kchhakhabar.com

गृहपृष्ठ राष्ट्रिय खबर आर के स्टूडियोमा भिषण आगलागी, ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त

आर के स्टूडियोमा भिषण आगलागी, ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त

इटहरी, error गते

शनिबार मुम्बइको चर्चित आरके स्टूडियोमा आगो लागेको छ । आगोका कारण टीभी रियालिटी शो ‘सुपर डान्स सिजन २’को सेट जलेर ध्वस्त भएको छ । यो स्टूडियोलाइ बलिउड नायक राज कपुरले सन् १९४८ मा मुम्बइको चेम्बुरमा स्थापना गरेका थिए ।

यो घटनामा कोही पनि व्यक्ति घाइते भएको खबर छैन । आगो निभाउनका लागि ६ वटा दमकल आरे के स्टूडियोमा पुगेका थिए । यो स्टूडियोमा ‘सुपर डान्स सिजन २’को केही भाग छायांकन गरिएको थियो । शनिबार भने कुनै पनि सुटिङ थिएन ।

सोनी टेलिभिजनमा सेप्टेम्बर ३० तारिखबाट यो शो प्रशारण हुँदैछ । घटनापछि ऋषि कपुरले ट्विट गर्दै दुःख व्यक्त गरेका थिए । उनले लेखेका छन्(‘एउटा स्टूडियो त फेरि बनाउन सकिएला । तर, योसँग जोडिएका अमुल्य याद र आर के फिल्मका कपडा जलेर नष्ट भएको छ । आगोले सबै कुरा जलाएर बर्बाद गरेको छ ।’ यो स्टूडियोमा थुप्रै बलिउड चलचित्रको छायांकन गरिएको छ ।

यस खबरमा तपाईंको प्रतिकृया