असोज ४,२०७४ / मोरङको कटहरी गाँउपालिका वडा नंं. ९ स्थित क्वालिटी साबुन उत्पादन गर्ने क्वालिटी केम इण्डष्ट्रिजमा गर्मीका कारण आगलागी हुँदा करिब ५० लाख रुपैया बराबरको केमिकल नष्ट भएको छ ।

अत्यधिक गर्मीका कारण उद्योगमा राखिएको हाइड्रोजन पेरोक्साइडको गोदाममा आगलागी भएको थियो । आगलागीबाट करिब २ सय ग्यालन पेरोक्साइड नष्ट भएको बताइएको छ । मंगलबार दिउसो करिब ३ बजे लागेको आगो विराटनगर महानगरपालिकाको ३ वटा दमकलको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिएका कारण थप क्षति हुन पाएन ।

तपाईको प्रतिक्रिया