१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

रूपन्देही – रूपन्देहीमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । रूपन्देहीमा कार्यालय स्थापनापछि केन्द्रले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रका सूचना अधिकारी अनिलकुमार कानु बनियाले प्रस्तुत गरेको बजेटमा १३ करोड ७१ लाख २३ हजार रुपैयाँ रकम बराबरका वार्षिक कार्यक्रम तय गरिएको बताए ।

कार्य सम्पादनका लागि ५ महिना मात्र बाँकी छ । ५ महिनामा कार्यक्रम कार्यान्वयनमा ल्याएर लक्ष्यअनुसारको प्रगति हासिल गर्न केन्द्रले रणनीतिक योजना बनाएको कार्यालय प्रमुख सन्देश धितालले बताए । अवधि कम भएकाले स्थानीय तहका कृषि प्राविधिकको सहयोगमा कार्यतालिकाअनुसार काम अगाडि बढाइने उनले जानकारी दिए ।

यसअघि नवलपरासी र रूपन्देही जिल्ला हेर्ने गरी परासीमा कार्यालय थियो । यहाँका किसानले रूपन्देहीमै कार्यालय स्थापनको माग गर्दै आएका थिए । स्थानीयको मागअनुसारको सेवा प्रवाहमा कठिनाइ भएपछि प्रदेशको कृषि मन्त्रालयले रूपन्देहीमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

केन्द्रले १६ वटै स्थानीय तहका कृषि अधिकारीसँग छलफल गरी समन्वय गरेर अगाडि बढ्ने जनाएको छ । कार्यक्रम सञ्चालन हुने स्थानीय तहका कृषि प्राविधिकले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । सम्बन्धित स्थानीयका कर्मचारीको समन्वयमा प्रदेशका कार्यक्रम सञ्चालन भए बेथिति रोकिने रोहिणी गाउँपालिका कृषि प्राविधिक सहायक जितेन्द्र यादवले जानकारी दिए ।

देवदह नगरपालिका कृषि प्राविधिक पवीन्द्र मल्ल तथा शुद्धोधन गाउँपालिका कृषि प्राविधिक सहायक रमेश रेग्मीले जिल्लामै ज्ञान केन्द्र स्थापनाले काम गर्न धेरै सहज हुने बताए । केन्द्रले तथ्यांक अद्यावधिक गर्ने, प्राविधिक सेवा तथा प्राविधिकको क्षमता अभिवृद्धि, अल्पकालीन र दीर्घकालीन योजना तथा सूचक तर्जुमा र कार्यान्वयन गर्ने, व्यावसायिक तथा दिगो खेती प्रवद्र्धन र उन्नत प्रविधि, सामूहिक खेती तथा बजारीकरण प्रवद्र्धनमा जाने गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

दुई महिनाअघि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले थप चार वटा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । अर्घाखाँची, नवलपरासी र गुल्मीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र रूपन्देहीमा कृषि ज्ञान केन्द्र सञ्चालनमा आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]