kchhakhabar.com

गृहपृष्ठ खबर चाड पर्वको लागि खर्च जुटाउन जोगी समुदाय भारत तर्फ

चाड पर्वको लागि खर्च जुटाउन जोगी समुदाय भारत तर्फ

इटहरी, error गते

तेह्रथुम/फेदाप गाउँपालिका ओयाक्जुङ मझुवा गाउँका भोज वहादुर जोगी आफ्ना ८ सन्तान मध्ये श्रीमती सहित ७ जनालाई घरमा छोडेर एक महिना अघि भारतको दार्जीलिङ तर्फ फेरी लगाउन पसे । साथमा हुर्किएका दुई छोरालाई पनि उनले साथैमा लिएर गए । अहिले उनका घरमा नावालाक छोराछोरी र श्रीमती मात्र छन् । सोही वडाका गञ्ज वहादुर जोगी पनि नावालाक छोराछोरीलाई श्रीमती मालतीको काखमा हालिदिएर फेरी वोकेर दार्जीलिङ तिरे पसेका छन् । मालतीका जेठाजु मदन, कान्छा देवर कृष्ण पनि उतै गएको महिना दिन वढी भयो ।

घर व्यवहार श्रीमती र घरकी वुढी भएकी आमालाई जिम्मा लगाएर मुग्लान पस्ने जोगीहरुको संख्या यहा धेरै छ । साविक ओयाक्जुङ्गका ७, ८ र ९ नम्वर वडाका जोगी वस्तीमा यतीवेला केटाकेटी, वुढापाका र महिला मात्र भेटिन्छन् । घर खर्च जुटाउन यहाका सवै जोगीहरु भारतको सिक्कीम, गान्तोक र दार्जीलिङ तर्फ गएका छन् । जसले गर्दा गाउँ पुरुष विहिन छ । जोगी समुदायको वस्ती वढी भएका यि वडामा विकासको गति समेत नाजुक छ । जोगी समुदायमा पढेलेखेका युवाहरुको संख्या न्युन छ । केही पढेलेखेकाले पनि गाउँ छोडेका छन् । परम्परा धान्ने निहुमा पछिल्लो पुस्ताका युवाहरु समेत पाका पुस्ताको पछि लागेर फेरी वजाउन भारततिरै लागेपछि गाउँ युवाविहिन वनेको वडा नम्वर ७ का जनप्रतिनिधि खगेन्द्र जोगाीले बताए । उनका छिमेकी बालकुमारी जोगीका श्रीमान खड्ग वहादुर पनि ८ जनाको परीवार श्रीमतीको जिम्मा लगाएर एक महिना अघि इलाम हुदै भारततिरै लागेका छन् ।

अन्न फल्ने खेतवारी थोरै र ठुलो परिवारको पेट पाल्न घर वसेर नसकीने भएकाले श्रीमान फेरी लगाउन परदेश गएको स्थानीय बालकुमारी जोगीले वताईन् । श्रीमानका साथमा उनले पढ्दै गरेका दुई छोरालाई समेत फेरी लगाउन उतै पठाएको वताईन् । ‘वर्षभरीमा १०/१२ डोका फल्ने मकैले पेटभरी खान पुग्दैन्’ मालिङ्गोको चिङ्गाले छाएको झुप्रो घर अगाडी उभीएकी उनले भनिन् ‘फेरी लगाउन नगए त भोक भोकै मरिन्छ ।’ परीवार पाल्नकै लागि गाउँका धेरै पुरुष जोगीहरु घर छोडेर परदेश लागेको उनले वताईन् । फेरी लगाउन वर्षको दुई सिजन घर वाहिर निस्कने जोगीहरु यो सिजनमा भने भारत तर्फ लाग्छन् । दशैं आउन दुई महिना अघि नै फेरी लिएर घर वाहिर निस्कीएका पुरुष जोगीहरु फुलपातीको दिन सम्ममा घर आईपुग्छन् । उतावाट आउदा थोर वहुत पैसा र परीवारलाई लत्ताकपडा समेत लिएर आउने गरेकाले दशैं तिहार जस्ता चाड पर्व मान्न केही सजिलो हुने गरेको घर रुंघेर वसेका महिलाहरुको भनाई छ ।

दशैं तिहार मान्ने खर्च जुटाउनकै लागि सयौं पुरुष जोगीहरुले एकै साथ गाउँ छोड्ने गरेकाछन् । फेरी लगाउदै गाउँ देखी शहर वजार डुल्ने उनीहरु संग परीवारको सातामा एक पटक फोनमा कुराकानी हुन्छ । हिडेका सवै संग मोवाइल नभएपनि भएकाहरुले नभएकाहरुको समेत घरको सन्चो विसन्चो वुझिदिन्छन् । वर्षभरी फलाएको अन्नले ३ महिना पनि खान नपुग्ने यहाका धेरै जोगी परीवार छन् । गाउँका विचमा मावी छ । तर यहाका धेरै जोगीका छोराछोरीले विचैमा पढाई छोड्ने गरेको स्थानीय सिद्धकाली उच्च मावीका प्रधानाध्यापक कुलप्रसाद दुलालले वताए । खेतवारीमा उत्पादन भएको अन्न र घरमा पालेका पशुवस्तुको आमदानीले परीवार चलाउन नपुग्ने भएकाले गाउँका सवै जसो जोगी परिवारले दुखले जीवन निर्वाह गरीरहेको स्थानीय युवा सुर्य वहादुर जोगीले वताए ।

उनी खाडी मुलुक कतार गएर भर्खरै फर्किएका युवा हुन् । आफ्नो आमदानीले परीवार पाल्न नपुगेपछि यहाका अधिकांश जोगी परीवारमा साहुको भारी ऋण छ । ‘यहा ऋण गरेर नखाने जोगीको घर भेटाउन मुस्कील छ’ ति युवाले भने । ‘ऋण नखाए दिन जादैन’ भन्ने उखान गाउँमा निकै प्रचलित छ । त्यसैले चर्को व्याजमै भएपनि जोगीहरु साहु संग ऋण लिन डराउदैनन् । गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा जोषी समुदायको चेतना अबिधृद्धि गर्ने, आयआर्जनका कार्यक्रम ल्याउन आफु लागि पर्ने जनप्रतिनिधि खगेन्द्र जोगीले बताए ।

यस खबरमा तपाईंको प्रतिकृया