kchhakhabar.com

गृहपृष्ठ राष्ट्रिय खबर नेपालमा राजनीतिक क्रान्ति पुगेको छैन– अध्यक्ष बैद्य

नेपालमा राजनीतिक क्रान्ति पुगेको छैन– अध्यक्ष बैद्य

इटहरी, error गते

बुटवल– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको र अब आर्थिक क्रान्तिको मात्र आवस्यकता रहेको भन्ने बिभिन्न राजनीतिक दलका नेताहरूको अभिव्यक्तिको प्रतिवाद गरेका छन् ।
१० बर्षे जनयुद्ध र २०६२÷०६३ को आन्दोलनबाट मुलुकमा आंशिक रूपमा परिवर्तन आए पनि नेपाली जनताले चाहेको जस्तो परिवर्तन नआएकोले नेपालमा अझै राजनीतिक क्रान्तिको आवस्यकता रहेको बताए ।
क्रान्तिकारी पत्रकार महासंघ रूपन्देहीद्धारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले आफ्नो पार्टी राजनीतिक क्रान्तिको तयारीको चरणमा रहेको बताए ।
आफ्नो पार्टी क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरूबिच एकता गरेर मुलुकमा रूपान्तरण सहितको आमुल परिवर्ननको पक्षमा रहेको भन्दै उनले ति शक्तिहरूबिच एकताबारे छलफल भैरहेको जानकारी दिए ।
बिप्लव नेतृत्वको नेकपा र मोहन बिक्रम सिंहसँग पार्टी एकताको बिषयमा छलफल भैरहेको भन्दै उनले माओवादी केन्द्रसँग भने एकता नहुने बताए ।
क्रान्तिकारी र परिवर्तनकारी तथा बिचार मिल्ने राजनीतिक दलहरूसँग मात्रै एकता हुनसक्ने भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताबारे भ्रम फैलाएको आरोप लगाए ।
एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट नभएको र कम्युनिष्ट भएको नाटक गर्न भने सिपालु रहेको टिप्पणि गरे ।
उनले नेकपा क्रान्तिकारी माओवादी र नेकपासँग होइन नेपाली कांग्रेससँग पार्टी एकता गर्न माओवादी केन्द्रलाई सुझाव दिए ।
नेपालको राष्ट्रियता थप संकटमा पर्दै गैरहेको र आम नेपाली जनताहरूको जनजिबिको समस्या समेत बढेर गएको भन्दै बैद्यले जसका कारण पनि नेपालमा राजनीतिक क्रान्तिको वातावरण बन्दै गएको उल्लेख गरे ।
नेपालका बामपन्थि शक्तिहरू बिकेको टिप्पणि गर्दै उनले नेपालमा बामपन्थिको आवरणमा राजनीति गर्ने शक्ति ठुलो भए पनि क्रान्तिकारी र सच्चा कम्युनिष्ट पार्टी शक्ति कमजोर भएकोले आफुहरूले देशभक्त र सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीबिच धु्रबिकरण र एकताको कुरामा जोड दिएको बताए ।
नेपालमा परिवर्तन भयो कि भएन,के कस्तो परिवर्तन भयो,कस्तो किसिमको परिवर्तन आवस्यक छ र त्यस्तो किसिमको परिवर्तनकालागि कस्तो किसिमको क्रान्ति आवस्यक छ ? भन्ने बिषयमा व्यापक बहस हुन जरुरी रहेको भन्दै उनले आगामि असोज २१ गतेदेखी पोखरामा हुने पार्टीको राष्ट्रिय सम्मेलनमा त्यस बिषयमा गहन छलफल गरेर राजनीतिक क्रान्तिको कार्यदिशा तय गर्ने जानकारी दिए ।
उनले आफ्नो पार्टी सबै राजनीतिक पार्टीहरूमा रहेका देशभक्त,परिवर्तनकारी र क्रान्तिकारीहरूलाई गोलवद्ध गरेर नेतृत्वको गद्धारीका कारण अपुरो र अधुरो रहेको राजनीतिक क्रान्तिको कार्यभार पुरा गर्न आत्मालोचना सहित पुन ः जनतामा जाने बताए ।
दोस्रो संबिधानसभा निर्वाचन बहिस्कार गरेर स्थानिय तहको निर्वाचनमा सहभागिता जनाएको र आगामि प्रदेश र संघको निर्वाचनमा सहभागिता बारे पत्रकारहरूको जिज्ञासामा उनले नेपालमा कम्युनिष्ट पार्टीले चुनावलाई बहिस्कार र उपयोग दुबै गर्दै आएको स्मरण गराउदै आगामि निर्वाचनमा सहभागि हुने नहुनेबारे पार्टीले अझै निर्णय गरिनसकेको जानकारी दिए ।
क्रान्तिकारी पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष टेकबहादुर मास्की रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य रामसिं श्रीस,पार्टीका प्रवक्ता हरिभक्त कंडेल, पाँच नं. प्रदेश संयोजक प्रेम सुवेदी,केन्द्रीय सदस्य पिताम्बर आचार्य लगायतका नेपाहरूको समेत सहभागिता रहेको थियो ।

यस खबरमा तपाईंको प्रतिकृया