kchhakhabar.com

गृहपृष्ठ पूर्वाञ्चल बिशेष पूर्वेली न्युज चाैथाे बर्षमा प्रवेस

पूर्वेली न्युज चाैथाे बर्षमा प्रवेस

इटहरी, error गते

स्थानीय समाचारलार्इ प्राथमिकतामा राख्न सुझाव पूर्वकाे केन्द्र इटहरीबाट सञ्चालन भइरहेकाे माेफसलकै सर्वाधिक लाेकप्रिय अनलाइन पत्रिका पूर्वेली न्युज शुक्रबारबाट तेश्राे बर्ष पार गरी चाैथाे बर्षमा प्रवेश गरेकाे छ ।छाेटाे समयमै देश बिदेसमा रहनुहुने समस्त नेपाली माझ लाेकप्रिय बनीसकेकाे अनलाइनले शुक्रबार अाैपराचिक रूपमा अाफ्नाै चाैथाे बार्षीकाेत्सव सम्पन्न गरेकाे छ ।

सुनसरी क्षेत्रका कृयाशिल पत्रकार बिशिस्ट ब्याक्तित्वहरूकाे उपस्थितिमा पूर्वेलीले अाफ्नाे चाैथाे बार्षीकाेत्सव मनाएकाे हाे ।कार्यक्रममा उपस्थित कृयाशिल पत्रकारहरूले माेफसलबाट जन्मिएका थुप्रै सञ्चारमाध्यमहरू धमाधम बन्द हुदै गएकाे बेला नया बिहानी सहित झुल्किएकाे पूर्वेलीले भिडलार्इ छिचाेल्दै अाफ्नाे बेग्लै उचाइ बनाइसकेकाे बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले माेफसलबाट सञ्चालन हुने सञ्चारमाध्यमहरू त्यसमा पनि अनलाइनहरूकाे अवस्था ज्यादै दयनिय रहेकाे बताए । किरासरी उम्रिएका अनलाइनहरू कतिबेला बन्द हुने त्याे टुगाे नहुने अाैल्याउदै अध्यक्ष खडकाले जन्माउने भन्दा हुर्काउनु ठुलाे कुराे रहेकाे र त्यसैलार्इ सार्थकता दिदै पूर्वेली कायम गरेकाे उचाइ एवम लाेकप्रीयताकाे प्रसंसा समेत गरेका थिए ।

यसै बिच पूर्वेली न्युजका कार्यकारी सम्पादक तेजबहादुर बनले स्थानीय समाचारहरूलार्इ अझ प्राथमिकता दिने र समाचारकाे बिस्वासनियता संगै अागामि दिनहरूमा अझ सशक्त रूपमा अघि बढदै पूर्वेलीलार्इ नयाँ उचाइ सम्म पूर्याउने बताए । त्यसैगरी पूर्वेली न्युजका प्रबन्ध निर्देशक शुरेस चन्द्र दहालले माेफसलबाट सञ्चालन भएका अनलाइनहरूमा थुप्रै चुनाैतीहरू रहेकाे त्यसमा पनि तिब्र प्रतिस्पर्धा देखासिखीकाे भरमा सञ्चालन भएका अनलाइनहरूकाे कारण समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने सच्चा तथा ब्यवसायिक अनलाइनहरू प्रत्यक्ष मार्कामा परीरहेकाे अाैलाएका थिए । कार्यक्रममा सुनसरी तथा माेरङबाट उपस्थित दुर्इ दर्जन बढी कृयाशिल पत्रकारहरूले पूर्वेली न्युजकाे सफलताकाे कामना गर्दै चाैथाे बर्षमा प्रवेश गरेकाेमा बधाइ ज्ञापन गरेका थिए ।

यस खबरमा तपाईंको प्रतिकृया