काठमाडौं । प्रतिक्षित चलचित्र ‘लिलिबिली’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । उत्त चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । भने चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप लगायतका कलाकारहरुको उपस्थिति थियो । मिलन चाम्स निर्देशित यो चलचित्रले वैशाख १४ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

तपाईको प्रतिक्रिया