इटहरी । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय फागुन २३ गते देखी २७ गते सम्म क्यान इन्फोटेक मेला गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे ।
बिश्वमा सूचना तथा सञ्चारका क्षेत्रले अहिले सम्म गरेका बिकाशका कार्य लगायत उत्पादन भएका नयाँ प्रविधिहरूकाे ज्ञान दिने उद्येश्य सहित अायाेजना गर्न लागिएकाे उक्त मेलामा करीब २ देखि ३ लाख सम्म अान्तरीक तथा बाहिय पर्यटकहरू भित्र्याउने लक्षय लिएकाे क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।
इन्फाेटेक अवधिभर ५ कराेड सम्मकाे काराेबार गर्ने लक्ष्य लिएकाे र मेलामा विभिन्न ब्राण्डका ल्यापटप, कम्प्युटर, मोवाइल, इन्टरनेट तथा प्रविधिको बारेमा जानकारी लिन सकिने छ। मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिहरु समेत देखाइने क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए।