kchhakhabar.com

गृहपृष्ठ मुख्य खबर सुनसरी क्षेत्र नम्वर तीन बिकासमा निकै पछाडी रहेकामा उम्मेदवारको चिन्ता

सुनसरी क्षेत्र नम्वर तीन बिकासमा निकै पछाडी रहेकामा उम्मेदवारको चिन्ता

इटहरी, error गते

सुनसरी । चुनावी अभियानका क्रममा बर्जुको विभिन्न ठाँउ पुगेका चौधरीले बाटोघाटो, पुल, कल्भर्ट, नाला, सिचाई लागयतका भौतिक निर्माणका काममा केही सुधार नभएकाले जनताको जिवन स्तरमा केही परिवर्तन हुन नसकेको वताए । शिक्षा, स्वास्थ्यका क्षेत्रमा यस क्षेत्रको जनताका सुधारका लागि केही उल्लेखनिय काम हुन नसकेकोमा दुःख व्यक्त गरे । बिश्व एकाईसौ सत्ताव्दीमा प्रवेश भएका वेला र सुनसरी निर्वाचन क्षेत्र तीन सँग जोडिएको छिमेकी मुलुक भारत तिव्र बिकास भई रहदा यस क्षेत्रमा भने विकासका नाममा सिन्को समेत नभाचिएकोमा सुनसरी निर्वाचन क्षेत्र तीन की बाम गठवन्धनकी उम्मेदवार भगवती चौधरीले चिन्ता व्यक्त गरे ।
अहिले पनी त्यस क्षेत्रका जनता खुलेर वोल्न नपाएका र आफुले चाहेका उम्मेदवारलाई मत हाल्न नदिने परिपाटी कायम रहेकाले लोकतन्त्रको लागी ठूलो चुनौती भएको दुःख व्यक्त गरे । ठेकेदारी प्रथावाट मत माग्ने र खसाल्ने चलन रहेकाले जनताको अभिमतको अवमुल्यन भएको बताए । पैसा दिएर मतकिन्न खोज्नेले पछि पैसा कमाउन लाग्ने तर विकास नगर्ने भएकाले यस क्षेत्रमा विकास हुन नसकेको वताउनु हुदै यसपाल भने जनतालाई पैसाको प्रलोभनमा नफस्न आग्रह गरे । चौधरीले नेपालमा प्रजातन्त्र आएको दशकौ भई सक्दा भने यस क्षेत्रको दक्षिणि भेगका जनतामा त्यसको अनुभुत हुन नसकेको दावी गरे ।
यस पालको निर्वाचनमा यस क्षेत्रका जनता आफ्नो पक्षमा रहेकाले मेरो जीत सुनिश्चित रहेको दावी गर्दै मेरो जीतले मात्र प्रजातन्त्रको अनुभुत हुने भएकाले सम्पूर्ण पक्षलाई सजग र सकृय रहन आग्रह गरे । सुनसरीको बर्जुमा विभिन्न ठाँउमा भएको कार्यक्रममा विभिन्न पार्टी नेता कार्यकर्ता पार्टी परित्याग गरी ५० जनाले एमाले प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई सुनसरी क्षेत्र नं. ३ का तर्फवाट बाम गठवन्धनकी साझा उम्मेदवार तथा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भगवती चौधरीले अविरमाला लगाए पार्टी प्रवेश गराउनुभयो । नवप्रवेशीहरुले बिकास, समृद्धी र राजनितिक स्थिरताका लागि एमाले आवश्यक रहेकाले आफू एमाले प्रवेश गरेको वताउनुभयो । नवप्रवेशीहरुले तीन नम्वर क्षेत्रबाट पटक पटक जीतेका बिजय कुमार गच्छदार अवसरवादी र सत्ता भोगी मात्र रहेकाले यो क्षेत्रको विकास र सम्वृद्धिका लागि भगवती चौधरीको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस खबरमा तपाईंको प्रतिकृया