kchhakhabar.com

गृहपृष्ठ अर्थ खबर कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

इटहरी, error गते

कुखुराको मासु एक सातामै प्रतिकेजी ४५ रुपैयाँले सस्तियो

ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ४५ रुपैयाँसम्म सस्तिएको छ। एक हप्ताअघिसम्म प्रतिकेजी ३ सय रुपैयाँसम्म खरिदबिक्री हुने गरेको मासुको खुद्रा मूल्य हाल २५५ रुपैयाँ कायम भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य घटेको जनाएको छ। संघका महासचिव काजी थापाले हाल उत्पादन बढेको तर सोअनुसार माग बढ्न नसकेपछि मूल्य घटेको जानकारी दिए। ‘हिजोसम्म प्रतिकेजी २९० रुपैयाँको हाराहारीमा मूल्य थियो, आजदेखि लागू हुनेगरी संघले २५५ तोकेको छ’ उनले भने।

तराईका जिल्लाहरुमा भने मूल्य योभन्दा पनि सस्तो भएको उनले जानकारी दिए। राजधानीमा पनि तराईबाटै अधिकांश कुखुरा आयात हुने भएकाले ढुवानी खर्च समेत जोड्दा यहाँ केही महँगो पर्ने गरेको संघले जनाएको छ। यतिबेला ब्रोइलर कुखुरा उत्पादनको राम्रो सिजन पनि हो। दसैँका बेला खसीबोका तथा भेडा च्याङ्ग्राको मासुको खपत समेत बढ्ने भएकाले कुखुराको मासुको मागलाई असर परेको हो।

महासचिव थापाका अनुसार यतिबेला ब्रोइलर कुखुराको होलसेल मूल्य प्रतिकेजी १८० रुपैयाँ छ। होलसेलमा जोख्दाभन्दा मासु तयार गर्दासम्म तौल घट्ने भएकाले होलसेल र खुद्रा मूल्यमा अन्तर देखिएको उनले स्पष्ट पारे। ‘होलसेलमा सबै जोखिन्छ, तर खुद्रा बिक्री गर्दा पखेँटा, घाँटी आन्द्राजस्ता भागहरु छुट्याउनुपर्छ, यसले गर्दा मूल्यमा केही अन्तर देखिएको हो’ उनले भने।

राजधानीमा धादिङ, काभ्रे तथा छिमेकी जिल्लाका अलवा तराईका जिल्लाहरु चितवन, नवलपरासी, मकवानपुर, कपिलबस्तु, दाङ लगायतका जिल्लाहरुबाट कुखुरा आयात हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

यस खबरमा तपाईंको प्रतिकृया