काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघको आयोजनामा आजबाट काठमाडौँको भृकुटीमण्डपमा २४ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१८ सुरु भएको छ। आजबाट सुरु भएको मेलाको बिहान ११ बजे सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने गरेका थिए।

उद्घाटपछि डिसी नेपालसँग कुराकानी गर्दै सञ्चारमन्त्री बस्नेतले प्रविधिको विकास भएमात्र मुलुकको विकास हुने बताउँदै सातवटै प्रदेशका १४ जिल्लालाई सञ्चारमन्त्रालयले पाइलट प्रोजेक्टका रुपमा विकाश गर्ने योजना अघि सारेको जानकारी दिए।

उनले तीन वर्षभित्र सञ्चारमन्त्रालयले क्यान महासंघ र शिक्षा मन्त्रालयको सहकार्यमा सातवटै प्रदेशका सबै सामुदायिक विद्यालयमा कप्युटर शिक्षा लागु गर्ने जानकारी दिए। उनले नेपाललाई डिजिटल प्रविधिमा प्रवेश गराउने लक्ष्य लिएका बेला क्यानले गरेको प्रदर्शनी निकै सहानिय रहेको उल्लेख गरे।

 

कूल २ सय २२ स्टल रहेको उक्त मेला ६ दिनसम्म चल्ने क्यान महासंघले जनाएको छ। महासंघका अनुसार मुख्य प्रदर्शनी हलमा ४९ वटा ठुला स्टल राखिएको छ भने त्यस बाहिर ५ वटा ब्राण्डिङ प्रदर्शनी कक्ष रहेका छन्।

मेलामा, सगुन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स पावर सोलुसन्स मोवाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स् विभिन्न कलेज सफ्टवेयर सोलुसन्स् , पेमेन्ट सोलुसन्स्, बैंक तथा वित्तीय संस्था र अन्य संघसंस्थाको स्टल समेत राखिएको छ।

माघ १४ गतेको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । मेलामा निशुल्क इन्टरनेट सेवा पनि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई सय रुपैँया र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

तपाईको प्रतिक्रिया