१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २६, २०७८

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

यसअघि कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै पुस २८ गतेदेखि नै १२ वर्षमुनिका सबै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न महानगरपालिकाले सूचना जारी गरेको थियो । बाँकी विद्यार्थीहरुको हकमा माघ ७ गतेभित्र परीक्षा लिइसक्न निर्देशन गरिएको थियो ।

परीक्षा लिइसकेका विद्यालय माघ २८ गतेदेखि नै बन्द भएका थिए ।

सरकारले पनि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको थियो । त्यसपछि वीरगञ्जका निजी विद्यालयहरूले पठनपाठन सुरु गरेपनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको थिएन ।

मंगलबार नगरप्रमुख विजयकुमार सरावगीको अध्यक्षता तथा सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयका प्रधानाध्यापकहरू एवं प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बुधबारदेखि वीरगञ्जका विद्यालयहरु भौतिक उपस्गितिमा नियमित पठनपाठनको क्रियाकलापलाई सञ्चालन गर्ने गराउने निर्णय भएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरू -मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, तापक्रम लिने आदि कार्य अनिवार्य रुपमा पालना गर्नुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीलाई दुवै मात्रा खोप लगाइसकेका विद्यालयलाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेका छौं’ उनले भने, ‘खोप लगाउने क्रम जारी रहेकोले बाँकी विद्यालय फागुन १ गतेबाट सञ्चालनमा आउँछन् ।

महानगरपालिकामा विद्यार्थीका लागि कोभिड-१९ विरुद्धको मोर्डना खोप आउन ढिलाइ हुँदा पनि केही दिन विद्यालय प्रभावित बन्यो । खोप आइसकेपछि महानगरपालिका अन्तर्गतका विद्यालयमा माघ २० गतेदेखि नै विद्यार्थीलाई खोप लगाउने अभियान चलिरहेको छ ।

वडा नं १ देखि १६ सम्म माघ २०, २१ र २२ गते एक चरण १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप लगाइसकेका छन् भने वडा नं १७ देखि ३२ सम्म माघ २४ गतेदेखि खोप लगाउने कार्यक्रम सञ्चालनमा छ ।

माघ २२ गतेसम्म वीरगञ्जमा ११ हजार ७१७ जना विद्यार्थीले दुई मात्रा खोप लगाइसकेका छन् भने ३ हजार ४७९ जनाले पहिलो मात्रा खोप लिएको स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । महानगरमा विद्यार्थीका लागि ४० हजार मोर्डना खोप आएको थियो ।

मंगलबार बसेको बैठकले फागुन १४ गतेबाट तेस्रो मेयर कप शुरु गर्ने र पालिका स्तरमा हुने कक्षा ८ को परीक्षा चैत २४ गतेबाट सञ्चालन गर्ने निर्णयसमेत गरेको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यसअघि माघ ८ गतेदेखि सुरु गर्न लागिएको मेयर कप कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]