kchhakhabar.com

गृहपृष्ठ खबर बस दुर्घटनामा ३ को मृत्यु २० घाइते

बस दुर्घटनामा ३ को मृत्यु २० घाइते

इटहरी, error गते

रामेछाप/ रामेछापबाट काठमाडौं आउँदै गरको बस रामेछापमै दुर्घटनामा परेको छ । दुर्घटनामा परेर तीन जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् ।घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको रामेछाप प्रहरीले जनाएको छ । बा २ ख ६३७२ नम्बरको बसर रामेछाप नगरपालिका ८, बाबियाखर्कमा दुर्घटनामा परेको हो ।

विरामीहरु मध्ये धेरैको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरुको रामेछापमै उपचार भइरहेको छ । घाइतेहरुका अनुसार बसमा ३० देखि ४० जना यात्रुहरु थिए । दुर्घटनाको कारण नखुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस खबरमा तपाईंको प्रतिकृया