kchhakhabar.com

गृहपृष्ठ पूर्वाञ्चल बिशेष इटहरी उपमहानगरपालिकाले गत साउन १ देखि मंसिर मसान्तसम्म खरिद गरेको सडकबत्तीमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक

इटहरी उपमहानगरपालिकाले गत साउन १ देखि मंसिर मसान्तसम्म खरिद गरेको सडकबत्तीमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक

इटहरी, error गते

इटहरी उपमहानगरपालिकाले गत साउन १ देखि मंसिर मसान्तसम्म खरिद गरेको सडकबत्तीमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको छ । पूर्वी बजारले प्राप्त गरेको सूचनाका आधारमा दुई हप्ता समय लगाएर पत्ता लगाएको तथ्यअनुसार सडकबत्ती खरिदमा बजारको भन्दा ५०० प्रतिशतभन्दा बढी मूल्यमा सिएफएल चिम खरिद गरेको पाइएको हो । मौखिक सूचना माग्दा नआएपछि पूर्वी बजारले सूचनाको मौलिक हक प्रयोग गर्दै यो तथ्य पत्ता लगाएको हो ।

सडकबत्ती खरिदमा प्रतिबत्ती लागेको लागत, बत्ती संख्या र बत्तीको वाट पत्ता लगाएर पूर्वी बजारले सोही परिमाणको मूल्यसूची इटहरी, धरान र विराटनगरका इलेक्ट्रोनिक्स पसलबाट मागेर यो भ्रष्टाचारको तथ्यलाई पुुष्टि गरिएको छ । सिएफएलका ८५ वाट क्षमताका बल्बदेखि १५ वाटसम्मका बल्बको खरिदमा यस्तो व्यापक भ्रष्टाचार भएको तथ्य भेटिएको हो । सबै खरिदमा गरेर औसतमा ६० लाख हाराहारी भ्रष्टाचार भएको देखिएको हो । ८५ वाटको सिएफएल र सेटमा १४ लाखको अनियमितता चलानी नम्बर १०५६ मा गत कात्तिक ७ मा उपलब्ध गराइएको सूचनाअनुसार ८५ वाट क्षमताका ४५ वटा बल्ब १ हजार ७ सय ५० रुपैयाँमा किनिएको छ । जबकि, अन्य पसलले यसको मूल्यसूची उपलब्ध गराउँदा खुद्रा मूल्य १ हजार ५० पर्ने बताएका छन् । यसरी हेर्दा एउटा बल्बमा ७ सय सय बढी मूल्य राखेर खरिद गरेको बिल बनाएर ३१ हजार ५ सय रुपैयाँ सोझै उपमहानगरलाई घाटा लगाएको पाइएको हो । पूर्वी बजारले सिएफएल ८५ वाट सेटको मूल्य माग्दा चल्तीका पसलले १ हजार ४ सय ५० रुपैयाँ टिपाएका छन् । जबकि, उपमहानगरको जिन्सी शाखाले खरिद गरेको ३ सय ९० थान ८५ वाटको सिएफएल प्रतिसेटको मूल्य ५ हजार ८ रुपैयाँको बिल बनाइएको छ । हरेक सेटमा ३ हजार ५ सय ५८ रुपैयाँ बढीको बिल बनाएको पाइएको छ । जसअनुसार ३ सय ९० थानबाट राज्यलाई १३ लाख ८७ हजार ६ सय २० रुपैयाँ घाटा पारिएको छ । यसरी सिएफएल सेट र सिएफएलको जम्मा भ्रष्टाचार रकम १४ लाख १९ हजार १ सय २० रुपैयाँ देखिन्छ ।

सिएफएल ६५ वाट बल्ब र सिएफएल ६५ वाट सेटमा ११ लाख भष्टाचार प्रतिथान ९ सय रुपैयाँ बजार मूल्यमा पाइने सिएफएल बल्बको मूल्य पनि १ हजार ३ सय ५० तोकेर ६५ थान किनिएको छ । जसअनुसार हरेक बल्बमा ४ सय ५० बढीको मूल्य राखिएको छ । यसरी हेर्दा ६५ थान बल्बमै पनि २९ हजार २ सय ५० रुपैयाँ भ्रष्टाचार भएको छ । सिएफएल ६५ वाट सेटको खरिदमा पनि त्यस्तै देखिएको छ । बजार मूल्य प्रतिसेट १ हजार ४ सय ५० रुपैयाँभन्दा बढी नपर्ने सिएफएललाई ४ हजार ३ सय ७५ रुपैयाँको बिल बनाएर ३ सय ८३ थान बल्ब खरिद गरिएको छ । जसअनुसार हरेक सेटमा २ हजार ९ सय २५ रुपैयाँ बढी राखेर ११ लाख २० हजार २ सय ७५ रुपैयाँ राज्यलाई थप भार पारिएको छ । यसरी ६५ थान ६५ वाटको सिएफएल बल्ब र ३ सय ८३ सेट सिफएफल सेटमा मात्रै ११ लाख ४९ हजार ५ सय २५ रुपैयाँ भ्रष्टाचार गरिएको छ । सिएफएल ४५ वाटको बल्ब र सिएफएल सेटमा ३२ हजार अनियमितता बजार मूल्यमा ७ सय रुपैयाँ मात्रै पर्ने ४५ वाटका बल्ब खरिद पनि जिन्सी शाखाले ९ सय ५० रुपैयाँ प्रतिबल्बको मूल्य राखेर अनियमितता गरेको पाइएको हो ।

५५ वटा खरिद गरिएका यस्ता बल्लको प्रतिबल्ब २ सय ५० रुपैयाँ बढी दाम राखेर १३ हजार ७ सय ५० रुपैयाँको हिनामिना भएको देखिन्छ । त्यस्तै, ४५ वाटको ९ सेट सिएफएल खरिदमा पनि त्यस्तै आर्थिक अनियमितता भएको छ । बजार मूल्य १ हजार ४ सय ५० भन्दा बढी नपर्ने सिफएफल ४५ वाटलाई प्रतिसेट ३ हजार ५ सय ७५ दाम राखेर खरिख गरिएको छ । जसअनुसार हरेक बल्बमा २ हजार १ सय २५ दाम राखेर ९ वटा सेट खरिदमा पनि १९ हजार १ सय २५ रपैयाँ रुपैयाँको बिल बनाइएको छ । यसरी ९ सय ५० वटा सिएफएल ४५ वाटका बल्ब र ९ वटा सेटमा ३२ हजार ८ सय ७५ रुपैयाँ भ्रष्टाचार गरिएको छ । २३ देखि ३६ वाटका सिएफएल सेट खरिदमा ३५ लाखको भ्रष्टाचार बजारमा बढीमा ६ सय ५० रुपैयाँ प्रतिगोटा पाइने सिएफएल २३ वाटदेखि ३६ वाट क्षमताका बल्ब पनि प्रतिगोटा ३ हजार १ सय ४० रुपैयाँमा किनिएको पाइएको छ । प्रतिगोटा २ हजार ४ सय ९० का दरले १ हजार ४ सय १६ थान किन्दा ३५ लाख २५ हजार ८ सय ४० रुपैयाँ भ्रष्टाचार भएको छ । ३५, ३० र १५ वाटको बल्बमा पनि भ्रष्टाचार त्यसैगरी, ३५ वाट, ३० वाट र १५ वाटका सिएफएल बल्ब खरिदमा पनि उस्तै अनियमितता भएको पाइएको छ । वास्तविक मूल्य ४ सय ५० रुपैयाँ पर्ने ३५ वाटका ३ सय ५३ सिएफएल बल्ब पनि प्रतिबल्ब ५ सय ६५ मूल्यको बिल बनाइएको छ ।

जसअनुसार हरेक बल्बमा १ सय १५ रुपैयाँ बढीको बिल बनाएर ४० हजार ५ सय ९५ रकम भ्रष्टाचार गरिएको पाइएको छ । ३० वाट क्षमताका ३० वटा सिएफएल बल्ब पनि ५ सय ६५ प्रतिबल्बका दरले खरिद गरिएको छ । जबकि, वास्तविक दाम ४ सय ५० भन्दा बढी पर्ने पाइएको छ । यसरी ३० वाटका बल्बमा पनि ३ हजार ४ सय ५० रुपैयाँ बढीको बिल बनाइएको छ । २ सय २५ वटा खरिद गरिएका १५ वाट क्षमताका बल्बमा पनि उस्तै अनियमितता गरिएको पाइएको छ । प्रतिबल्ब १ सय ७५ रुपैयाँमा पाइनेमा २ सय २५ रुपैयाँ हालेर किनिएको छ, जसबाट २ सय २५ बल्बबाट २ हजार ५ सय भ्रष्टाचार भएको छ ।

जिन्सी शाखामा जोडिएको पुरानो भ्रष्टाचारको जालो इटहरी उपमहानगरपालिकाको जिन्सी शाखाले सागर ट्रेडर्स नामक इलेक्ट्रोनिक्स पसलसँग गरेको सम्झौताअनुसार यस्तो आर्थिक अनियमितता भएको पाइएको छ । सबै खरिद मूल्य र चल्तीको मूल्य जोडेर हेर्दा ६० लाखभन्दा बढीको भ्रष्टाचार भएको पाइएको छ । १३ प्रतिशत भ्याट जोडेर मूल्य बढाउँदा पनि यस्तो ठूलो मूल्य नपर्ने स्वयं व्यापारीहरू बताउँछन् । जिन्सी शाखा र व्यापारीको मिलेमतोमा बल्ब खरिदमा मात्रै हैन, सबै सामानको एकएक बिलमा यस्तो अनियमितता भएको स्वयं उपमहानगरका एक पुराना कर्मचारी बताउँछन् । यसअगाडि पनि इटहरी उपमहानगरको जिन्सी शाखाका कर्मचारी यस्ता भ्रष्टाचार प्रकरणमा परेर अख्तियारमा तारिखसमेत धाएका थिए ।

यस खबरमा तपाईंको प्रतिकृया