kchhakhabar.com

गृहपृष्ठ रोचक/अनौठा खबर बहिनीलाई यसरी घिसार्दै घर लिएर गए २ दाजुले, यस्तो छ कारण

बहिनीलाई यसरी घिसार्दै घर लिएर गए २ दाजुले, यस्तो छ कारण

इटहरी, error गते

एजेन्सी । २ दाजुले आफ्नी बहिनीलाई रेलवे ट्र्याकबाट घिसार्दै लिएर गएको घटना पछिल्लो समय निकै चर्चामा छ । ती दाजुले यस्तो किन गरे भन्ने प्रश्नले सामाजिक संजालमा बहसको सृजना गरेको छ।

घरबाट भागेर आत्महत्याका लागि रेलको ट्र्याकमा पुगेकी युवतीलाई बचाउन उनले त्यस्तो गरेको बताएका छन्। आत्महत्या गर्न भनेर ती युवती घरबाट भागेर रेलको ट्र्याकमा पुगेकी थिइन्। उक्त जानकारी पाउनासाथ युवतीका दाजु दौडिदै बहिनी भएको ठाउँ पुगे। उनले बहिनीलाई घर फर्किन धेरै सम्झाए। तर बहिनीले नमानेपछि दुबै हात समातेर घिसार्दै घर पुर्याएका छन्।

यो घटना भारतको यूपी स्थित एक गाउँको हो। बहिनीलाई घिसार्दै गरेको देखेपछि आसपासका मानिस त्यहाँ पुगेका थिए। युवतीकी आमाका अनुसार युवतीको मानसिक अवस्था ठिक छैन्। उनको उपचार भइरहेको छ। सबै जना उनलाई लिन पुगेपनि उनी घर फर्किन तयारै नभएपछि दाजुले घिसार्दै उनको ज्यान बचाएका हुन्।

यस खबरमा तपाईंको प्रतिकृया