काठमाडौं । ‘कमेडीयन’ मनोज गजुरेलको अनपेक्षित रुपमा डिभोर्स भएपछि धेरैले उनको प्रतिक्रिया लिन चाहेका छन् । तर गजुरेल यस विषयमा खुलेर बोलेका छैनन् । समर्थक–शुभचिन्तक, साथीभाइ तथा पत्रकारहरुको जिज्ञाशामा उनले धेरै बोल्न नचाहेको बताउँदै आएका छन् ।

 

यद्यपि, नेपालआजसँगको टेलिफोन वार्तामा उनले आफ्नी पूर्वपत्नि मीना ढकाललाई शुभकामना दिएका थिए । दोस्रो पटक भएको कुराकानीमा भने मनोज बढी नै भावुक देखिन्थे ।

 

यसबीचमा मनोज मीनाले दिएका अभिव्यक्तिका कारण चिन्तामा देखिएका छन् । ‘हाम्रो कारणले छोराछोरीलाई नराम्रो असर पर्छ । छोरीले नबोल्नु भन्दा भन्दै हिजो उनले त्यति बोलिदिँदा कति नकारात्मक असर परिसकेको छ,’ मनोजले भावुक हुँदै भने, ‘मैले केही बोलेँ भने फेरि उताबाट अर्को जवाफ आउने होला । त्यसैले म केही बोलेर बाल मनोविज्ञानमा आघात पुर्याउन चाहन्न ।’

मनोजले मीनासँग सवाल जवाफ गर्न नचाहेको पनि बताएका छन् । र मीनाले जसरी बोल्दै हिँडेकी छन् त्यसले् बाल मनोविज्ञानमा पछिसम्म आघात पुग्ने भन्दै त्यसप्रति सचेत भएको उनले बताए । पछिल्लो समय मीनाले मिडियामा आफ्नो सम्बन्धबारे बोल्दै हिँडेको कुरा प्रति मनोजले असन्तुष्टि जनाएका छन् । त्यसले आफूलाई भन्दा पनि छोराछोरीको मनोविज्ञानमा असर पर्ने भन्दै त्यसप्रति चिन्ता लागेको मनोजको भनाइ थियो ।

मनोज र मीनाका एक छोरा र एक छोरी छन् । सम्बन्ध बिच्छेदपछि छोरी आमाको साथ बस्दैआएकी छन् भने छोरा बावुको साथ । मनोजका अनुसार छोरीले आमालाई सार्वजनिक रुपमा नबोल्नु भनेर मुख थुन्दा समेत मीनाले बोलेको भन्दै त्यसप्रति चिन्तान व्यक्त गरेका छन् ।

उनले अघि भनेका छन्, ‘उनीसँग लडाईँ गर्न चाहन्न म ।’ छोटो टेलिफोन वार्तामा उनले आफूहरुको डिभोर्स पारिवायिरक सहमतिकै आधारमा भएको भन्दै यसलाई सकारात्मक रुपमा टुंग्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया