१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

जिम्मेवार कर्मचारी झन् गैरजिम्मेवार !

काठमाडौँ – समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको मृत्यु प्रकरणका विषयमा गठित सिभिल अस्पतालको छानबिन समितिमाथि आशंका बढेको छ । नेपाल पत्रकार महासंघ, क्रियाशील दलित पत्रकार संघ, श्रमजिवि पत्रकार संघ नेपालले गरेको आन्तरिक अनुसन्धानका क्रममा सिभिल अस्पतालले चार घण्टासम्म आर्थिक कारण देखाउँदै उपचारमा लापरबाही गर्दा पत्रकार एलबीको मृत्यु भएको बताएका छन् ।

चौतर्फी दबाब र आलोचनापछि सिभिल अस्पतालले ढिलो गरि छानबिन समिति गठन गरेको छ । तर छानबिन समितिले वास्तविकता बाहिर ल्याउनेभन्दा ढाकछोप गर्नतिर लागेको पत्रकार एलबीको न्यायका लागि लागेका पत्रकारको आरोप छ ।

सिभिलले अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले छानबिन समेत अघि बढाएको छ ।

तर अस्पतालका निर्देशक विधाननिधि पौडेलले वास्तविकता बाहिर ल्याउनेभन्दा पत्रकार एलबीको न्यायका लागि लडिरहेका पत्रकारसँग झुटो बोल्दै पन्छिन थालेको पत्रकार जन्मदेव जैसीले बताए । उनका अनुसार आफू कोभिड संक्रमित भएको भनेर घरमै बसेको भन्दै धनगढी पुगेर स्वास्थ्य शिविरमा सरिक भएको पाइएको उनले बताए ।

‘हामीले सुरुदेखि नै सिभिल अस्पताल प्रशासनलाई दबाब दिंदै निष्पक्ष छानविनसहित दोषीलाई कारबाही र मृतकलाई क्षतिपूर्ति एवं हस्पिटलमा नीतिगत रुपमा सुधारको माग उठाउँदै आएका छौं,’ श्रमजिवि पत्रकार संघका अध्यक्ष समेत रहेका पत्रकार जैसीले इकागजसँग भने, ‘तर अस्पतालका निर्देशक विधाननिधि पौडेल आइसोलेसनमा छु भन्दै अस्पताल नआई सामान्य प्रशासनको अस्पताल सञ्चालनका लागि बनाएको निर्देशिका विपरित धनगढीस्थित कैलाली अस्पतालमा शिविर चलाएर बसेको देखियो ।’

सिभिल अस्पतालकै छानबिन समितिले पनि अनुसन्धानका क्रममा अस्पतालका निर्देशक पौडेलसँग सोधपुछ गर्ने तयारी छ । तर उनले यस विषयमा गैरजिम्मेवार जवाफ दिँदै आएको पत्रकार जैसीको भनाइ छ ।

जिम्मेवार कर्मचारीकै गैरजिम्मेवार जवाफ

पत्रकार एलबी विश्वकर्माको उपचारमा गम्भीर लापरबाही भएर ज्यान गुमाउने अवस्थामा पुर्याउने सिभिल अस्पतालसँग सोधपुछ गर्न घटना भएकै भोलिपल्ट नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत अस्पताल प्रशासनमा पुगेका थिए ।

सिभिल अस्पतालका प्रशासन प्रमुख अनुजजंग रायमाझीसँग अध्यक्ष बस्नेतले पटक पटक छानबिन कहिले गर्ने ? अस्पतालको लापरबाही दोहोरिरहेको छ ? अब पनि नसुधार्ने किन ? भन्दै प्रश्न गरिरहेका थिए । तर सिभिल अस्पतालका प्रमुख रायमाझीले उनै निर्देशक पौडेललाई देखाएर जवाफ दिन छाडेर पन्छिरहे ।

त्यतिबेला पौडेललाई कोरोना संक्रमण भएर अस्पतालमा नआएकाले तत्काल छानबिन हुन नसक्ने उनको जवाफ थियो । तर चौतर्फी आलोचना र दबाब बढेपछि रायमाझी छानबिन समिति गठन गर्न बाध्य भए । समिति गठन गरेपनि पत्रकार महासंघ लगायत संघ संस्थाले अस्पतालको लापरबाहीबारे तथ्य बाहिर ल्याएपछि सिभिल प्रशासन तनावमा परेको छ ।

‘सिभिल अस्पतालको लापरबाही कँही कतै छिपेको छैन,’ पत्रकार जैसीले भने, ‘यसैका विषयमा हामीले जिम्मेवार कर्मचारीसँग निरन्तर भेटघाट गर्ने, घटनाबारे बुझ्ने, सत्यतथ्य बाहिर ल्याउन छानबिन समितिलाई सहयोग गर्नुपर्छ भन्दा उल्टै गैरजिम्मेवार जवाफ र कमजोरी ढाकछोप गर्ने प्रयास गरिदैँछ । यसका विरुद्ध हामी आइतबारदेखि धर्नाको कार्यक्रम गर्दैछौ ।’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सिभिल अस्पतालका निर्देशक पौडेल सम्पर्कमा आउन चाहेनन् । सिभिल अस्पताल प्रमुख रायमाझीले भने यसबारे जवाफ दिन इन्कार गरे ।

‘तपाईहरु एउटै विषयलाई कति तन्काइरहेको हो भन्या,’ उनले इकागजसँग भने, ‘हामीले छानबिन गरिरहेका छौँ भनिरहेका छौँ त । अब के गर्नुपर्ने हो ?’ त्यसपछि उनले फोन काटेका थिए । त्यसपछि पटक पटक सम्पर्क प्रयास गर्दा पनि निर्देशक पौडेल र प्रशासन प्रमुख रायमाझी सम्पर्कमा आएनन् ।

श्रमजिवि पत्रकार संघले आइतबारदेखि सिभिल अस्पतालमा पत्रकार एलबीको मृत्यु प्र्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै धर्ना दिने जनाएको छ । यसअघि पनि पटक पटक लापरबाही गरिरहेको सिभिल अस्पतालले पत्रकार एलबीको उपचारमा गरेको लापरबाही ढाकछोप गर्ने प्रयास गरेको आरोप पत्रकार संघ सस्थाको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]