इटहरी । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको ठाँउको पुरै गाउँ नै शौचालय विहीन छ भन्दा पत्याउन गाहे हुन्छ होला तर पुर्वकै विकसित सहर इटहरी उपमहानगरपालिकाको एउटा गाउँ नै शौचालय विहिन रहेको छ ।
केही वर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको इटहरी उपमहानगरपालिकाको वार्ड नम्वर १४को हरियाली टोल अहिले पनि शौचालय विहिन अवस्थामा नै रहेको हो । हरियाली टोलका ५२ घर सुकुम्वासीहरु अहिले पनि शौचालयको अभावमा खुल्ला ठाँउमै शौच गर्न वाध्य हुदै आएका छन । शौचालय नभएका कारण सो वस्तीमा मानिसहरु नजिकैको खोला किनारामा शौच गर्ने गरेका छन भने बालवालिका , अशक्त तथा महिलाहरुलाई खुल्ला ठाँउमा शौच गर्न समस्या हुदै आएको स्थानीयहरु गुनासो गर्दछन । शौचालय नभएका कारण समय समयमा वस्तीमा विभिन्न किसिमका रोगहरु समेत लाग्ने गरेको स्थानिय आशा चौधरी वताउछिन । उनले बालवालिकाहरुले जताततै गर्ने तथा आफुहरुलाई खुल्ला ठाँउमा जान समस्या पर्ने गरेको महिलाहरु गुनासो गर्दछन ।


खोला किनारामा रहेको सो वस्तीमा बाढीले समेत क्षति पुर्याएको थियो भने जाडोको समयमा स्थानीय संघसंस्थाको सहयोग न्यानो कपडा वितरण गर्न आएका धुर्मुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेल धुर्मुससंग पनि आफुहरुले शौचालय वनाइ दिन आग्रह गरेको उनीहरु वताउछन । शौचालयको प्रयोगको महत्व वुझेका उनीहरु कसैले शौचालय वनाइ दिए शौचालय प्रयोग गर्न तयार रहेको वताउछन । गरिवीका कारण शौचालय आफुहरुले वनाउन नसके पनि कसैले सहयोग गरेर वनाइ दिए प्रयोग गर्ने गयन्ता ऋषिदेव वताउछिन ।
आफनो गाउँका कसैको घरमा पनि शौचालय नभएको र आफुहरु वनाउन नसक्ने भएका कारणले गर्दा समस्या भई रहेको अनिता मुखिया वताउछिन ।
तत्कालीन इटहरी नगरपालिकालाई २०७० सालमै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको थियो । नेपाल सरकारले मुलुकलाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरि सक्ने भन्दै विभिन्न अभियान चलाएको थियो भने सुनसरीलाई सन् २०१५मै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरी व्यवहारीमा समेत उर्तान योजना रहेको थियो । जिल्ला सरसफाई तथा स्वच्छता समिति सुनसरीले राष्ट्यि योजना भन्दा दुई वर्ष अघि नै जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने दावी गर्दै आएको भएपनि हाल पनि केही ठाँउहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुन सकेको छैन भने कतिपय घोषणा भएका ठाउँहरुमा पनि व्यवहारिक रुपमा प्रयोगमा आएको दैखिदैन ।

तपाईको प्रतिक्रिया