- दिगो विकासको लक्ष्य सन् २०३० मा पूरा गर्नेगरी । १५ वर्षमध्ये दुई वर्ष जान लाग्यो । दुई वर्षमा हामीले केही गर्न सक्या छैनौं । यसलाई हामीले तीव्रता दिनुपर्छ ।

चीन आज पनि त हामीसँग सशंकित नै देखिन्छ नि । नत्र तातोपानी नाका किन नखोल्या ? सबैभन्दा ठूलो नाका त त्यही नै थियो ।

त्यस सम्बन्धमा भौगर्भिक अध्ययन र भूगोलसम्बन्धी अध्ययनको कुरो छ । सामरिक र धर्मान्तरणको विषयचाहिँ होइन । त्यसमा ती कुरा पनि मिसिएलान् पछि । तर भुइँचालो गएकै दिनबाट ती कुरा पैदा हुने होइनन् नि । भुइँचालो गयो र पहाडहरू चर्केका छन् । चीनले भुइँचालो जानेबित्तिकै खासाबाट बस्ती नै उठायो । । जोखिमका कारण उठाइए ती बस्ती । त्यो ठाउँमा राख्न सकिँदैन भने कहाँ राख्ने ? हामीलाई क्वारेन्टाइन चाहिएला, भन्सार चाहिएला, ती कुरा कहाँ राख्ने ? उता राख्ने कि यता राख्ने ? बोर्डरमा ठाउँ छैन । बोर्डभन्दा उता लगेर राख्ने या यता ल्याएर राख्ने ? यो अलिकति छलफलको विषय हुनसक्छ । अर्को कुरो के छ भने यो बाटो नै चल्छ कि चल्दैन । मैले तिब्बत जाँदा कुराकानी गरें । भौगर्भिक हिसाबले खोल्न मिल्छ भने त्यो नाका खुल्छ भन्ने कुरामा म विश्वस्त छु ।

एमाले भारत र चीनसँग मात्र होइन, उत्तर कोरियासँग पनि सम्बन्ध बढाउन लागेको हो ?

कोरियासँग हाम्रो कूटनीतिक सम्बन्ध छ । यो अहिले बढाउन खोजिएको नयाँ होइन, सम्बन्ध पहिल्यैदेखि थियो । उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने र परीक्षण गर्ने गरिरहेको छ, यस सम्बन्धमा हाम्रो कुनै लिनुदिनु छैन । हामी शान्तिको पक्षमा छौं र ‘न्युक्लियर वेपन फ्रि वल्र्ड’ को कुरा गर्छौं । न्युक्लियर वेपनको निर्माण, परीक्षण, भण्डारण र प्रयोगमा हाम्रो असहमति छ । नेपाल शान्तिको पक्षमा छ, न्युक्लियर वेपनको पक्षमा छैन ।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो ?

माधव नेपालजी उत्तर कोरिया जानु भो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही हुँदैन ।

अब एमाले सत्तामा जान लागेको हो ?

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ । १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा नेकपा एमाले बहुमतमा आउँछ । सातैवटा प्रदेशमा एमालेले प्रदेश सरकार बनाउँछ । संघीय सरकार पनि नेकपा एमालेले बहुमतका साथ बनाउँछ । अब एमाले नगएर सरकारमा को जान्छ ?

चुनाव पछाडि ?

हो, चुनाव पछाडि । चुनाबबाट जान्छ । जनताको अभिमतबाट जान्छ । नेकपा एमाले केन्द्रमा, सातै प्रदेशमा एमालेले सरकार बनाउँछ । यो देशको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, स्वाधीनताको रक्षा र स्वाभिमानको रक्षा । अलिकति होचो छ, अलिकति सानो छ भन्दैमा त्यसको टाउको ङ्याक्नैपर्छ भन्ने छैन । देशको राष्ट्रिय एकता जोगाउन एमाले चाहिन्छ । वास्तविक अर्थमा लोकतन्त्रलाई प्रक्रियामार्फत समृद्ध गर्न र शान्तिपूर्ण समाज र सुशासन चलाउन एमाले चाहिन्छ।

अब केही संक्षिप्त विषयमा जाऊँ । तेस्रो चरणको चुनावमा तपाईंहरूले वीरगन्जमा बसुरद्दिन अन्सारीलाई मेयरको प्रत्याशी खडा गरेपछि नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भयो भन्नुभयो । के छ, यसमा सम्बन्ध ? उनलाई दाउद इब्राहिमको मान्छेसमेत भन्दा रहेछन् नि ?

एमालेमा आएपछि दाउद इब्राहिमको मान्छे भयो । यस्ता फजुल कुरा गर्नु उचित हुँदैन । जोकसैले भनेको आधारमा कुरा गर्नु वाञ्छनीय होइन । एमालेमा नआउँदा, हिजो त अन्य पार्टीमा हुँदा र सांसदमा निर्वाचन लड्दा त यो केही पनि थिएन । एमालेमा प्रवेश नगर्दा र उम्मेदवार नहुँदा त सम्बन्धन प्राप्त भएको थियो । एमालेमा आएपछि सम्बन्धन खारेज हुने । म फेरि पनि भन्छु- राज्य आवेश उत्तेजनामा चल्नु हुँदैन । कहिले प्रधानन्यायाधीशविरुद्ध राज्य उल्टिएर खनिन्छ । सत्तासीनहरू क्रोध, आवेश र उत्तेजनामा हुन्छन् र खनिन्छन् । शक्ति पृथकीकरणका सिद्धान्त, सन्तुलन र नियन्त्रणका सिद्धान्त र स्वतन्त्र न्यायपालिका बिर्सन्छन् ।आजको अन्नपूर्ण पोष्टमा टिकाराम यात्रीले लिएको अन्तर्वार्ताबाट ।

यस खबरमा तपाईंको प्रतिकृया