गौशाला, १४ पुस – महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा रमेश सिंहले बताए ।

गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा गौशाला, बर्दिवास र भंगहा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्ति आँखाको उपचारका लागि आएका थिए ।

तपाईको प्रतिक्रिया