kchhakhabar.com

गृहपृष्ठ यौन तथा स्वास्थ्य खबर गर्भावस्थामा तनाव लिनु हानिकारक

गर्भावस्थामा तनाव लिनु हानिकारक

इटहरी, error गते

भनिन्छ, जो हरेक समय आफूलाई तनावमुक्त बनाउँछ, उसले जीवनमा हरेक चीजको अनुभूति लिन पाउँछ । हामीले सधंै आफूलाई सकारात्मक सोचतिर लम्क्याइ रहनुपर्छ । अझ गर्भावस्थामा त हामीले कुनै पनि तरिकाबाट आफ्नो दिमागमा नकारात्मक विचार आउन दिनु हँुदैन । यदि तपार्इंले यस्तो गर्नुभयो भने गर्भ खेर जान पनि सक्छ । यस विषयमा युनिभर्सिटि कलेज लण्डन तथा चीनको झेजङ युनिभर्सिटिमा अध्ययन गरिएको थियो ।
उनीहरुले भनेका छन्, जो महिला गर्भावस्थामा तनाव लिन्छिन्, उनको बच्चा नरहने खतरा ४२ प्रतिशत हुन्छ । यो भन्दा पहिला भएको अध्ययनअनुसार यो पाइएको छ कि २४ हप्तापछि बच्चाहरु नरहने समस्या जो महिलाहरुमा आएको छ, त्यो तनावको कारण आएको हो । यो समस्या २० प्रतिशतभन्दा बढी छ ।  तर यही विषयमा केही समयपछि अध्ययन गरेपछि पत्ता लागेको छ कि यो समस्या २० प्रतिशत भन्दा धेरै छ ।
उक्त अध्ययनकर्ताहरुले बताएअनुसार युवावस्थामा नै धेरै तनाव लिने मान्छेहरुमा भविष्यमा धेरै समस्याहरु आइपर्छ ।  गर्भावस्थामा हुने तनावलाई यसरी गर्नुस् नियन्त्रण आफूले गर्न नसक्ने कुरा नाइँ भन्ने बानी बसाल्नुहोस् । सानातिना आफूले गर्न सक्ने काम गर्नुहोस् । आराम गर्दै हुनुहुन्छ भने किताब पढ्ने बानी बसाल्नुहोस् ।  तपार्इंलाई कार्यालयमा समस्या छ वा शान्त वातावरण छैन भने कार्यालय छोड्न सक्नुहुन्छ ।
योगा तथा व्यायाम गर्न नभुल्नुहोला ।  साँझपख हिँड्ने गर्नुहोस् । साथै स्वस्थ्य खाना खाने गर्नुहोस् ।  रातमा हल्का खाना खानुहोस् र चाँडै सुत्नुहोस् । एविपी न्यूज

यस खबरमा तपाईंको प्रतिकृया