kchhakhabar.com

गृहपृष्ठ poem/artical लज्जावती

लज्जावती

इटहरी, error गते

म लज्जावती
र झरि भर्खरै थामिएको बिहानमा
हरिइ भएर फिंजाएकी छु पात 
घांसको मुठामा

हिजो घाम डुब्नै लागेको साँझमा
कुन घाँसिले छिनालिदियो जरा
कुन हँसियाका दांतले काटिदियो जीन्दगि
सवै म जान्दछु

मभरि काँडा भएर पनि काटिएँ भने
फुलहरू मात्रै चुडिन्छन्
कसरि भन्न सक्छु र ?

म जरा काटिएकी लज्जावती
रातभर के बाँचिरह्यो र कलकलाउँदि भइरहेँ
किन बिहान झन् रहरमा फिँजारिए पत्ताहरू
अहिले नै आएर कसैले छोईदियो भने पनि
अब के बाँकी छ र
लाजले भुतुक्क भइ खुम्चन्छन्
मेरा शरीर भरिका सरमहरू ??

यस खबरमा तपाईंको प्रतिकृया