kchhakhabar.com

गृहपृष्ठ राष्ट्रिय खबर खोलामा डुबेर दुई युवतीको मृत्यु

खोलामा डुबेर दुई युवतीको मृत्यु

इटहरी, error गते

कपिलवस्तु, २५ भदौ । जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।  कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावती पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ ।

यस खबरमा तपाईंको प्रतिकृया