मदन एकालापमा हराइरहेको थियो । उसले सोच्यो, त्यस अपरिचित मानिसले जुनेलीको चरित्रका बारेमा फोनमा भनेका कुरामा केही न केही सत्यता अवश्य रहेछ । जुनेलीको भनाइले त्यसको पुष्टि ग¥यो ।

जुनेलीसित कुरा गरेकोे रात अबेरसम्म मदनलाई निद्रा परेन । रात ढल्किनै लाग्दा उसले गजवको सपना देख्यो ।
सपनामा जुनेलीको विवाह एउटा धनी मानिससित भएको थियो । ऊ लोग्नेसित कारको अघिल्लो सिटमा बसेर मस्कँदै हिंडिरहेकी थिई । उनीहरू चढेको कार फाइभस्टार होटेलभित्र प्रवेश ग¥यो । होटलको सेक्युरिटी गार्डले स्याल्युट ठोक्यो । पहिलो पटक कसैको हातको स्याल्युट खान पाएकीमा ऊ दङ्ग परी । केहीबेरमा उनीहरू क्यासिनोभित्र छिरे । ऊ लोग्नेको साथमा ह्विस्कीको गिलास हातमा लिँदै जुवा खेल्न थाली । खेल लाखौंको थियो । उसले पचास लाख जिती ।

‘मदन आफूले लिएको छ सात लाख ऋण तिर्न नसकेर साउदी गयो । घाँटीमा तोलाको सिक्री झुण्ड्याउने मेरो रहर कहिल्यै पूरा भएन । हजुरसँग नाता जोडिएपछि आज म छिनभरमा लाखौंको मालिक्नी भएँ । यो पैसाले अब म शिरदेखि पाउसम्म सुनैसुनको गहना किनेर लाउनेछु ।’ नव विवाहित धनाढ्रय लोग्नेलाई अँगालो हाल्दै उसले भनी ।

सपना देखेर ऊ झसङ्ग हुँदै ब्यँुझियोे । ब्युझँदा उसको सम्पूर्ण शरीर पसिनै पसिनाले भिजेको थियो । उसले मिनरल वाटरको बोतल हातमा लिँदै एक घुट्को पानी पियो । त्यसपछि फेरि ऊ निदाएन ।

त्यस दिन साँझ सबै जना कामबाट फर्किसकेका थिए । मदनको अनुहार भने मलिन थियो । ऊ भारी तनावमा थियो । बेइज्जतीको डरले उसले कसैलाई साँचो कुरा भन्न सकिरहेको थिएन ।
‘म एकपटक नेपाल पुगेर आउँछु ।’ साथीहरूसँग उसले भन्यो ।
‘तपाईंको त्यस्तै विचार छ भने के भनौं तर तपाईं जानुअघि हामीले सुरु गरेको सुकमायाँ मुक्तिको पवित्र कार्यलाई अगाडि बढाउँ ।
एउटा खुशीको समाचार ल्याएको छु । सुकमायाँले मैले संकेत गरेको ठाउँमा हस्तलिखित निवेदन छोडेकी रैछे । यी हेर्नोस् ।’ सुकमायाँले लेखेको निवेदन देखाउँदै कैलाशले भन्यो ।

यो सुनेर मदन पनि थोरै मुस्कुरायोे । उसोभए यो निवेदन लिएर आज भोलि नै नेपाली दूतावासमा जानुपर्छ ।’ उसले भन्यो । उसका कुरामा सबैले समर्थन जनाए ।
अर्को दिन साँझ गोप्यरुपमा नेपाली राजदूतसमक्ष उक्त पत्र हस्तान्तरण गर्ने काम सम्पन्न भयो । राजदूतले यो मामलामा सक्दोे कोशिस गर्ने आश्वासन दिए ।
………………….

त्यसको तेस्रो दिन मदन साउदीबाट काठमाण्डु उड्यो । विमान सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । एअरपोर्टबाट बाहिर निस्केपछि ऊ सरासर ट्याक्सी लिएर पसलमा पुग्योे तर पसल बन्द थियो ।

उसलाई देखेर वरपरका सबै मुखामुख गर्न थाले । ‘जुनेली साँझ आउँछिन् । डेरा यै माथिल्लो तलाको पूर्वतिरको कोठा हो । उषा स्कूलबाट आइसकेकी छे ।’ छिमेकी साहुनीले भनी ।
ऊ डेरामा पुग्यो । उषा होमवर्क गर्दै थिई । मदनलाई देखेर छोरी उषा छक्क परी । एकछिन त आफ्नो अगाडि उभिएको मान्छे उसको बाबा नै हो वा अरु कोही भन्नेमा ऊ अलमलमा परी । तुरुन्तै ऊ खुशी हुँदै कराई ‘बाबा ! मेरो बाबा !’
उषा खुशी हुँदै मदनको काखमा आएर बसी । ‘कति भयो छोरीको गालाको पप्पी खान नपाको ! ल पप्पी देऊ त ।’
उषाले गाला थापी । ‘अँ म्वँ…..! कति मीठो म्वाइँ !’ उसले भन्यो । मदनले उषाको लागि ल्याएको लुगा सुटकेशबाट निकाल्योे ।
‘यी हेर नानुलाई मैले नाना ल्याइदिएको छु ।’ उसले छोरीका लागि ल्याएका लुगा निकालेर देखायो ।
उषा ‘आहा ! कति राम्रो लुगा !’ भन्दै लगाउन थाली ।
‘अनि ममीको नाना खै त ?’ उसले सोधी ।
‘तिम्री ममीलाई पनि ल्याइदिएको छु । यी हेर ।’ उसले जुनेलीलाई ल्याइदिएको साडी सुटकेशबाट निकाल्योे ।
‘ममी त साडी हैन पाइन्ट लाउनुन्च !’ उसले भनी ।
‘पैले त तिम्री ममी कुर्तासलवार र साडी लाउँथिन् । कैलेदेखि पाइन्ट लाउन थालिन् ?’ अचम्म मान्दै उसले सोध्यो ।
‘अंकलले तिमी पाइन्ट लाउँदा राम्री देखिन्चेउ । पाइन्ट लाउ भन्नुभो रे क्या !’
‘को अंकल ! तिम्रो मामा ?’
‘मामा हैन । नयाँ अंकल !’
छोरीका कुरा सुनेर ऊ एकछिन घोरियो ।
‘अनि ममी खै त ?’
‘ममी अंकलकोमा जान्चु, स्कुलबाट आर होमओर्क गर्दै गर्नु भनेर जानुभाको अझै आउनुभा छैन !’
‘ममी कहाँ जानुभो था छ तिमीलाई ?’
‘त्यो त था छैन ।’

छोरीका कुराले मदनको शंका झन् बलियो भएर आयो । उसलाई कुनबेला जुनेलीलाई भेटुँजस्तो भयो ।
राति नौ बजेतिर एउटा मोटरसाइकल तल सडकमा आएर रोकियो । सर्ट पाइन्ट लगाएकी जुनेलीजस्तै देखिने महिला मोटरसाइकलको पछिल्लो सिटबाट तल ओर्लिई । मोटरसाइकल तुरुन्तै त्यहाँबाट हिंड्यो । बाथरुम गएको मदनले झ्यालबाट त्यो दृश्य हेरिरहेको थियो । महिला सरासर माथिल्लो तलामा उक्लिई अनि ढोका उघार्दै कोठाभित्र छिरी ।

‘आज नानुले खाने माम रेष्टुरेन्टबाट ल्याइदेकी छु ।’ उसले भनी ।
‘अनि बाबाले के खाने त !’ उषाले सोधी ।
‘को बाबा ! कस्को कुरा गरेकी ?’
‘हाम्रो बाबा क्या ! साउदीबाट आउनुभा छ !’
‘हैन के भन्चे यो !’
जुनेली बोल्दै थिई मदन बाथरुमबाट निस्कियो । मदनलाई देखेर जुनेली झसङ्ग भई । आबुई ! था न पत्तो काँबाट आनुभाको ?’
‘तिम्रो पारा देख्दा खबर नगरिकन आएर ठीकै गरेँजस्तो लागिरहेको छ ! मलाई देखेर डर लागिरहेको त छैन नि ?’
‘तपाईं पनि के के भन्नुहुन्च के के । मैले अस्ति फोनमा चाँडो आनुस् भनेर भनेकी हैन र ?’
‘त्यै भएर त काम छोडी आउँदैछु ।’
‘काम छोडेर ! किन नि ?’
‘उहीँ बसिराखेको भा मोजमस्ती गरिरहन पाइन्त्यो हैन ?’
‘डेढवर्षपछि बल्लबल्ल लोग्नेको मुख देख्न पाकोे त्यै पनि डेब्राडेब्रा कुरा !’
‘मेरा कुरा डेब्रा लागे ? अनि ऐलेसम्म महारानी काँ हुनुहुन्त्यो ? मोटरसाइकलमा पु¥याउन आउने को थियोे ?’ रिसाउँदै मदनले सोध्यो ।
‘म बिरामी भर अस्पताल गएकी थिएँ । जँचाउँदा ढिलो भयो । त्यसैले साथीको भाइ पु¥याउन आयोे । यसमा आश्चर्य मान्नुपर्ने के छ ?’
‘साथीको भाइ कि नाठो ? यदि मलाई छोडी कसैसँग नाता जोड्नु नै थियो भने मेरो चरित्र हत्याको नाटक किन रच्यौ ! बरु प्रस्टैसँग भनिदिएकी भए हुन्थ्यो, दुई दिनको थियो हाम्रो बस्ती ! दुई दिनको थियो हामीबीचको मस्ती ! तिमी आँसु पुछ्दै पश्चिम जाऊ ! म हाँस्दै पूर्व लाग्छु । हामी नदीका दुई किनारा । हाम्रो मिलन असम्भव छ !
म छातीमाथि ढुङ्गा राखेरै भए पनि बिदाइको हात हल्लाउने थिएँ ! किन तिमीले काखमा राखी छुरा चलायौ ! मेरो अमर प्रेमलाई गंगामा सेलायौ ? ज्वालाभित्र राख बनिरहेछ कोमल छाती ! योभन्दा त विषको प्याला पिलाएकी भए हुन्थ्यो जाति !’
‘त्यतिविधि कविता जान्नेले मुख समालेर बोल्न पनि जान्नुपर्च ! मुखमा जे आयो त्यै बोल्ने ? छोरीले के सोच्चे ! उसका अगाडि यस्ता कुरा गर्न लाज लाग्दैन तपाईंलाई ?’ जुनेली रोई ।
‘लाज त तँलाई लाग्नुपर्ने ! म पेटमा पटुका कसेर साउदीको गर्मीमा दिनरात काममा घोटिने । तँ यहाँ नाठोसित मोजमस्ती गर्दै हिँड्ने ! तँ कलाकार होस् ! तेरो आँसु, तेरो हाँसो सब बनावटी हुन् ! अरुले चुसेको जुठो मुख लिएर कुन आँटले बोलेकी ! साँचोसाँचो बोल्चेस्् कि हानिदिउँ……………..!’ मदन उत्तेजित भयो ।

‘त्यसरी नातात्नुस् न । भर्खर आउनुभाछ । म खाना पकाउँचु । पैले खाना खानुस् । त्यसपछि सबै कुरा भनिहाल्छु नि म ।’ जुनेलीले रुँदै भनी ।
‘तेरो हातले पकाएको खाना खान घिन लाग्छ मलाई !’

प्रकाश तिवारीको प्रकाशोन्मुख उपन्यास निलोफरको एक अंश

तपाईको प्रतिक्रिया