kchhakhabar.com

गृहपृष्ठ खबर ‘मनले चाहेको पुर्याउने मैतीदेवी मन्दिर’

‘मनले चाहेको पुर्याउने मैतीदेवी मन्दिर’

इटहरी, error गते

डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।

मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । वर्षौंदेखि मन्दिरमा बिहान तथा साँझ पूजा एवम् भजनकीर्तन हुँदै आएको छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।

पुस्तौँदेखि पूजा गर्दै आएका मुख्य पुजारी तीर्थज्योति वज्राचार्य दैनिक सयौँ भक्तजन मन्दिरको दर्शन गर्न आउने भएकाले पूजाको व्यवस्थापन गर्न चुनौती हुने गरेको बताउनुहुन्छ । आफ्ना पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिने र जनताको सेवा गर्ने सुवसर पाएकामा आफू भाग्यमानी रहेको उहाँको भनाइ छ । उहाँका पाँच पुस्ताले एक सय २० वर्षदेखि पूजा चलाउँदै आएका छन् ।

यस खबरमा तपाईंको प्रतिकृया