२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

सप्तरी – बढ्दो समुद्री सतहप्रति संवेदनशील मानिएको ग्रामीण क्षेत्रमा निर्मित बांग्लादेशको नयाँ अस्पताललाई विश्वकै सबैभन्दा उत्कृष्ठ नयाँ भवनको नाम दिइएको छ ।

समुद्री आँधी लगायत प्रकोपका लागि चिनिने देशको दक्षिणतर्फको जिल्ला सातखिरामा निर्माण गरिएको यो अस्पतालले २०२१ को सम्माननीय ‘रीबा इन्टरनेस्टनल’ पुरस्कार प्राप्त गरेको हो । विशेषगरी भवन डिजाइन गरेका आर्किटेकहरुको यसलाई मानव हित तथा वातावरणका निम्ति एकदम ख्याल गरेर बनाएकामा अधिक प्रशंसा गरिएको छ ।

स्थानीय इट्टाले निर्माण गरिएको यो अस्पतालमा ८० वटा बेड छन् । त्यस्तै यसको आसपासका पथहरु हिँड्दा एकदम शितल हुने किसिमले निर्माण गरिएको छ । त्यस्तै यसको केन्द्रलाई ‘इन–पेसेन्ट’ र ‘आउट–पेसेन्ट’ विङमा छुट्याउन बीचबाट काटेर पानीको कुलो जस्तो सुन्दर ‘क्यानल’ राखिएको छ ।

‘रोयल इन्सटिच्युट अफ ब्रिटिश आर्किटेक’ ले आयोजना गरेको अवार्डमा अस्पतालको डिजाइन गाउँ वस्तीको माहोलसँम राम्ररी घुलमिल भएको जस्तो देखिने र आगन्तुक अनि बिरामी तथा चिकित्सकका लागि पनि प्रोत्साहनपूर्ण वातावरणको अनुभव सिर्जना गर्ने खालको भएको बतााइएको छ ।

यसलाई आर्किटेक केशेफ चौधरी र ढाकामा आधारित फर्म उरबानाले मिलेर डिजाइन गरेका हुन् । त्यस्तै यसको सञ्चालन चाहिँ दिर्गकालीन विकाससँग सम्बन्धित एनजीओले गरेको छ । चौधरीले अवार्डका लागि यसलाई छनोट गर्ने जुरीको निर्णयप्रति आभारी व्यक्त गरेका हुन् र विश्व परिधिसँग जोडिएको परियोजनालाई सम्मानित गर्नु महत्वपूर्ण क्षण भएको बताएका हुन् ।

प्रेससँगको कुराकानीमा उनले भने, “यसले हामी जस्ता धेरैलाइै प्रेरित गर्नेछ भनेर म प्रोत्साहित भएको छु । सिमित श्रोत साधनका कारण मात्र नभएर आर्किटेक्चरहरुले मानव र प्रकृति दुवैको ख्याल राख्ने किसिमले संरचनाहरु बनाएर विश्वव्यापी आपत्कालीन चुनौतिहरुको सम्बोधन गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ । ”

हरेक दुई वर्षमा आयोजना गरिने यस सम्मान कार्यक्रममा त्यस्ता भवनहरुलाई अवार्ड दिइन्छ जसले संरचनात्मक उत्कृष्ठताका साथै सामाजिक प्रभावलाई पनि ध्यानमा राखेर डिजाइन गरिएका हुन्छन् । सो अस्पताललाई चाहिँ बढ्दो समुद्री सतहका कारण धान खेतीलाई समुद्री खाद्यान्न उत्पादनका लागि प्रयोग गर्न थालिएको अत्यन्तै संवेदनशील र बदलिँदो वातावरणमा निर्माण गरिएको छ ।

यस पुरस्कारका लागि युरोप, एसिया, अमेरिका र दक्षिण अमेरिका अनि फ्रेन्च आर्किटेक समेतले सहभागीता जनाएका छन् । र ११ वटा देशबाट मूल्यांकनको अन्तिम चरणमा पुगेका १६ भवनहरुलाई पछि पार्दै यो अस्पताल प्रथम भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]