kchhakhabar.com

गृहपृष्ठ खबर नेपाल चेलिबेटी अपाङ्ग महिला समाज काे साधारणसभा सम्पन्न

नेपाल चेलिबेटी अपाङ्ग महिला समाज काे साधारणसभा सम्पन्न

इटहरी, error गते

इटहरी,नेपाल चेलिबेटी अपाङ्ग महिला समाज इटहरीले बीसौ बार्षिक साधारणसभा आयोजना गर्दै बर्षभरिमा अपाङ्गता भएका चेलिबेटीहरुको जीवनस्तर माथि उकास्नका लागि गरेको नीति तथा कार्यक्रम अनुमोदन गरेको छ ।

युनाईटेड मिशन टु नेपाल इटहरी उपमहानगरपालिका र जिल्ला समन्वय समितिको सहयोगमा सञ्चालन हुँदै आएको नेपाल चेलिबेटी अपाङ्ग महिला समाजले बार्षिक रुपमा ५९ लाख बढिको लागतमा विविध आत्मनिर्भरता सम्वन्धि कार्यक्रमहरु गर्दै आएको बार्षिक साधारणसभाले अनुमोदन गरेको छ ।

इटहरी उपमहानगरपालिकाको उप–मेयर लक्ष्मी गोतमको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभा नागरिक समाजका प्रतिनिधि सन्त डुम्जन अपाङ्ग चेलिबेटी नेतृ दिलकुमारी राई दिपकला राई मञ्ज बस्नेत दाहाल, सुरेन्द्र राई नम्रता पोख्रेल लगायतले बोल्नु भएको थियो ।

समाजकी दिलकुमारी राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अपाङ्ग चेलिबेटी लक्षित बार्षिक उपलब्धी र भविष्यमा सञ्चालनमा ल्याईने आय आर्जन सम्वन्धि प्रस्तुत कार्यक्रम समेत अनुमोदन गरिएको छ ।

यस खबरमा तपाईंको प्रतिकृया