तरहरा /पछिल्लो समय सामुदायीक बनको अवस्था देशभर नै दयनीय बन्दै गइरहेकोले बन जोगाउन निकै कठिन भएकोमा उपभोक्ता समितिका अभियन्ताहरुले दुःख ब्यक्त गरेका छन् । सरकारी निति, बन माफिया र उपभोक्ता समिति भित्र पसेका नकरात्मक तत्वहरुका कारण सामुदायीक बन उपभोक्ता समितिहरु नै समस्यामा फस्ने गरेको तरहराबासीले बताएका छन् ।पछिल्लो समय ६ लेन सडकखण्ड अन्र्तगत बन्दै गएको बाटोका कारण नेपालकै सबैभन्दा ठूलो चारकोशे झाडीको बन बिनास हुने चिन्ता तरहराबासीमा बढेको छ ।

‘आफ्नो ठाउँमा बाटोको बिकास त भयो नै तर  यसैगरी बन बिनाश हुँदै गइरह्यो भने देशको बन रहला भन्न सकिन्न’ हाँसपोसा सामुदायिक बनका अध्यक्ष कर्ण बहादुर राउतले भने । उनले पुराना रूख काटिदा समस्या हुदैन थे हाेला तर नयाँ बिरुवा रोप्ने ठाउँ नहुँदा भने चिन्ता भएको बताए ।

यतिबेला उनी मात्रै हैन तरहराका अधिकांश स्थानीयहरू बन मासिने चिन्तामा रहेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ पनि बन मासिने चिन्ताले सताएकाे बताए ।  उनले भने ‘तरहराका घरहरु त मासिने नै भए तर बन पनि मासिने हुँदा हामी मात्रै नभएर यहाँका उपभोक्ता पनि चिन्तित बनेका छन् ।’सामुदायिक बन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य गणेश गुरागाईँले पछिल्ला बर्षहरुमा बनको अवस्था नाजुक बन्दै गएको र आगामी दिनमा समेत बन जोगाउन कठिन हुने बताए ।

उनले बन माफियाको प्रलोभनमा कतिपय सामुदायीक बनका पदाधिकारी नै फस्ने गरेका घट्नाको उदाहरण दिदैं उपभोक्ता समितिहरुमा पनि जंगलको दोहन गर्ने प्रवृत्तिका स्वार्थी तत्वहरु पसेको पाइएको बताउँदै भने ‘यस्तो अवस्थामा इमान्दार उपभोक्ताहरु लाई बन जोगाउन निकै कठिन अवस्थाको सिर्जना भएको छ ।’

तरहराका अगुवा राष्ट्रिय शिक्षा आयोगका सदस्य मणिराम गिरीले त्यसै पनि बन बिनाश भैरहेको र त्यसलाई रोक्ने प्रयासहरु भैरहेका बेला अब सडकको विस्तारले बन बिनाश लाई थप सघाउ पु¥याउनेमा चिन्ता प्रकट गरे । उनले भने ‘छ लेनको सडक विस्तारले चारकोशे जंगलको केही बचेखुचेका जंगलका बोट विरुवाहरु मासिने भएको छ, सडक बनिसक्दा कति बन फडानी हुने हो त्यस्को एकिन जानकारी कसैलाई छैन ।’

बिराटनगर–किमाथाङका राजमार्गको ६ लेनको सडक विस्तारको प्रारम्भिक कार्य अहिले तरहरामा भईरहेको छ । उक्त सडक तरहराबाट धरान सम्म चारकोशे जंगलको बाटो सिधै निर्माण गरिने भएकोले विस्तारित सडकको इटहरी २ को शान्तिनगर र इटहरी २० को जडीबुटी दायाँ, बाँया पर्ने जंगलका रुख, बोट विरुवा सबै फडानी गरिने भएको छ ।स्थानीयले सडक विस्तारको लागि जंगल फडानी गरिँदा बन माफियाहरुको कति चलखेल हुने हो, त्यो हेर्न बाँकी रहेको बताउँदै सडकको लागि काटिनु पर्ने रुख, विरुवाको नाममा बन माफिायहरु ठूलै चलखेल हुनसक्ने भएकोले सामुदायीक बनका उपभोक्ता समितिले इमान्दारीपूर्वक निगरानी गर्नुपर्ने बेला आएकोमा ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया