भएको सबै सम्पत्ति सकियो,तर बालकको उपचारका लागी अझै खर्च अभाव भयो,उनका बाबु समेत गरिबीकै कारण बिदेशिए । मोरङको सुन्दरहरैचा १० का ६ कक्षामा अध्यायनरत १२ बर्षीय बालक अशोक खडका उपचार खर्चको अभावमा यतिबेला अस्पतालको शैयामा छटपटाईरहेका छन ।


ब्लड क्यान्सरबाट पिडित भएका बालकको आर्थिक अबस्था अत्यान्तै कमजोर रहेका कारण उनको उपचारमा समस्या भएको छ । उनको उपचारका लागी परिवारले अहिलेसम्म ३४ लाख खर्च गरिसकेको छ । उनको उपचारका लागी ४५ लाख खर्च हुने डाक्टरले बताएको उनका आफन्त सुनाउँछन । उनलाई थाह छैन,आफुलाई के भएको हो ? उनलाई यति थाह छ ,चाँडै निको बनुँ,अनि बिद्यालय जान पाउँ र आफना साथीहरुसँग उनीहरु जस्तै रमाऊन पाउँ, उनी बिद्यालय जान र धेरै पढेर ठुलो मान्छे बन्न चहान्छन ।
यदि हामीले रमाईलोका नाममा गर्ने खर्चलाई थोरै घटाएर,एक दिनको चिया र नास्ताको पैसा घटाएर ती बालकको लागी थोरै भएपनि सहयोग गर्न सकिन्छ भने सहयोग गरौँ । हाम्रो सानो सहयोगले उनले नयाँ जिवन पाउनेछन ।

तपाईको प्रतिक्रिया