kchhakhabar.com

गृहपृष्ठ पूर्वाञ्चल बिशेष शहीद भीमनारायण श्रेष्ठको जीवनी

शहीद भीमनारायण श्रेष्ठको जीवनी

इटहरी, error गते

शहीद भीमनारायण श्रेष्ठको जीवनी
राजकुमार दिक्पाल,
राजेश्वरबहादुर श्रेष्ठ
सन्दर्भ ३८ औं स्मृति दिवस
शहीद भीमनारायण श्रेष्ठको जन्म वि. सं. १९९४ साल असार २४ गते भएको थियो । उहाँ पिता सूर्यनारायण श्रेष्ठ र आमा लक्ष्मी कुमारीको कोखबाट जन्मनु भएको थियो । उहाँ धनकुटाका नारायण खलकका श्रेष्ठ नेवार परिवारमा जन्मनु भएको थियो । उहाँको प्रमुख पेशा व्यापार भएपनि खेतिपाती पनि उहाँहरुको अर्काे पेशा थियो ।
युवावस्थादेखि नै नेपाली कांग्रेसप्रति आस्थावान श्रेष्ठ ०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसको नगर कमिटीमा सदस्य रही प्रचार प्रसारमा खट्नु भएको थियो । ०१७ को राजनीतिक परिवर्तनपछि गोप्य रुपमा नेपाली कांग्रेसको राजनीतिमा आस्थाभने रहेको थियो । उहाँ विराटनगरमा भएको बमकाण्ड ताका खासगरी भाइको विवाहको सामान लिन विराटनगर झर्नु भएको थियो । फारवेशगञ्जमा सामान किन्न जाँदा कप्तान यज्ञबहादुर थापासँग भेट भयो । त्यतिखेरका हुलाकटोलका सक्रीय नेविसंघ कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई पठाइएको बम उहाँले नै ल्याउनु भएको थियो । उहाँलाई ०३० चैत ३ को बमकाण्डको अभियोग लगाएर पक्राउ गरी लामो समयसम्म यातनापूर्ण बन्दी बनाई ०३५ साल माघ २६ गते कोशी नदीको किनारमा मृत्युदण्ड दिइएको थियो ।
उहाँले लेख्नु भएको कुनै पनि चिठी कागजात उहाँको परिवारलाई फिर्ता दिइएन । उहाँले जेलबाट घरमा लेख्नुभएको पत्रसमेत संगालेर राख्न नसकिएको कुरा उहाँका जेठा छोरा मनोजनारायण दुःखका साथ बताउनु हुन्छ । “त्यतिखेर उहाँको चिठ्ठी घरमा आउना साथ रुवावासी चल्थ्यो र हामी चिट्ठी पढिसकेपछि सहन नसकेर च्यात्थ्यौ ।” “अहिले त्यो पत्र हरु राख्न पाएको भए त्यसको छुट्टै महत्व हुने थियो” उहाँ भन्नु हुन्छ ।
श्रेष्ठलाई मृत्युदण्ड दिइ सकिए पछि नेपाल महिला संघकी तत्कालीन अध्यक्ष तथा कांग्रेस नेतृ मंगलादेवी सिंहले शहीद पत्नी लक्ष्मीदेवी श्रेष्ठलाई एक समवेदना पत्र पठाउनु भएको थियो । प्रजातन्त्र आएपछि सरकारबाट परिवारलाई राहत स्वरुप एक लाख रुपैयाबाहेक उहाँलाई राज्यस्तरमा हालै शहीदको सम्मान गरिएको छ । शहीद श्रेष्ठको सम्झनालाई ताजा बनाउन र उहाँले प्रजातन्त्रका लागि जीवनकै आहुती दिनुभएको योगदानलाई कदर गर्न धनकुटा बजारको तत्कालीन गणेशस्थान चोकलाई अहिले “शहीद भीम नारायण चोक” नामाकरण गरिएको छ । र सोही चोकमा जिल्ला विकास समितिबाट उहाँको शालिक निर्माण गरिएको छ ।
त्यस्तै झापाको दुर्घमा उहाँको नाममा एक प्राथमिक विद्यालय संचालन छभने वर्षेनीं शहीद भीमनारायण श्रेष्ठ स्मृति गोल्ड कम फुटबल प्रंतियोगिता, संचालन हुँदै आएको छ । उहाँको नाममा स्थापित अक्षयकोषमा तत्कालीन सांसद विकास कोषबाट राष्ट्रिय सभाका उपाध्यक्ष चिरञ्जीवीप्रसाद रिजालले २५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । यस्तै धनकुटाको पुरानो लहरे चौतारलाई धनकुटा नगरपालिकाले “शहीद भीमनारायण पार्क” घोषणा गरिएको थियो । (तरहाल सो क्षेत्रमा बजारमा वितरण गर्ने खानेपानी ट्यांकी निर्माण गरिएकोले अर्को स्थानमा बनाउन जरुरी छ )।
०३० साल चैत ३ गते विहान ९ः४५ बजे विराटनगरको त्रिभुवन स्मारक अस्पताल (कोशी अञ्चल अस्पताल) को मूलद्वार अगाडि भएको वम विस्फोटनमा सो वम विस्फोटनको मुख्य अभियुक्त बनाई पंचायती कानून बमोजिम तत्कालीन व्यवस्थाले भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिएको थियो । तत्कालीन कानून अनुसार सर्वाेच्च अदालतका न्यायाधीशद्वय बासुदेव शर्मा र झपटसिंह रावलको इजालशले राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको फैसला गर्दै तत्कालीन पंचायती कानूनको राजकाज (अपराध र सजाय)  ऐन ०१९ को दफा २ तथा राजगद्दी ऐन ०१५ दफा १६ अनुसार ०३३ साल फागुन ६ गते विहीबारका दिन मृत्युदण्डको फैसला सुनाएको थियो । र उहाँको ०३५ साल माघ २६ गते राती कोशी नदीको किनारमा प्रहरीद्वारा गोली हानी हत्या गरिएको थियो । तत्कालीन अञ्चलाधीश कार्यालयले षड्यन्त्र मूलक ढंगबाट बर्बर यातना दिँदै, स्वेच्छाचारी ढंगले साविती वयान गराएको हुनाले उहाँको जीवनहरण गरियो । जीवन को अन्तिम समयसम्म पनि उहाँ भन्दै हुनुहुन्थ्यो–“म निर्दाेष छु ।” उहाँसँगै सोही दिन कमला नदीको किनारमा ओखलढुंगा काण्डका कमाण्डर यज्ञवहादुर थापाले पनि शहादत प्राप्त गर्नु भएको थियो ।
भाइको विवाह र वमकाण्डको पृष्ठभूमिः
०३० साल फागुन २६ गते सम्पन्न हुने आफ्ना कान्छा भाई वीरेन्द्रनारायण श्रेष्ठको विवाहका निम्ति श्रेष्ठ फागुण २२ गते विवाहका सामानहरु खरिद गर्न भारतको फारवेशगञ्ज जानुभएको थियो । त्यतिखेर धनकुटा मूल घर भउका कप्तान यज्ञबहादुर थापा नेपाली कांगे्रसको राजनीतिमा सक्रिय रहँदै फारवेशगञ्जमै निर्वासित जीवन बिताइरहनु भएको थियो । श्रेष्ठको थापासित थापा धनकुटामा गुल्मपति भएर बस्दादेखि नै घनिष्ट सम्बन्ध रहेको थियो । उहाँ बेलाबेलामा व्यापारको सिलसिलामा त्यहाँ जानुहँुदा थापालाई थोरबहुत खर्चसमेत छाड्ने गर्नु हुन्थ्यो ।
फारवेशगञ्जमा भेट हुँदा कप्तान थापाले विराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिन भनी श्रेष्ठलाई दिनुभएको कागजमा पोको पारिएको डल्लो र गह्रौं चिज नै विराटनगरमा विस्फोटन भएको वम थियो । उक्त बम श्रेष्ठले विराटनगर आउँदा जाँदा बस्नु हुने तत्कालीन धरान होटल रहेको ट्राफिक चोकनेरको आफन्त गोपालनाथ श्रेष्ठको घरको भित्री कोठामा तत्कालीन नेपाल विद्यार्थी संघका सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठलाई दिनुभएपछि मात्रै उहाँले पनि थाहा पाउनु भयो कि त्यो कागजमा पोको पारिएको डल्लो र गहौं चिज नै “३६ नं. हेण्डग्रिनेड” रहेछ ।
“त्यो बम उहाँले फागुन २५ गते ल्याउनुभएको हुनसक्छ” अन्य बेला फारवेशगञ्ज आउँदा जाँदा साथमा रहनु भएका उहाँका भाई वीरेन्द्रनारायाण भन्नु हुन्छ । सो दिन चाहिँ विहेमा ऊनीको सल किन्न छुटेकोले त्यो किन्न उहाँ एक्लै भारतको फारवेशगञ्ज जानुभएको थियो ।
बम विस्फोटन, प्रहरी बयान र गिरप्mतारी ः
राजाको त्यसदिन विराटनगर सवारी भएको थियो । शहीद मैदानबाट श्री ५ को सवारी समीक्षालयतिर हुने कार्यक्रम भएको हुँदा सवारी हेर्न उहाँ र रामकृष्ण दुवै समीक्षालयतिर लाग्नु अगाडि रामकृष्णकी आमा विरामी हुनु भएकोले दुवै औषधि किन्न एक औषधि पसलमा जानुभएको
थियो । उहाँहरु अगाडि बढ्दा बढ्दै त्रिभुवन स्मारक अस्पतालको मूलद्वार अगाडि नै विहान ९ः४५ बजे बम विस्फोटन भयो । सो विस्फोटनमा दुवै जना गम्भीर घाइते हुनुभयो । अस्पतालमा उपचार गराउँदा गराउँदै रामकृष्ण श्रेष्ठको मृत्युभयो । उक्त विस्फोटनमा परी नगेन्द्र प्रसाद पराजुली नामका एक व्यक्तिको पनि घटनास्थलमै मुत्यु भएको थियो र पचासौं जना घाइते भएका थिए ।
बम विस्फोटनपछि प्रहरीले ३८ जनाभन्दा बढी व्यक्तिहरुको बयान लिएको थियो । तर बयान दिनेहरु मध्ये अधिकांशले बम विस्फोटन गराउने व्यक्ति आपूmहरुले नचिनेको बताएका थिए । प्रहरीले खासगरी बमको छिटाले घाइते भएका व्यक्तिहरुसित बयान लिएको थियो । त्यसरी बयान लिएका घाइतेहरु मध्ये भीमनारायण श्रेष्ठ पनि एक हुनुहुन्थ्यो । उहाँले अस्पतालको शैयाबाट दिनुभएको शुरुको बयानमा पड्केको आवाज मात्र सुनेको तर चीज कहाँबाट आई पड्कोको त्यो आपूmलाई थाहा नभएको बताउनु भएको थियो । बमकाण्ड भएको ३ दिनपछि उहाँलाई अस्पतालको शैयाबाटै प्रहरीले गिरफ्तार ग¥यो । त्यतिखेर कोशी अञ्चलमा दुर्लभकुमार थापा डी.आई.जी. पदमा कार्यरत थिए । घटनाको मुख्य अभियुक्त बनाउन प्रहरीले विस्फोटनका घाइतेहरु मध्ये ग्रिनेडको टुक्राले लागेर घाइते भएका एक बालकको भाँचिएर प्लास्टर गरिएको हात हल्लाइ दिएर यातना दिँदै जबरजस्ती भीमनारायण श्रेष्ठकै गोजीबाट कालो डल्लो आपूmले खसेको देखेको भन्ने बयान दिन लगाएका थिए ।     यातना र षड्यन्त्रको शिकार ः
प्रहरीद्वारा गिरफ्तार हुनुभएका भीमनारायण श्रेष्ठलाई फसाउने उद्देश्यले विस्फोटनमा परी मृत्यु हुने नगेन्द्रबहादुर पराजुलीका दाजु टंकवहादुर पराजुलीलाई घटना घटेकै दिन अपराधीको खोजतलास गर्न भनी जोहेरी दरखास्त दिन लगाइयो भने प्रहरी निरीक्षक मोहनबहादुर पाण्डेद्वारा प्रहरीका तर्फबाट प्रतिवेदन जाहेर गरियो ।
त्यसपछि सख्त घाइते श्रेष्ठलाई दिउँसो अस्पताल र राती राती स्टेचरमा बोकी डि.आई.जी. कार्यालयमा बयान गर्न लगिन थालियो । ग्रिनेडको छिटाले लागेर च्यातिएको र अपतालमा सिलाइएको पेटमा लट्ठीले घोचेर उहाँलाई डी.आई.जी. कार्यालयमा बमकाण्डसित आपूm संलग्न रहेको भनी जवरजस्ती साविती बयान गर्न लगाइयो । त्यो उहाँको लागि मृत्युपत्र हुन पुग्यो । त्यही बयानकै आधारमा घटनाको जाँचबुझ गर्न बनेको विशेष अदालत, पूर्वाञ्चल क्षेत्रीय अदालत र न्यायधीशद्वय बासुदेव शर्मा र झपटसिंह रावलको संयुक्त इजलाशमा सर्वाेच्च अदालतको डिभिजन बेञ्चले उहाँलाई घटनाको मुख्य अभियुक्त बनाई मृत्युदण्ड दिनुपर्ने पैmसला सुनाएका थिए ।
त्यतिखेर अञ्चलाधीश कार्यालयमा तयार पारिएको साविती बयानमा उहाँलाई सही गर्न लगाउनेमा जिम्मेवार पक्ष तत्कालीन निरंकुश व्यवस्था त छँदैथियो । पारिवारिक सूत्रकाअनुसार त्यस काममा कोशी अञ्चलका तत्कालीन डि.आई.जी. दूर्लभकुमार थापा निकै सक्रीय थिए । उक्त बमकाण्डको छानवीन गर्ने क्रममा श्रेष्ठलाई ३ महिनाजति जोगवनी स्थित सशस्त्र प्रहरी गणमा राखिएको थियो । उहाँको परिवारले ३ महिनासम्म उहाँलाई कहाँ लगिएको छ भन्ने जानकारी पाउन सकेन । “निक्कैपछि एक प्रहरी घरमा बुझ्न आएका थिए, उसैले भन्दा मात्र थाहा पाइयो” शहीद श्रेष्ठका पिता सूर्य नारायण श्रेष्ठ (हाल हुनुहुन्न) भन्नुहुन्थ्यो ।
अदालतमा न्याय माग्दै भीमनारायण ः
श्रेष्ठलाई तत्कालीन कोशी अञ्चलाधीश “लबराजा” भनिने वीरेन्द्रवहादुर शाहको नेतृत्व र तत्कालीन प्रहरी प्रशासनको विशेष सक्रियतामा यातना दिंदै जबरजस्ती साविती बयानको कागजमा सही गराइएपछि त्यो कागज नै उहाँको लागि मृत्युपत्र सावित भयो भन्ने ठहर पारिवारिक सूत्रको छ । उक्त साविती बयानमा उहाँलाई ०३१ साल वैशाख ९ गते सोमबार सही गराइएको थियो । र सोही साविती वयान र प्रहरी प्रतिवेदनको आधारमा घटनाको सम्बन्धमा बनेको एक सदस्यीय विशेष अदालत (मुकाम वागमति अञ्चल) ले ०३१ साल मंसिर ११ गते शुक्रबार जाहेरी फैसला ग¥यो । सो अदालतले उहाँलाई मृत्युदण्ड दिने पैmसला गरेको थियो ।
तर उक्त पैmसला उपर चित्त नबुझे पछि उहाँले क्षेत्रीय अदालत धनकुटामा पुनरावेदन गर्नुभयो । क्षेत्रीय अदालतले पनि ०३३ साल जेष्ठ १४ गते विहीबार उहाँलाई मृत्युदण्डको पैmसला सुनाएपछि श्रेष्ठ सर्वाेच्च अदालतको शरणमा न्याय् माग्नु पुग्नुभयो । तर सर्वाेच्च अदालतले पनि उहाँलाई “राजकाज (अपराध र सजाय) ऐन ०१९ को दफा २ बमोजिम मृत्युदण्ड दिने गरेको क्षेत्रीय अदातलको इन्साफ सजाय मुनासिव छ” भन्ने फैसला ०३३ साल फागुन ६ गते विहीबार ग¥यो । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सूर्यप्रसाद शर्माले अन्तिम समयम्म पनि उँहाको जीवन रक्षाका निम्ति अदालतमा बहस गर्नु भएको थियो । तर सर्वाेच्चको फैसलापछि न्यायका लागि घच्घच्याउने सबै ढोकाहरु श्रेष्ठका लागि सधैका लागि बन्द भएका थियो ।
मार्ने तयारी ः
सर्वोच्च अदालतले श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला गरेपछि पनि उहाँलाई कहिले नख्खु र कहिले सेन्ट्रल जेलमा गरी करीव साढे २३ महिना जति कडा सुरक्षाबीच जेलमा राखियो । त्यतिखेर उहाँसँगै शहादत प्राप्त गर्नुहुने कप्तान यज्ञबहादुर थापा पनि हुनुहुन्थ्यो भने झापा विद्रोहका कम्युनिष्ट नेताहरु हालको नेकपा एमाले अध्यक्ष के.पी. ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारी पनि अन्तिम समयसम्म जेलमा उहाँसंगै हुनुहुन्थ्यो । श्रेष्ठसँगै जेलमा रहनुभएका जेल जीवनका सहयात्री राधाकृष्ण मैनालीले आफनो जेल संस्मरण–“लुटिएका दुई थुंगा पूmल” मा उल्लेख गर्नु भएअनुसार ०३५ साल माघ २४ गते विहान ४ नबज्दै प्रहरी आएर सेन्ट्रल जेलको गोलघरबाट उहाँका सामानहरु सहित कप्तान यज्ञवहादुर थापा सहित छुट्टाछुट्टै प्रहरी भ्यानमा कोचेर लगेका थिए । त्यतिखेरै उहाँहरुलाई आफनो जीवन यति नै रहेछ भन्ने लागेको थियो ।
प्रहरीहरु आएर श्रेष्ठ र थापालाई बाहिर लैजानुअघि आफनो जेलयात्राका सहयात्रीहरु ओली, मैनाली र अधिकारी सित भेटी श्रेष्ठले अलिकति गम्भीर हाँसोका साथ भन्नुभएको थियो–“जीवन रहे भेट होला, नभए यति हो । बाँचेकाले क्रान्ति गर्नु, मेरो यहि खबर सबैलाई सुनाइ दिनू ।”
पारिवारिक सूत्रकाअनुसार त्यसपछि उहाँहरुलाई सैनिक कार्यालयतिर ल्याइयो । र दुवैलाई सम्मानसहित छुट्टाछुट्टै कोठामा राखी राजाको दर्शनभेट गर्न लैजाने कुरा सादा पोशाकमा आएका सैनिक अधिकृतहरुले गरेका थिए र इच्छा अनुसारको चुरोट र मासुभात खुवाएर यो पनि सोधिएको थियो, “तपाईहरु राजासित दर्शन भेट भए के बिन्ति चढाउनु हुन्छ ?” त्यसबेला पनि श्रेष्ठले आपूm पूरै निर्दाेष भएको नै बताउनुभएको थियो । त्यसबेला श्री ५ को पोखरा सवारी भएकोले त्यता लैजाने कुरा गरिए पनि त्यसो गरिएन । उहाँहरुको भ्यानलाई सिंधै पूर्वतिर लगियो । सैनिक कार्यालयमा गरिएका सबै कुरा नाटक मात्रै थियो ।     यता उहाँहरु लाई गोलीले दागेर मार्नुअघि कोशी अञ्चल अञ्चलाधीश कार्यालयबाट जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत श्रेष्ठका परिवारलाई खबर गरी परिवारका कोही एक जनालाई विराटनगर आउन बोलाइयो । तर श्रेष्ठका पिता सूर्यनारायण छिन्ताङतिर जानु भएको र छोराहरु पनि ससाना भएकाले उहाँका भाई वीरेन्द्र नारायण विराटनगरतर्फ जानु भयो । “त्यतिखेर धनकुटामा पञ्चहरुका तर्फबाट बुबालाई अब सरकारले छाड्छ भन्ने हल्ला व्यापक चलाइएको थियो” श्रेष्ठका जेठा छोरा मनोजनारायण बताउनुहुन्छ ।
यसरी अञ्चलाधीश कार्यालय बाट बोलाइएपछि बीरेन्द्रनारायण माघ २५ गते अंचलाधीश कार्यालय पुग्नु भयो । उहाँलाई त्यसदिन विहानै अंचलाधीशको निवासमा बोलाइएको थियो । त्यहाँ पुगेर आपूmलाई बोलाउनका कारणबारे खोजी गर्दा शाखा अधिकृत कृष्णप्रसाद दाहालले “आज तपाईको दाईलाई यहाँ ल्याइदैछ, उहाँलाई तपाईले बुझेर लानुपर्छ” भन्दै अल्मल्याएर राखे । “प्लेनमा आउँछ, बसमा आउँछ भन्दै अल्मल्याएर राखिसकेपछि मलाई भोली १० बजे विहान आउन भनियो” वीरेन्द्रनारायण बताउनुहुन्छ ।
अञ्चलाधीश कार्यालयले बोलाए अनुसार आप्mना दाजुसित भेट गर्ने आशा बोकेर भोलिपल्ट ठीक १० बजे नै वीरेन्द्रनारायण अंचलाधीश कार्यालय पुग्नु भयो । त्यसदिन पनि उहाँलाई अल्मल्याएर राखिएपछि दिउँसो ४ बजेतिर कार्यालयका तर्फबाट उहाँलाई भनियो–“तपाईको दाई यहाँ नआउने हुनुभयो, तपाई पनि जानुपर्छ ।”
“त्यसपछि त्यहाँ अनौठो किसिमको वातावरण सिर्जना हुन थाल्यो”  वीरेन्द्र नारायण भन्नु हुन्छ । उहाँकाअनुसार त्यहाँ गाडी खोज्ने काम तदरुकताका साथ शुरु भयो । कार्यालयभित्र अरु कसैलाई पनि छिर्न दिइन
छाडियो ।
यसरी अनिष्टको कालो छायाँ आपूm वरिपरी ओहोरदोहोर गर्न थालेपछि वीरेन्द्रनारायण निक्कै भयभित हुनुभयो । “जाडो छ, म सुइटर लगाएर आउँछु” भनी उहाँ त्यहाँबाट भाग्नुभयो । त्यहाँबाट हिडिसकेपछि विराटनगरमै रहनु भएका उहाँका नातामा दाई पर्नु हुने ईश्वरवहादुर श्रेष्ठलाई भेटेर उहाँले अञ्चलाधीश कार्यालय भित्रको वातावरणबारे जानकारी दिनुभयो । त्यसपछि ईश्वरवहादुरले “तिमी लुगा फेरेर आऊ म दाहालजी (शाखा अधिकृत) लाई भेटेर सोध्छु
भन्नुभयो । उहाँ अञ्चलाधीश कार्यालय पुग्दा ईश्वरलाई कार्यालयका तर्फबाट जनसम्पर्क अधिकारीले भनेको वाक्यांश यस्तो थियो–“म तपाईको भाईलाई चाहिँ जस्तो लिएर गएको छु, त्यस्तै फर्काइदिन्छु ।”
मारिएको जानकारी ः
अञ्चलाधीश कार्यालयको वातावरणबाट भयभित भएर वीरेन्द्र नारायणले सरकारी कर्मचारीहरु लाई छिटो जाउँ भन्न थाल्नुयो । “साँझ ५ बजेसम्म अल्मल्याएर राखिसकेपछि मलाई झन डर लाग्यो” उहाँ भन्नुहुन्छ । साँझको ५ बजेपछिमात्र गाडी कोशी व्यारेजतर्फ लाग्यो । बाटामा पेट्रोल भर्ने क्रममा उहाँले एकजना प्रभु नामका साथीलाई भेट्दा दिउँसोको सम्पूर्ण वातावरण र घटनाबारे जानकारी दिँदै भन्नुभयो–“यिनीहरुले मलाई कहाँ लाँदैछन् थाहाँ छैन, म फर्किन्छु कि फर्किन्न मलाई नै थाहा छैन । केही गरेर भोली म फर्किन भने तपाईहरुले मलाई खोज्नु होला है ।”
त्यसपछि उहाँहरु चढ्नु भएको गाडी (रसियन जीप) सुनसरी जिल्लाको सदरमुकाम इनरुवा पुगेपछि त्यहाँका तत्कालीन प्रमुख जिल्ला अधिकारी भगवान सिंहसित भेट हुँदा उहाँहरुले नास्ता पनि खाइसक्नु भएको थियो । “गाडी कोशी व्यारेजमा पुग्दा तपाईको दाईलाई यही ल्याउँछन् । बरु एकछिन तास खेलेर बसौं भनेपछि तास खेल्न थालियो” घटनाको विवरण सुनाउँदै वीरेन्द्रनारायण भन्नुहुन्छ । राती साढे ९ बजेतिर एक व्यक्ति आएर प्रजिअ सिंहलाई लिएर त्यहाँबाट हिंड्यो । सिंह त्यहाँबाट बाटो लागिसकेपछि खाना खादै गर्दा एक सरकारी अधिकृतले वीरेन्द्रनारायणलाई भने–“कुरा सुन्नुभएको छ होला नि !” के कुरा भनी सोध्दा ती अधिकृतले भने–“भुट्टोलाई के भयो थाहा छ ?” त्यसको जवाफ दिँदै उहाँले भन्नुभयो–“भुट्टोको कुरा पनि मलाई थाहाँ छ, अनि इरानको शाहको कुरा पनि मलाई थाहा छ ।” स्मरणीय छ, इरानका शाह छाडी भागेका थिए त्यतिखेर ।
“यो वार्तालापपछि मलाई ठूलो शंका भयो र मैले त्यहाँबाट भाग्ने निर्णय गरें” उहाँ भन्नुहन्छ । तर, उहाँ पान किन्ने निहुँले कोशी व्यारेजदेखि सय पाइला जति दक्षिण हिडिसकेपछि अर्काको देशमा मर्नुभन्दा आप्mनै देशमा मर्नु वेश भनी फर्कनु भयो । त्यहाँ निक्कैबेर बसिसकेपछि एकजना सरकारी व्यक्तिले इशाराले संकेत ग¥यो । एक अधिकारीले भन्यो–“तपाईको दाईलाई टप्पु लगिसकिएछ, अब उतै जानु पर्छ ।” तर उहाँले मान्नुभएन र आपूm टप्पु नजाने बताएपछि सरकारी अधिकृतहरुले भने–“कमसेकम आफनो दाजुलाई त भेट्नोस् ।” निक्कै बेरको विवादपछि उहाँ त्यहाँबाट टप्पु जाने हुनुभयो । त्यसबीचमा “दाजुलाई नभेटेको कति भयो ? तपाई आज दाजुलाई टप्पुमा भेट्नु हुन्छ तर उहाँसँगै कुरा चाँहि गर्न सक्नु हुन्न” भनी सरकारी अधिकृतहरुले भनिसक्दा उहाँको मनमा चिसो पसिसकेको थियो । त्यतिखेरै ती अधिकृतहरुले सोधे–“तपाईको दाजुले के पाए थाहा छ ?” उहाँले भन्नुभयो–मृत्युदण्ड पाएको छ ।” त्यतिखेर अघिसम्म उनीहरुले भाईलाई दाईलाई मृत्युदण्ड दिएको सुनाएको थिएन ।
लाशबारे विवाद ः
“दाजुलाई मृत्युदण्ड भइसकेको हो भने मलाई लाश जिम्मा
दिनुस् । मैले उनीहरुसित भने” वीरेन्द्रनारायण बताउनु हुन्छ । तर, सरकारी पक्षले लाश जिम्मा दिन नमिल्ने बताए । वीरेन्द्रनारायण लाश आफूलाई जिम्मा दिनै पर्ने यो कुरामा अडिग रहनुभयो । त्यतिखेर दाजुको लाश आपूmले पाउनैपर्ने जिकिर गर्दै उहाँले भन्नुभएको थियो–“मेरो दाजुले मृत्युदण्ड मात्रै माएको हो । तर लाशै गायव गर्ने गरी सजाय त पाएको होइन नि !” यो विवाद हुँदाहुदै गाडी वधस्थलमा पुग्यो । र सरकारी पक्षले उहाँलाई लाश बुझ्नभन्दा “यदि आपूmलाई लाश जिम्मा नदिने हो भने लाश नबुझ्ने” जिकिर गर्दै गाडीमै बस्नुभयो । उहाँ गाडीबाट उठ्दै नउठेपछि संगीन धारी बन्दुक बोकेको प्रहरीहरुले उहाँलाई घेरेर लाश बुझ्न बाध्य बनाए । यतिखेरसम्ममा राती १ बजेको थियो भने प्रहरी अधिकृत भीष्मजंग थापाको नेतृत्वमा थिए ।
उहाँलाई दाईको लाश बुझाउँदा लाशलाई सेतो कपडाले ढाकेर चितामा राखिएको थियो । उहाँको लाश बुझि सकेपछि लाश नजिकै पुग्दा एक प्रहरीले मुखको कपडा उठाए । लाश हेरिसकेपछि उहाँले दाजुको अनुहार अन्तिमपटक छाम्नु भयो । “त्यतिखेर लाश आलै थियो । र मध्यरातमा गोली हानी मारिएको हुनुपर्छ” वीरेन्द्रनारायण अनुमान गर्नुहुन्छ । सरकारी पक्षले दाजुको लाशलाई दागवत्ति दिनभन्दा उहाँले आफनो बाबुआमा जीवितै रहेका कारण संस्करणअनुसार दागवत्ति दिन नसक्ने बताउनुभयो । “बरु उहाँका छोराहरु छन्, श्रीमती हुनुहुन्छ, उनीहरुले नै दागवत्ति दिन्छन्, लाश मलाई जिम्मा दिनुस् भन्दा लाश दिनै मानेनन्” उहाँ भन्नुहुन्छ । फेरि लाश बारे लामो विवाद चल्दा उहाँको केही सीप लागेन र एक ब्राम्हण जातका प्रहरीले शहीद भीमनारायण श्रेष्ठको चितामा दागवत्ति दिए र उहाँलाई विहान इनरुवा लगियो र सामान बुझ्न भनियो । तर सामान बुझ्दा श्रेष्ठले जेलमा लेख्नु भएका कविताहरुलगायत उहाँको हस्तालिखित सामग्रीहरु केहीपनि फिर्ता दिइएन । श्रेष्ठले उधारो खानुभएको ३ सय ६२ रुपैया बाँकी छभनी सरकारी अधिकृतहरुले भन्दा त्यो रकम उहाँले प्रहरी अधिकृत भीष्मजंग थापालाई दिनु भयो ।
बधस्थलमा को थिए ?
पञ्चायती निरंकुशतन्त्रद्वारा षड्यन्त्रमूलक ढंगले मृत्युदण्ड पाउनुभएका शहीद श्रेष्ठको बधस्थलमा शहीदका भाई वीरेन्द्र नारायण बाहेक सुनसरीका प्रजिअ भगवान सिंह, विराटनगरबाट आएका अञ्चलाधीश कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद दाहाल, लिला नामका जनसम्पर्क अधिकारी, काठमाडौंबाट आएका प्रहरी अधिकृत भीष्मजंग थापा लगायत केही संख्यामा प्रहरीहरु थिए । त्यतिखेर पानी परिरहेकोले असाध्यै जाडो भएको वीरेन्द्रनारायण बताउनु हुन्छ । शहीद श्रेष्ठको बधस्थलमा ३÷४ वटा पेट्रोमेक्सको व्यवस्था गरिएको थियो ।
शहीदको छातीमा गोली हान्ने व्यक्तिः
सर्वाेच्च अदालतले श्रेष्ठलाई मृत्युदण्डको पैmसला गरेको थियो । उक्त फैसला एक सदस्यीय विशेष अदालत, पूर्वाञ्चल क्षेत्रीय अदालत हुँदै सर्वाेच्चले समेत पुरानै फैसला लाई निरन्तरता दिएको थियो र ती अदालतहरुले अञ्चलाधीश कार्यालय र डी.आई.जी. कार्यालय को सावितीवयान र प्रहरी प्रतिवेदन को आधारमा त्यसैलाई मुख्य प्रमाण बनाई फैसला गरेको देखिन्छ ।
भीमनारायण बमकाण्डमा संलग्नता रहेको थियो भनी सम्पूर्ण कागजात तयार गर्ने प्रशासन एवं प्रहरी अधिकृतका रुपमा चर्चित तत्कालीन अञ्चलाधीश वीरेन्द्रबहादुर शाह र डी.आई.जी. दूर्लभकुमार थापा यो लेख तयार पार्दा त्यस सम्बन्धमा केही बताउन चाहेनन् । समयान्तरमा प्रहरी महानिरीक्षकको पदमा पुग्नुभएका थापा र तत्कालीन अञ्चलाधीश शाहसँग पटक–पटक टेलिफोन सम्पर्क हुँदा पनि सम्बन्धित विषयमा कुराकानी गर्न उहाँहरुले इन्कार गर्नुभयो । लगनखेल, ललितपुर र बागबजार काठमाण्डौमा अवकाशको जीवन विताइरहनु भएका थापा र शाहले किन कुराकानीसमेत गर्न चाहनु भएन ? योभने एउटा अर्थपूर्ण प्रश्न खडा हुन पुगेको छ ।
बमकाण्डताका प्रकाशित नयाँ सन्देश दैनिकमा तत्कालीन विराटनगरका प्रधानपंच लिलामान सिंहले विस्फोटनबारे वास्तविक कुरा पत्ता लगाउन पञ्चहरु सक्रिय भएको कुरा बताउनुभएको समाचार “बमकाण्डका अपराधी पनि वेपत्ता” शीर्षकमा प्रकाशित भएको थियो । यस सम्बन्धमा उहाँसित जिज्ञासा राख्दा उहाँले भन्नुभयो–“त्यसबेला सबै काम प्रशासनको तहबाट भएको थियो । हामी खास सक्रिय हुन जरुरी थिएन ।” कोशी नदीको किनारमा मधुवनी र राजावासदेखि दक्षिणको टप्पुमा श्रेष्ठलाई गोली हानी हत्या गर्दा प्रशासनका तर्फबाट सुनसरीका प्रजिअ भगवान सिंह नै सबैभन्दा ठूलो पदका जिम्मेवार व्यक्तिको रुपमा सक्रिय हुनुहुन्थ्यो भने त्यसबेला कोशी अञ्चलमा अञ्चलाधीश सुरेन्द्रबहादुर श्रेष्ठ र डीआईजी मोहनबहादुर कार्की कार्यरत थिए । आफनो दाजुलाई गोली हान्ने व्यक्ति को हो ? भनी शहीदका भाई वीरेन्द्र नारायणले पुरानो चिनजानको व्यक्ति भएका हुँदा बेलाबेलामा भेट हुँदा प्रहरी अधिकृत भीष्मजंग थापालाई सोध्दा थापाले बताउन नमानेको उहाँ बताउनुहुन्छ ।
तर घटनाको दुई वर्षपछि अर्थात ०३७ साल फागुनको कुनै एकदिन वीरेन्द्रनारायण काठमाण्डौ पुग्नुहुँदा आप्mना एक साथीमार्फत् उहाँले खबर पाउनुहुन्छ – उहाँलाई भारतीय राजदुत भेट्न चाहन्छ । उक्त खबरपछि उहाँ राजदुतावास पुग्नुहुँदा तत्कालीन प्रथम सचिवले उहाँलाई दाजुको हत्याबारे धेरै कुरा सोधिसकेपछि यो पनि सोधे–“त्यसबेला गोली हान्ने व्यक्ति को हो, तपाईलाई थाहा छ ?” उहाँले आपूmलाई थाहा नभएको बताउनु भएपछि प्रथम सचिवले उहाँको धेरै दिनको जिज्ञासा मेटाउँदै जवाफ दिएका थिए–“त्यो गोली चलाउने व्यक्ति प्रहरी हो, नाम चाहिँ इन्द्रबहादुर थापामगर ।”          सत्यतथ्य गर्भमै सीमितः
देशमा प्रजातन्त्र पुनस्र्थापना भएको  अढाईदशक वितिसक्दा पनि त्यही प्रजातन्त्रका लागि आफनो जीवनको आहुति दिनु हुने शहीद भीमनारायण श्रेष्ठको हत्याका सम्बन्धमा सरकारले सत्यतथ्य विवरण सार्वजनिक गर्न सकेको छैन । “अहिलेसम्म हामीलाई यस सम्बन्धमा पार्टीको तहबाट र सरकारका तर्फबाट कुनै प्रकारको जानकारी दिइएको छैन” शहीदका कान्छा छोरा (हाल नेपाली कांग्रेस धनकुटाका सभापति तथा सांसद्) मनोहरनारायण श्रेष्ठ बताउनुहुन्छ । ०३० चैत ३ गते शनिबार विहान पौने दश बजे त्रिभुवन स्मारक अस्पतालको मूलद्वार अगाडि विस्फोट भएको सो बमकाण्ड, भीमनारायण श्रेष्ठलाई लागेको अभियोग र उहाँका परिवारले पत्रपत्रिका पढेर र अरुले भनेको सूचनाको आधारमा थाहा पाएको थियो । त्यसबेला श्रेष्ठका दुई छोरा र दुईछोरीहरु बाल्यावस्थामै थिए ।
निष्कर्ष ः
भीमनारायण श्रेष्ठलाई उक्त बम राजालाई नै ताकेर हानेको अभियोग लगाइएको थियो । तर, उक्त बम राजा भएतिर नभई कोशी अञ्चल अस्पतालमा पड्केको थियो । बम नेविसंघका सक्रिय कार्यकर्ता रामकृष्ण श्रेष्ठले बोक्नु भएको थियो भन्ने अनुमान मात्रै गर्न सकिन्छ । राजातिर उक्त बम नपड्केको र अन्यन्त्रै पड्केको घटनाले उहाँले गाथगद्दी नै ताकेर बम हानेको जुन अभियोग लगाईएको छ त्यो अभियोग नै गलत रहेको देखिन्छ ।
यदि उक्त बम त्यसरी पड्काइए पनि सो बम नेपाली कांग्रेसले संचालन गरेको सशस्त्र आन्दोलन कै एउटा हिस्सा थियो । तर हतियार उठाउने काममा नेतृत्व प्रदान गर्ने नेपाली कांग्रेसका तत्कालीन सभापति वीपी कोइरालाले भीमनारायण र यज्ञवहादुर थापा सेन्ट्रल जेलको गोलघरमा कैदी हुँदाको अवस्थामा नै राष्ट्रिय मेल मिलापको नारा दिनुभएको हुनाले कांग्रेसका तत्कालीन शीर्षस्थ नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरु कारावासबाट धमाधम छुट्दै हुनुहुन्थ्यो । नेतृत्व पंक्तिलाई राजाबाट धमाधम माफी दिने काम भइरहेको बेला श्रेष्ठ र अर्का धनकुेली थापालाई फाँसी दिने निष्कर्षमा तत्कालीन व्यवस्था पुगेको थियो । त्यसबेला पार्टीको नेतृत्व तहबाट श्रेष्ठ र थापाको जीवन रक्षाका बारेमा के कस्ता आन्तरिक र बाह्य प्रयासहरु भएका थिए ? यसको जवाफ कांग्रेसलेमात्र दिनसक्छ । तर, त्यसबेला सशस्त्र आन्दोलनको आह्वान गर्ने नेतालाई माफी दिइएको थियो भने त्यही आह्वान अनुसार हतियार उठाउनेलाई चाँहि मृत्युदण्ड ! २०३५ साल माघ २६ गते धनकुटाले दुई जना सपुत गुमाउन प¥यो ।
यसैगरी सो बमकाण्डमा सक्रीय रहेका अर्का धनकुटेली वीर सपुत रामकृष्ण श्रेष्ठका बारेमा सरकार तथा पार्टी मौन देखिन्छ । शहीद भीमनारायण श्रेष्ठका नाममा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको पहलमा शुरु गरिएको शहील भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता हालसम्म पनि सञ्चालित छ । साथै सो निर्वाचित वडा समिति रहुञ्जेल शहीदको नाममा स्थानीय धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा छात्रबृतिको व्यवस्थासमेत मिलाएको थियो ।  यसरी केहि हदसम्म भएपनि श्रेष्ठका स्थानीय स्तरमै सम्मान गरिएको देखिएपनि रामकृष्ण श्रेष्ठ भने गुमनाम भएको छ ।
(रामकृष्ण श्रेष्ठले शहादत प्राप्त गर्नुभएको दिन चैत्र ३ गते कम्तिमा पनि नेपाली कांग्रेस धनकुटाले स्मृति दिवसका रुपमा मनाएर सम्मान गर्नु आवश्यक छ । सकिन्छ भने श्रेष्ठको टोल हुलाकटोलस्थित चार चौतारालाई शहीद रामकृष्ण चौक नामाकरण गरी सम्मान गरियोस् । – सम्पाद

यस खबरमा तपाईंको प्रतिकृया