इनरुवा । सुनसरीको इटहरीमा भएको बलात्कारको घटनालाई प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराउने घटनामा संगल्गन भनिएका सुनसरीका एसपी विद्यानन्द माझी लाई निलम्बनको तयारी गरिएको बताइएको छ । यसअघि सोही घटनामा मुछिएका इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाल समेत निलम्बनमा परिसकेका छन ।


सुनसरीको इटहरी स्थित तरहराकी १४ बर्षीया बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टको २१२ नम्बरको कोठामा घटना भएको थियो । एक महिना अघि बिराटनगरका मनिष श्रेष्ठ र धरानका जुकल लिम्बुले बलात्कार गरेका थिए । सो आरोपमा लिम्बु पक्राउ परिसकेका छन श्रेष्ठ भने अझै पक्राउ परेका छैनन् ।
घटना भएको १ महिनापछि पिडितकै किटानी जाहेरीका आधारमा मुद्धा दर्तासँगै एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति समेत बनेको छ । नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका बलात्कृत भएकी थिइन् । घटनापछि बालिका दुई दिन घर बाहिर रहिन, सोधिखोजी गर्दा उनी बलात्कृत भएको परिवारले थाहा पायो ।
आफन्तहरुले प्रहरीमा उजुरी गर्न आग्रह गरे । तर, धार्मिक आस्था र मुद्धा मामिलामा जाँदा खर्च हुने भन्दै लेनदेनमा मुद्दा दर्ता नगराइएको पीडित बताउँछन । इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाल र सुनसरीका एसपी विद्यानन्द माझीलाई पनि घटना थाहा हुँदा हुँदै मिलापत्र गरिएको थियो ।

तपाईको प्रतिक्रिया