kchhakhabar.com

गृहपृष्ठ भिडियो यता चुनाव उता नाकामा यस्तो हर्कत (भिडियो)

यता चुनाव उता नाकामा यस्तो हर्कत (भिडियो)

इटहरी, error गते

वीरगंज। प्रदेश नम्बर दुईमा आज स्थानीय तह चुनाव अन्तर्गत मतदान भैरहेको छ।

चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारतसँगको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ। सुरक्षा चुनौतीकाकारण चुनावमा सीमा बन्द गर्ने प्रचलन छ।

नेपालका सुरक्षाकर्मीदेखि सरकारी संयन्त्र चुनावमा खटिएको छ। सीमा नाकामा नेपालतर्फका सुरक्षाकर्मीको अघिपछि जस्तो बाक्लो उपस्थिति छैन। सामान्य अवस्थामा समेत सीमा क्षेत्रमा अवाञ्छित गतिबिधिहरु हुने गरेका छन्। चुनावको यो मौकामा खुकुलो सुरक्षाको फाइदा उठाउने तत्व पनि सक्रिय हुने गर्छन्।

वीरगंजको रक्सौल नाकामा पछिल्ला दिनहरुमा नेपालको सुरक्षा व्यवस्था केही ढिला भएको फाइदा लिनेहरु सक्रिय भएका छन्।

मितेरी पुलहुँदै दुई देश आउजाउ गर्ने वैधानिक बाटोलाई छलेर अवैध ओसारपसार गर्नेहरुले आसपासका बाटोहरु अपनाउने गरेका छन्। नेपालका सुरक्षाकर्मी चुनावमा व्यस्त भएको समयमा भारतीय सुरक्षाकर्मीलाई विश्वासमा लिएर पनि अवैध गतिबिधिहरु हुने गरेको त्यहाँका जानकारहरु बताउँछन्।

केही सातादेखि नै नाकाको सुरक्षा केही खुकुलो भएका कारण यस्ता गतिबिधि बढेका नेपाली रिक्सा चालकहरुले अनुभव गरेको सुनाए।

सुरक्षाकर्मी हुँदा पनि सेटिंगमा गलत धन्दा नहुने हैन, एक रिक्सा चालकले सुनाए अहिले त झन् सुरक्षाकर्मीको ध्यान चुनावमा भएपछि सानासाना नाकाहरुमा अवैध सामान यताको उता, उताको यता भैरहेकै छ।

मुख्य नाका नजिकै अवैध ओसारपसार

वीरगंजको रक्सौल नाका वारपार गर्ने मितेरी पुल नजिकै केही तल नदी पार गर्दै गरेका मानिसहरुको हुल देखिन्थ्यो। उनीहरु सामानका बोराहरु ओसारपसार गरिरहेका थिए। नदीको पानीमा आधा बढि शरीर डुबाएर मानिसहरु वारपार गरिरहेको दृश्य देखियो।

मितेरी पुलमा उभिएर त्यो दृश्य क्यामेरामा कैद गर्दा भारतीय सुरक्षाकर्मीले नाकामा तस्बिर खिच्न निषेध रहेको भन्दै नखिच्न सचेत गरायो। त्यहीबीचमा केही दृश्य यो भिडियोमा उतारिएको छ।

भिडियोः

यस खबरमा तपाईंको प्रतिकृया