१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश १‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। तराईका भू–भागमा भने हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसमविद सजिना शाक्यले जानकारी दिइन्।

यस्तै‚ राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बांकी भू–भागहरुमा आंशिक बदली रहनेछ। उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद शाक्यले जानकारी दिइन्।

आइतबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]