kchhakhabar.com

गृहपृष्ठ खबर आगोको एकै लप्काले चारजनाको सपना सखापपारे पछी

आगोको एकै लप्काले चारजनाको सपना सखापपारे पछी

इटहरी, error गते

कानेपोखरी । जापानमा रहेका छोराबुहारीलाई भेट्न र उतै बस्नका लागी दाजु र आमासँग विदा माग्न आएकी बहिनी विष्णुमाया राईको सपना आगोको एकै लप्काले खरानी बनाईदियो । बुधबार बेलुका सँगै खाना खाएर सुतेका उनीसहित दाजु चन्द्र कुमार राइ,आमा गंगामाया राई र श्रीमती पार्वता राईको बिहिबार बिहान अचानक बिद्युत सर्ट भई आगलागी हुँदा ४ जनाकै मृत्यु भएको छ ।

पुर्ब वडाअध्यक्ष समेत रहेका चन्द्र समाजमा कसैको आँखामा राख्दा पनि नबिझाउने खालका थिए । घरमै किराना पसल सञ्चालन गरेर बसेका उनको मृत्युको खबर पाएर त्याँहा उपस्थित भएका हजारौँ मानिसहरुका आँखा रसाएका थिए । महेन्द्र राजमार्ग सँगै रहेको करिब १० किलोमिटर दक्षिणमा रहेको मोरङको कानेपोखरी गाँउपालिका वडा नं ३ मा रहेको चन्द्र कुमार राईको खरानी भएको घरमा बिहीबार पुग्दा सिंगो गाँउ नै शोकमग्न थियो । भाग्यवश उनका दुई छोराछोरी भने काठमाण्डौमा अध्यायनरत रहेका कारण बाँच्न सफल भएका छन । बिहिबार बिहान २ बजे आगलागी हुँदा १ करोड बढीको क्षति भएको पथरी प्रहरीले जनाएको छ । आगलागीबाट एउटा हाते ट्रयाक्टर सहित घरका सबै सामान जलेका छन । चार जनाको शव भने चिन्न नसक्ने अबस्थामा निकालेको प्रहरीले जनाएको छ ।आगो नियन्त्रणका लागि इटहरी,दमक , उर्लाबारी लगायतका स्थानबाट गएको बारूण यन्त्रले करीब ३ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

घटनापछि परिवारको खोजी गर्ने क्रममा चारैजनाको अवशेष मात्र फेला परेको कानेपोखरी प्रहरीले जनाएको छ । छिमेकी पुर्ण कन्दङवाका अनुसार बिहान ३ बजे घरको धुरीमा धुवाँको मुस्लो देखेपछि के भएर हेर्न जाँदा सिंगो घर जलिसकेको र बाँधेका चौपायाहरु फुकाएपनि मानिसहरु बचाउन नसकेको बताए । चन्द्रका २ छोराछोरी रचना र राजकुमार काठमाण्डौमा अध्यायनरत रहेका छन । बिहिनी बिष्णुका जेठा छोरा बुहारी जापानमा बस्दै आएका छन । उनी पनि जापान जाने तयारीमा आमा र दाजु सँग बिदा माग्न माईतीघरमा आएकी थिईन । यो घटनाले सिंगो कानेपोखरी गाँउपालिका शोकमग्न बनेको छ । वडाअध्यक्ष किर्तिमान मादेनले यो घटनाले अत्यान्तै मर्माहत बनाएको बताएका छन ।

यस खबरमा तपाईंको प्रतिकृया