kchhakhabar.com

गृहपृष्ठ कला / मनोरन्जन खबर गायिका मिलन अमात्यको श्रीमानसँग सम्बन्ध बिच्छेद

गायिका मिलन अमात्यको श्रीमानसँग सम्बन्ध बिच्छेद

इटहरी, error गते

ठमाडौं– गायिका मिलन अमात्यले श्रीमानसँग औपचारीक रुपमा सम्बन्ध बिच्छेद गरेकी छन् । केही समयअघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएपनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइन् । तर आज सोमबार देखि मिलन र उनका श्रीमान मेन्सनबीच औपचारीक रुपमै सम्बन्ध बिच्छेद भएको हो । सम्बन्ध बिच्छेदका कारण बारे खुलाउन नचाहेका मेन्सनले आज बाट दुबै जना अलग भएको भने जानकारी दिए ।

यो बिषयमा मिलनसंग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर फोन राखिन । पछि कल ब्याक गरेकी मिलनले दुबैको सहमतिमै सम्बन्ध बिच्छेद गरेको स्विकार गरिन् । उनले दुई जनाको असमझदारी बढेपछि सम्बन्ध बिच्छेदको बाटो रोजेको बताउदै यो घटनाले आफनो सांगीतिक करिअरमा कुनै बाधा नपर्ने जिकिर गरिन् ।

सम्बध बिच्छेद पछि आफू बस्दै आएको कुलेस्वरको अपार्टमेन्टमा बाबु आमा संगै बस्ने जानकारी मिलनले दिइन् । गायक दिपक लिम्बु संगको प्रेम प्रसंगका कारण सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दिपक र मिलनले यो कुरा लाई अस्विकार गर्दै आएका छन् ।

यस खबरमा तपाईंको प्रतिकृया