kchhakhabar.com

गृहपृष्ठ कलिउड प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

इटहरी, error गते

नेपाल चलचित्र संघ र डि ए बि एस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा
यही २०१७ सेप्टेम्बर १७ तारिख (२०७४ असौज १ गते) अमेरिकाको टेक्सासको डालसमा नेम्पा फिल्म अवार्ड २०१७ को आयोजना गर्ने निर्णय गरी उत्कृष्ट तीन समेत घोषणा गरिसकेको यहाँमा विदितै छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न तयारी गरिरहेको अवस्थामा टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सास बासी नेपालीहरुको विशेष आग्रहमा अमेरिकाको आयोजक सस्ंथा डि ए बि एस इन्टरटेन्टमेन्टले पूर्व निर्धारित समय सार्न आग्रह गरी पत्र पठाउनु भएकोले नेपाल चलचित्र संघ र डि ए बि एस इन्टरटेन्टमेन्टको छलफलबाट २०१७ नोभेम्बर ५ तारिख (२०७४ कार्तिक १९ गते) आइतबारका दिन पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यवस्थित रुपमा नेम्पा अवार्ड २०१७ सम्पन्न गर्ने निर्णय भएको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु ।
नेपाली चलचित्रको प्रवद्र्धन र सम्बद्र्धनमा नेम्पा फिल्म अवार्ड २०१७ अमेरिकाले महत्वपूर्ण योगदान दिने आशा एवं विश्वास गर्दछु ।
सहयोगका लागि धन्यवाद ।
(प्रदीप कुमार उदय) अध्यक्ष एवं संयोजक नेम्पा फिल्म अवार्ड २०१७ अमेरिका
Type a message…

यस खबरमा तपाईंको प्रतिकृया