kchhakhabar.com

गृहपृष्ठ रोचक/अनौठा खबर कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध

कुकुरलार्इ माया गर्दा टुट्याे बैवाहिक सम्बन्ध

इटहरी, error गते

एजेन्सी । घरेलु जनावरहरुलाई त हामी सबैले पाल्ने गरेका छौ । सँगै बसेपछि उ पनि परिवारको सदस्य जस्तै नै बन्ने गर्दछ । तर, भारतमा भने अनौठो किसिमको घटना घटेको छ । जहाँ एउटी युवतीको कुकुरसँगको पिरतीले बैवाहिक सम्वन्ध टुटेको छ । घरपालुवा जनावरसँगको बढी लगावले गर्दा यो सम्वन्ध टुटेको हो ।

भारतकी एक युवती करिश्मा वालिया अहिले यस्तै सम्वन्ध टुटेको घटनाले चर्चामा रहेकी छिन् । उनले कुकुरलाई यति धेरै माया गर्थिन कि उनी बिवाह पश्चात पनि घरमै लान चाहन्थिन तर उसको हुनेवाला श्रीमानलाई यो कुरा मञ्जुर थिएन यसका कारण आज उनीहरुको ब्रेक अप भएको छ ।

अहिले उनले आफ्नो प्रेमीसँग भएको कुराकानी स्न्यापकट गरेर पोष्ट गरेपछि यो समाचार जताततै भाइरल बनेको छ । उनीहरुको बिचको कुराकानीमा उनले आफ्नो डगीलाई छोड्न नचाहेको बताएकी छिन भने केटाले भने यदि डगी छोड्न नचाहने हो भने डगीसँगै विवाह गर भनेका छन् ।

यस खबरमा तपाईंको प्रतिकृया