२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

सप्तरी – हिजो बेलुका बसेको क्याबिनेट बैठकमा धेरै एजेण्डा नभए पनि एउटा विषयले राम्रै चर्चा पाएको खबर छ । सरकारी,ऐतिहासिक र सांस्कृतिक सम्पत्तिमाथि भइरहेको अतिक्रमण रोक्न संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उक्त बैठकमा पनि अर्को प्रतिबद्धता जनाउनुभएको मन्त्रिपरिषदका एक जना सदस्यले बताए ।

यसअघि नारायणहिटी दरबार संग्रहालय र पशुपति क्षेत्र परिसरमा व्यापारिक समूह बतासले सञ्चालन गर्न खोजेको र गर्दै आएको क्याफे र होटल रोक्काको लागि मन्त्री आलेले व्यक्तिगत रुपमा गरेको पहललाई सबैले सकारात्मक रुपमा लिएपछि मन्त्री थप हौसिएको बताइन्छ । हिजोको क्याबिनेटमा उनै मन्त्रीले गोठाटारमा रहेको पशुपतिनाथको नामको डेढ सय रोपनी जग्गा १५ दिनभित्र जसरी पनि फिर्ता गर्ने वचन दिएपछि क्याबिनेटमा एक छिन सन्नाटा छाएको थियो ।

“गोठाटारमा रहेको १ सय ४० रोपनी जग्गामा स्थानीय टोले गुण्डा र स्थानीयले घर टहरा बनाउने, गाईवस्तु पाल्ने,खेलकुद स्थल बनाउने काम गरेकाले १५ दिनभित्र खाली गराउन आफू लागि परेको मन्त्रीको बिफ्रिङ रहेको स्रोतले बताएको छ ।”

गोठाटारमा रहेको १ सय ४० रोपनी जग्गामा स्थानीय टोले गुण्डा र स्थानीयले घर टहरा बनाउने, गाईवस्तु पाल्ने,खेलकुद स्थल बनाउने काम गरेकाले १५ दिनभित्र खाली गराउन आफू लागि परेको मन्त्रीको बिफ्रिङ रहेको स्रोतले बताएको छ । मन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘टोले गुण्डा, स्थानीयले घर टहरा बनाएर बसेको पाइयो । दुई सातामा त्यो सबै सफा गर्नेछु ।’

बैठकमा पर्यटन मन्त्रालयले लगेको अर्को एउटा प्रस्ताव पनि पारित भएको छ । विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]