kchhakhabar.com

गृहपृष्ठ राष्ट्रिय खबर नेपाल आइडलको कन्सर्टमा युवतीलाई पुरुष सुरक्षाकर्मीले हात लगाएपछि… (भिडियो)

नेपाल आइडलको कन्सर्टमा युवतीलाई पुरुष सुरक्षाकर्मीले हात लगाएपछि… (भिडियो)

इटहरी, error गते

काठमाडौं। शनिबार दिउँसो राजधानीको टुँडिखेलमा भएको नेपाल आइडल फाइनलिस्टको कन्सर्टमा फ्यानहरुको चाप थामिनसक्नुको थियो । अत्याधिक भीडभाड भएका कारण सुरक्षाकर्मीलाई दर्शक सम्हाल्नै मुस्किल थियो । भीड बढी र अत्याधिक दौडधुप भएपछि दर्शकहरुमा स्वास्थ्य समस्या देखियो ।
फ्यानहरुको क्रेज यतिसम्म थियो कि केही फ्यानहरु बेहोस भएर मैदानमै ढले । सुरक्षाकर्मीहरु सीमित भएका कारण यसरी बेहोस भएकालाई सम्हाल्न निकै समस्या भएको थियो । पहिल्यै सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा यस्तो समस्या आएको देखियो । कन्सर्टमा आएका युवतीहरु बेहोस भएर ढल्दा त्यहाँ स्ट्याण्डबाइ अवस्थामा महिला सुरक्षाकर्मी नभएपछि ती युवतीलाई पुरुष सुरक्षाकर्मीले नै उठाएर बाहिर लैजानु परेको थियो । सामान्यतया महिलालाई हात नै लगाउनुपर्दा महिला सुरक्षाकर्मी चाहिने हो तर महिला सुरक्षाकर्मी तत्काल उपलब्ध नहुँदा समस्या भयो । भीडभाडमा बेहोस भएकालाई बचाउनु नै थियो त्यसकारण पुरुष सुरक्षाकर्मीले नै उनीहरुलाई बचाउनु परेको थियो ।
भिडियो हेर्नुहोस् –

यस खबरमा तपाईंको प्रतिकृया